
काठमाण्डु, २१जेठ- बैतडीमा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेलौली नगरपालिका ५ का शंकर दत्त कलौनीका १९ वर्षीय छोरा प्रेम कलौनीरहेका छन। उनको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ।
।प्रहरीका अनुसार कलौनी भिरबाट करिब आठ सय मिटर तल खस्दा प्रेम कलौनीको टाउको तथा शरीरका विभिन्न भागहरुमा चोट लागी मृत्यु भएको हो ।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।