६ दलीय गठबन्धनबाट शहबाजलाई पाकिस्तानका प्रधानमन्त्री बनाउने तयारी

काठमाण्डु टुडे २०८० फागुन २ गते १६:०५ मा प्रकाशित

काठमाण्डु, २ फागुन– पाकिस्तान मुस्लिम लिग (पिएमएल–एन) का नवाज शरिफले आफ्ना कान्छा भाइ एवं पूर्वप्रधानमन्त्री मोहम्मद शहबाज शरीफलाई प्रधानमन्त्री बनाउने तयारी सुरु गरीएको छ ।

पिएमएलको नेतृत्वमा ६ दलीय गठबन्धनको सरकार बनाउने तयारी भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन । गठबन्धनबाट शहबाजलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको पाकिस्तान सञ्चार माध्यम हरुले पनि जानकारी दिएका छन ।

यस्तै, पञ्जाबको मुख्यमन्त्रीमा नवाजले आफ्नी छोरी मरियम नवाजलाई बनाउने प्रस्ताव गरेका छन । पिएमएललाई बिलावल भुट्टोको नेतृत्वको पाकिस्तान पिपल्स पार्टी पार्लियामेटरियन्स (पिपिपी), मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तान(एमक्युएम-पी), पाकिस्तान मुस्लिम लिग (पिएमएल-क्यु), इस्तेकाम-इ-पाकिस्तान पार्टी (इपिपी) र बलोचिस्तान अवामी पार्टी (बिएपी)ले समर्थन गरेको हो।

प्रत्यक्ष निर्वाचनतर्फबाट ६ दलीय गठबन्धनबाट कुल १५२ सिट जितेको छ। ३३६ सदस्य रहने राष्ट्रिय सभामा सरकार बनाउन १६९ सिट आवश्यक पर्छ ।

प्रत्यक्षतर्फबाट १५२ सिट हासिल गरे पनि आरक्षितबाट ६० महिला र १० अल्पसंख्यक सदस्यहरू पनि गठबन्धनको तर्फबाट चुनिनेछन्। त्यसपछि बहुमत पुग्ने भए पनि दुई तिहाइ बहुमत पुर्‍याउँछन् वा पुर्‍याउँदैनन् भन्ने हेर्न बाँकी नै छ। अझै दुई सिटको मत परिणाम आउन बाँकी नै रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us