प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका बारेमा सदनलाई जानकारी दिने

काठमाण्डु टुडे २०८० जेठ २२ गते ११:२८ मा प्रकाशित

काठमाण्डु, २२ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन ।

प्रतिनिधि सभाको बैठकमा उनले भारत भ्रमणका बारेमा जानकारी दिन भएका छन । प्रधानमन्त्री प्रचण्ड भारतको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार स्वदेश फर्केका थिए ।

भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता गरेर नेपाल र भारतबीच ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत सम्झौता गरेका थिए ।

भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीबाट समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us