आममाफी विवादमा परेपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

काठमाण्डु टुडे २०८० माघ २८ गते १५:३२ मा प्रकाशित

एजेन्सी– बाल यौन शोषणको मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई माफी दिने निर्णय विवादमा परेपछि हंगेरीकी राष्ट्रपति काटालिन नोभाकले राजीनामा दिएकी छन् ।

उक्त माफी दिने निर्णय विवादमा परेपछि कन्जरभेटिभ राष्ट्रपति नोभाकले शनिबार आफ्नो राजीनामा बुझाएकी हुन । हंगेरीमा सरकारले सञ्चालन गरेको बालगृहमा बालबालिकामाथि यौनशोषण गरेको अभियोगमा त्यहाँको प्रमुखलाई ८ वर्षको जेल सजाय सुनाएको थियो ।

उक्त घटनालाई लुकाउन भूमिका खेलेको अभियोकमा उनका सहयोगीलाई पनि जेल सजाय सुनाएको थियो । गत वर्षको अप्रिलमा पोप फ्रान्सिसको हंगेरी भ्रमणको अवसरमा राष्ट्रपति नोभाकले ती व्यक्तिसहित दुई दर्जनलाई माफी दिएको एशोसियट प्रेसले जानकारी दिएको छ ।

जघन्य अपराधका मतियारलाई आममाफी दिएपछि हंगेरीमा एक साता अघिदेखि राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन भएको थियो । चर्को आलोचनापछि उनले शनिबार माफी माग्दै पदबाट राजीनामाको घोषणा गरेकी अन्तराष्ट्रिय सञ्चार माध्यम हरुले जानकारी दिएका छन । ‘म बाट गलत काम भएछ। माफी माग्दै पदबाट राजीनामा दिएको घोषणा गर्छु,’ शनिबार टेलिभिजन सम्बोधनमा उनले भनिन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us