
एजेन्सी– पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूमाथि फेरि ज्यान मार्ने आक्रमण हुनसक्ने बताए । हालै एक अन्तर्वार्ताका क्रममा खानले पुन एकपटक आफूमाथि आक्रमण हुनसक्ने खतरा रहेको बताएका छन।
केही दिनअघि पाकिस्तानको बजीरावादमा इमरान खानको पार्टी पीटीआईको कार्यक्रममा एक व्यक्तिले उनीमाथि आक्रमण गरेका थिए। उक्त आक्रमणमा खानको खुट्टामा गोली लागेको थियो।
उनको पार्टीले यस आक्रमणलाई पाकिस्तानका वर्तमान प्रधान्त्री शहबाज शरीफ, गृहन्त्री राणा सनाउल्लाह र पाकिस्तानी सेनाका एक जनरललाई जिम्मेवार ठहराएको छ।
उनले भने, ‘म सत्ताबाट बाहिर भएपछि मेरो पार्टी मजबुद भयो। मेरो पार्टीले उपचुनावमा ७५ प्रतिशत जित हासिल गर्यो। यसले गर्दा उनीहरु डराएका छन्। अब अर्को चुनाव भयो भने हाम्रो पार्टीले बहुमत ल्याउनेछ। यसै कारण उनीहरु मलाई सिध्याउन चाहाएको बताएका छन ।’