९ भारतीय सैनिकको दुर्घटनामा मृत्यु

काठमाण्डु टुडे २०८० भदौ ३ गते १२:५४ मा प्रकाशित

एजेन्सी– भारतको लद्दाखमा सवारी दुर्घटनामा ९ भारतीय सैनिकको मृत्यु भएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार सैनिकहरू चढेको गाडी शनिबार साँझ अनियन्त्रित भएर सडकबाट खसेको थियो ।

लेह भन्ने स्थानबाट आएको सैनिक गाडी न्योमा क्षेत्रमा दुर्घटनामा परेको समाचारमा जनाइएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मोदीले मृतक सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us