
काठमाण्डु,२९ चैत– कोरोना भाइरस संक्रमणबाट आज बुधबार पनि एक जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमण पुष्टिभएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि हिजो मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित ४४५ जना रहेको पनि मन्त्रालयले जानकारी दिएको छ को ।