रूसमा विद्रोहको नेतृत्व गरेका येवगेनी प्रि विमान दुर्घटनामा मारिए

काठमाण्डु टुडे २०८० भदौ ७ गते ७:५४ मा प्रकाशित

एजेन्सी– रुसको सत्ताविरुद्ध विद्रोह गरेको निजी सैन्य कम्पनी वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ ।

बुधबार राति भएको एक विमान दुर्घटनामा उनीसहित निजी सेनाका सहसंस्थापक दमित्री अतकिनको ज्यान गएको समाचार एजेन्सीहरुले बताएका छन् । रूसको नागरिक उड्डयन प्राधिकरणका अनुसार राजधानी मस्कोबाट सेन्ट पिटर्सबर्गका लागि उडेको येवगेनी सवार जहाज बुधबार राति दुर्घटनाग्रस्त भएको हो । जहाजमा येगवेनीसहित सात यात्रु र चालक दलका तीन जना सदस्य थिए । बीबीसीका अनुसार करिब आधा घण्टा उडेपछि जहाज तेबेर सहरस्थित जमिनमा खसेको र लगत्तै आगो लागेको थियो । विमान दुर्घटना भएको वा गोली हानेर खसालिएको थियो भन्ने खुलेको छैन ।
रूसका लागि युक्रेनसँग लडिरहेको वागनर समूहका प्रमुख प्रिगोजिनले गत असारमा रूसविरूद्ध नै हतियार फर्काएका थिए । निजी सेनाले त्यतिबेला रूसको रोस्तोव सहर र भरोनेजस्थित सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको थियो । फौजसहित मस्कोतर्फ बढिरहेका येगवेनी बेलारूसका राष्ट्रपति लुकाशेन्कोको आग्रहमा बीचमै रोकिएका थिए । येगवेनीले विद्रोहपछि बेलारूसमा शरण लिएका थिए । पिटर्सबर्गमा ‘हट डग’ का व्यापारी थिए येगवेनी । कुकुरको व्यापारबाट मनग्गे पैसा कमाएपछि उनले सहरमा भव्य रेष्टुरेण्टहरु चलाए ।
उनैले राष्ट्रपति भवनमा समेत खानेकुरा सप्लाई गर्न थालेका थिए । उनले सन् २०१४ मा पैसाका लागि लड्ने भाडाका सेनहरुको समूह बनाएका थिए । उक्त समूहले २०२२ देखि भने ठूलो संख्यामा सैन्य भर्ती लिएको थियो । सैन्य समूहका अधिकांश सदस्य विभिन्न अपराधमा जेल बसिरहेकाहरु थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us