सार्वभौमिकताको सम्मान गर्न अमेरिकालाई म्यानमारको आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते ७:३४ मा प्रकाशित

याङ्गुन, १७ कात्तिक–म्यानमारका सूचना तथा सञ्चार सम्बन्धी उपमन्त्री यु वे तुतले अरु देशको सार्वभौमिकताको सम्मान गर्न अमेरिकालाई आग्रह गरेका छन ।
म्यानमारका राष्ट्रपतिका प्रवक्ता समेत रहेका उनले आइतबार एक विज्ञप्तिमार्फत त्यस्तो आग्रह गरेका हुन ।
संयुक्त राज्य अमेरिकाले आफ्नो देशसँग सम्बन्धित गोप्य सूचना पनि लिएको भन्ने समाचार सार्वजनिक भएलगत्तै उनले त्यस्तो आग्रह गरेका हुन । उनले भनेका छन‘अमेरिकाले आफ्नो जस्तै विश्वका अरु देशको पनि सार्वभौमिकताको सम्मान गर्नुपर्छ र अरु देशका यस्ता गोप्य र कूटनीतिक सम्बन्धका सूचना लिएर कसैलाई हानी गर्नुहुँदैन ।’
अमेरिकाले आतङ्कवाद निवारणका नाममा सूचना लिने क्रममा अरु देशको र व्यक्तिगत स्वतन्त्रताको पनि सम्मान गर्न उनले आग्रह गरेका छन । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us