
काठमाण्डु, २३ माघ– भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस बर्षमा अहिले सम्म मङ्की फिवर का कारण दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन् । हाल राज्यमा जम्मा ४९ जनामा सो सङ्क्रमण देखिएको हिन्दुस्तान टाइम्सले जानकारी दिएको छ ।
यो एक प्रकारको भाइरल हेमोरेजिक रोग हो जुन सन् १९५७ मा भारतको पश्चिमी घाटको क्यासनुर जङ्गलमा पहिलो पटक पहिचान भएको थियो।