खेलकुद

मार्कसले ६ बलमा ६ छक्का हाने

२०७२ असार २३ गते १५:३१

एजेन्सी– बुधबार बिहान अस्ट्रेलियामा भएको टेस्ट क्रिकेट प्रतियोगितामा ब्याट्सम्यान मार्कस स्टोनिसले एक ओभरमा ३७ रन बनाएका छन् । नेशनल पर्फमेन्स र नेशनल इन्डिजिनियसबीच भएको खेलमा एनपीएसको टीमका मार्कसले ७३ बलमा १० छक्का र ८ चौकाको मद्धतमा १२१ रन बनाए । विपक्षी बलर स्मिथको ३६...

११४ गोल खाँदै लज्जास्पद पराजय, रचियो विश्व रेकर्ड

२०७२ असार २३ गते १४:३२

एजेन्सी– फुटबल हारजितको खेल हो । एउटाले जित्नु र अर्कोले हार्नु खेलमा स्वभाविक हो । तर, हालै भएको खेलमा फुटबलमा हालसम्म नभएको खाश्चर्य भएको छ । ओलम्पिकका लागी भएको छनौट खेलका माइक्रोनेशियाले फुटवलमा एउटा नयाँ इतिहास रचेको छ । उसले तीन खेलमा एक सय...

नेपालको खराब प्रदर्शन, युएई २० रनले विजयी

२०७२ असार २२ गते १८:०३

काठमाण्डु, २२ असार– नेपालले विश्वकप टी– २० क्रिकेट प्रतियोगिताको छनौट चरण अन्तर्गत आफ्नो दोस्रो खेलमा खराब प्रदर्शन गरेको छ । १८ ओभरको खेलमा नेपालले ७ विकेट गुमाउँदै ८४ रनमात्र बनाउन सक्यो । नेपालका लागि शरद भेषवाकरलेनट आउट ३७ बलमा ३८ र सोमपाल कामीलेनट आउट ७...

नेपालद्वारा युएई सामु ८५ रनको चुनौती

२०७२ असार २२ गते १७:५८

कठमाण्डु, २२ असार-आइसिसी विश्वकप टि–ट्वन्टी छनोट प्रतियोगिताको अभ्यास खेलमा नेपालले संयुक्त अरब इमिरेट्स९युएई०सामु ८५ रनको चुनौती प्रस्तुत गरेको छ ।   आयरल्यान्डको स्टोरमोन्टस्थित सिभिल सर्भिस क्रिकेट क्लब मैदानमा भएको सो प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा सात विकेट गुमाउँदै ८४...

यसरी छनोट हुन सक्छ नेपाल टी–२० विश्वकपमा

२०७२ असार २२ गते १५:०९

काठमाण्डु, २२ असार– भारतमा २०१६ मा हुने विश्वकपको छनौटका लागि अहिले नेपाल आयरल्याण्डमा छ । नेपालसहित १६ टीमले छनौटका लाति दुई समूहमा विभिाजितभई छनौटका लागि प्रतिस्पर्धा गर्नेछन् । आयरल्याण्ड र स्कटल्याण्डले संयुक्त रुपमा आयोजना गरेको सो खेल यही जुलाई ९ गते देखि सुरु हुँदैछ...

ओलम्पिक सङ्ग्रहालयको संरक्षकमा खेलकुदमन्त्री

२०७२ असार २१ गते १९:१४

काठमाण्डु, २१ असार-नेपाल ओलम्पिक सङ्ग्रहालयको २१ औँ वर्षको प्रवेशसँगै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सोमबार उक्त सङ्ग्रहालयको संरक्षकत्व ग्रहण गरेका छन् ।   सो सङ्ग्रहालय एसियाको एक मात्र ओलम्पिक सङ्ग्रहालय हो जुन नेपाली खेलकुदको अभिलेखलाई जीवन्त बनाइराख्ने उद्देश्यले स्थापना भएको हो ।   मन्त्री...

