मुकेश अम्बानी विश्वकै दोस्रो शक्तिशाली सीईओ

काठमाण्डु टुडे २०८० माघ २२ गते १४:५१ मा प्रकाशित

एजेन्सी– भारतीय अरबपति मुकेश अम्बानी विश्वकै शक्तिशाली सीईओको सूचीमा दोस्रो स्थानमा पर्न सफल भएका छन । ब्रान्ड गार्जियनशिप इन्डेक्स २०२४ मा लगातार दोस्रो वर्ष पनि उनी दोस्रो स्थानमा रहन सफल भएका हुन ।

रिलायन्स इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अम्बानी माइक्रोसफ्टका सत्य नदेल्ला, गुगलका सुन्दर पिचाई, एप्पलका टिम कुक र टेस्लाका एलन मस्कलाई पछाडि पार्दै दोस्रो स्थानमा रहन सफल भएका हुन ।

डाइभर्सिफाइड ग्रुपको श्रेणीमा भने मुकेश सबैभन्दा माथि छन् । ब्रान्ड फाइनान्सले जारी गरेको सूचीमा चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी टेन्सेन्टका सीईओ हुआतेङ मा पहिलो स्थानमा रहेका छन ।

हुआतेङले ८१ दशमलव ६ अङ्क पाएका छन् । भारतीय सूचीमा पहिलो र विश्वव्यापी सूचीमा दोस्रो स्थानमा रहेका अम्बानीले भने ८० दशमलव ३ अङ्क प्रप्त गरेका छन ।

अम्बानीले जुन गतिले आफ्नो व्यापार व्यवसाय विस्तार गरिरहेका छन्, यो हेर्दा उनी छिट्टै नै शीर्ष स्थानमा पुग्ने देखिन्छन् । यो सूचीमा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन पाँचौं स्थानमा रहेका छन ।

महिन्द्रा एन्ड महिन्द्राका अनिश शाह छैटौँ स्थानमा छन् । इन्फोसिसका सलिल पारेख भने १६ औं शक्तिशाली सीईओ बनेका छन् । विभिन्न आधारमा सीईओहरुको प्रदर्शन मापन गर्ने गरिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us