
काठमाण्डु, २२ जेठ– प्रतिनिधि सभा बैठक जारी छ । आज (सोमबार)को बसेको जारी प्रतिनिधि सभा बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्।
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी दलहरुले उठाएका विषयबारे प्रधानमन्त्रीले जवाफ दिनेछन्। हिजो (आइतबार) बसेको प्रतिनिधि सभा बैठकमा एमालेसहित विपक्षी दलहरुले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई लिएर विरोध जनाएका थिए।
एमालेसहित विपक्षी दलको अवरोधका कारण आइतबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक स्थगित भएको थियो। सोमबार बिहान ११ बजे सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक निर्धारित समयभन्दा ढिला सुरु भएको थियो।