वर्षाका कारण ओमनविरुद्धको अभ्यास खेल रद्द

२०७२ असार २१ गते १९:१०

काठमाण्डु, २१ असार– आइसिसी विश्वकप ट्वन्टी ट्वन्टी छनोट प्रतियोगिताअघि नेपाली र ओमनबीच आज भएको अभ्यास खेल वर्षापछि बीचैमा रद्द भएको छ । आयरल्यान्डस्थित स्टोरमन्टस्थित सिभिल सर्भेन्ट क्रिकेट क्लबमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको ओमनले १६ दशमलव ३ ओभरको खेल पूरा गरेपछि वर्षाका...

नेपाल र ओमानको खेल वर्षाले प्रभावित

२०७२ असार २१ गते १८:१५

काठमाण्डु, २१ असार– विश्वकप टी–२० छनोट प्रतियोगिताका लागि आयरल्याण्डमा रहेको नेपाली टोली अहिले ओमानसँग पहिलो वार्मअप खेल खेलिरहेको छ । खेलमा ओमानले १६.३ ओभरमा ४ विकेट गुमाउँदै ११५ रन बनाएको छ । वर्षाका कारण प्रभावित खेल डिलएल नियमअनुसार खेलाइने छ । नियम अनुसार नेपालले...

एउटै टीमले गर्यो ३८ गोल

२०७२ असार २१ गते १७:४८

एजेन्सी– फुटबल हारजितको खेल हो । एउटाले हार्नु अर्कोले जित्नु यसको नियम नै हो । त्यसमा पनि कतिपय खेलहरु प्रतिस्पर्धात्मक हुन्छन् र बराबरी नतिजा निक्लन्छन् । कतिपय खेलहरुमा झिनो अन्तरले टीमहरु विजयी हुन्छन् भने कतिपय खेलहरुमा चार, पाँच देखि १० गोल अन्तरसम्मले विजयी भएको...

अमेरिकाले जित्यो तेस्रोपटक महिला फुटबलको विश्व कप

२०७२ असार २१ गते ११:१४

एजेन्सी–अमेरिकाले जापानलाई ५–२को फराकिलो अन्तरले हराउँदै महिला विश्व कप फुटबलको उपाधि हात पारेको छ । ५० हजारभन्दा बढी दर्शकको उपस्थितिमा भएको रोमाञचक खेलमा अमेरिकी महिला टोलीले खेलको १५ मिनेटमै चार गोल गरेका थिए । अमेरिकाकी कप्तान कार्ली लायडले गोलमा ह्याट्रिक गरिन । जापानले पनि...

कोपा अमेरिकामा मेसीका भाइलाई कस्ले गर्यो हातपात ?

२०७२ असार २० गते १५:०१

  एजेन्सी– कोपा अमेरिकाको आइतबार बिहान भएको फाइनल खेलमा चिलीका समर्थकले अर्जेन्टिनाका स्टाइकर लियोनल मेसीको परिवारलाई दुर्वव्यवहार गरेका छन् ।   खेलको हाफ समयमा मेसीका भाइलाई चिलीका समर्थकले हातपात गरे । हातपातपछि त्यहाँको स्थिती तनावपूर्ण भएको थियो ।   त्यसपछि उनका परिवार टेलिभिजनको क्याविनमा...

क्रिकेटको विश्व वरियता क्रममा नेपाल पहिलो पटक प्रवेश

२०७२ असार २० गते १४:०६

कठमाण्डु, २० असार-नेपाल अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटको विश्व वरियता क्रममा पहिलो पटक प्रवेश गरेको छ ।   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आइतबार जारी गरेको वरियता क्रममा नेपाल १५ औँ स्थानमा परेको छ । यो वरियता क्रमको अन्तिम स्थान हो ।   नेदरल्यान्ड्समा सम्पन्न चार अभ्यास...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us