भारतीय सर्वोच्च अदालतद्वारा राहुल गान्धीको सजायमा रोक

काठमाण्डु टुडे २०८० साउन १९ गते १८:०८ मा प्रकाशित

काठमाण्डु ,१९ साउन- भारतीय सर्वोच्च अदालतले कांग्रेस पार्टीका नेता राहुल गान्धीको सजायमा रोक लगाएको छ ।

जिल्ला अदालतको आदेश उल्ट्याउँदै सर्वोच्चले गान्धीको सजायमा रोक लगाएको हो ।यससँगै गान्धीको सांसद पद पुनर्बहाली हुने भएको छ । ‘मोदी’ थर भएका मानिसहरुको अपमान गरेको गरेको आरोपमा गुजरात राज्यका विधायक पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

‘सबै चारेको सरनेम किन मोदी हुन्छ रु’ भन्ने अभिव्यक्ति दिएको भन्दै परेको रिटमा गुजरातको सुरत जिल्ला अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।

जिल्ला अदालतको उक्त आदेशसँगै उनको सांसद पद खारेज भएको थियो । शुक्रबार सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us