
एनेन्सी, ७ मंसिर- टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ ।
टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट करिब २१० किलोमिटर टाढा भूकम्पको धक्का महसुस गरिएको हो। सञ्चारमाध्यममा आएका समाचार अनुसार भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन । भूकम्पको तीव्रता रिक्टर स्केलमा ६।० मापन गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु पृथ्वीको ३।०९ किलोमिटर भित्र रहेको थियो ।पहिलो झट्काको केही समयपछि अर्को सानो झट्का पनि महसुस गरिएको छ।