
काठमाण्डु, २० माघ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भारतकै अंग ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीले खुलासा गरेका छन् । साथै ट्रम्पले नेपालसँगै भुटानलाई पनि भारतकै अंग ठान्ने गरेका हुन् ।
राष्ट्रपति ट्रम्पका सल्लाहकारले दक्षिण एसियाको बारेमा नक्सा देखाउंदै ब्रिफिङ् गर्दा ट्रम्पले नेपाल र भुटान भारतकै भाग हुन कि ? भन्दै प्रश्न गरेको स्क्रोल डट इनले टाइम म्यागजिनले जनाएको छ ।
नेपाल एक स्वतन्त्र देश हो भन्ने थाहा पाएपछि ट्रम्पले भुटानको नक्सा हेर्दै यो भारतको अंग थियो की भनि प्रश्न गरेका थिए ।
सन् २०१७ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको बैठक अघि अधिकारीहरुसंगको ब्रिफिङ्मा ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भनि गलत उच्चारण गरेको पोलिटिको म्यागेजिनले जनाएको थियो ।