एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युत्विहीन

काठमाण्डु टुडे २०७९ मंसिर २ गते १६:४५ मा प्रकाशित

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पु¥याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन ।

उनले हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युत्विहीन भएका बताएकाच छन । विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएको उनले बताए। जेलेन्स्कीले भने, ‘हामी आपूर्तिलाई सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं।’

रुसविरुद्ध युद्धभूमिमा विजय हासिल गरेपछि युक्रेनले आफ्नो विद्युत ग्रिडमाथि आक्रमणको सामना गर्नुपरेको छ, पछिल्लो समय दक्षिणी शहर खेरसनबाट मस्को पछि हटेको छ । युक्रेनका विभिन्न शहरमा एएफपीका पत्रकारहरूले पछिल्लो आक्रमण यस सिजनको पहिलो हिमपातसँगै भएको बताएका छन्का छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us