खेलकुद

आयरल्याण्डसँग नेपालको लज्जास्पद हार, बन्यो नयाँ रेकर्ड

२०७२ असार २९ गते ११:५८

  काठमाण्डु, २९ असार– नेपाली क्रिकेट टीमले अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा कम स्कोर बनाएको छ । आयरल्याण्डसँग टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १४.३ ओभरमा नै सबै विकेट गुमाएर ५३ रनमा प्याक भयो । यसअघि नेपालले सबैभन्दा कम ६९ रन बनाएको थियो...

आयरल्याण्डलाई जिते नेपाल शीर्ष स्थानमा रहने

२०७२ असार २८ गते १४:०९

काठमाण्डु, २८ असार– २०१६ मा भारतमा हुने टी–२० विश्वकप प्रतियोगिताको छनौट चरणमा रहेको नेपालले सोमबार आयोजक आयरल्याण्डको सामना गर्दै छ । नेपाली समय अनुसार साँझ ७ बजे हुने खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । आयरल्याण्ड प्रतियोगितामा समूह ए मा खेलेको २ खेलमा...

संजयलाई राखेपको २५ हजार

२०७२ असार २७ गते १७:३२

काठमाण्डु, २७ असारण् नेपालका सर्वाधिक लामो दुरीका म्याराथुन धावक एवं कीर्तिमानी विश्व पर्वतारोही संजय पण्डितलाई आइतवार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले २५ हजारउपलव्ध गराएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा, प्राणघातक हिमाल मनास्लु लगाएत ६ महादेशका सर्वोच्च शिखरहरुको आरोहण एवं अनुभव...

अभिभावक कैदी भएपनि ‘मनिता’ सफलताको शिखर चुम्दै

२०७२ असार २७ गते १७:१५

काठमाण्डु, २७ असार-नेपाली जुडोकी खेलाडी मनिता प्रधान श्रेष्ठ उदीयमान खेलाडीका रुपमा परिचत खेलाडी हुन् । सानै उमेरमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पदक हात पार्न सफल भइन् । त्यसपछि उनको चर्चा खेलकुदजगत्मा सुरु हुन थाल्यो ।   उनलाई ८ कक्षामा अध्ययन गर्दा नै राष्ट्रिय...

नेपाल समूह ‘ए’ मा सबैभन्दा अगाडि

२०७२ असार २७ गते १६:१४

काठमाण्डु, २७ असार– भारतमा २०१६ मा हुने टी–२० विश्वकप क्रिकेटको छनौटमा समूह ए मा नेपाल आफ्नो दुई खेलपछि पहिलो स्थानमा रहेको छ । नेपालले आफ्नो पहिलो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । वर्षाका कारण रद्ध भएपछि दोस्रो खेलमा नामिबियासँग १/१ अंक बाँडेको थियो ।...

ग्वाङ्जुमा नेपालको पदकविहीन यात्रा: सबै चुनौती समाप्त

२०७२ असार २७ गते १५:२२

कठमाण्डु, २७ असार-दक्षिण कोरियाको ग्वाङ्जुमा जारी २८ औँ समर युनिभर्सियाड गेम–२०१५ मा नेपाली टोलीको पदकविहीन यात्रासँगै सबै चुनौती समाप्त भएको छ ।   प्रतियोगिताको आइतबार ११औँ दिन टेबलटेनिस र तेक्वान्दो खेलाडीले पराजय भोगेसँगै नेपालको चुनौती समाप्त भएको हो । टेबलटेनिसका दीप साउद र तेक्वान्दोकी...

खेलकुद क्षेत्रको विकाससम्बन्धी श्वेतपत्र जारी गर्नेछु– बिष्ट

२०७२ असार २६ गते १८:३७

काठमाण्डु, २६ असार-खेलकुद परिषद्का सदस्य–सचिव केशबकुमार विष्टले आफ्नो कार्यकालमा मुलुकको खेलकुद क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी आगामी साउन १ गते श्वेतपत्र जारी गर्न लागेको बताएका छन् । हालसम्म खेलकुद क्षेत्रमा भए गरेका कामहरुका बारेमा पनि श्वेतपत्रमा उल्लेख गरिने उनको भनाइ छ ।   नेपाल...

मल्लले जोगाय नेपाललाई, अन्तर्राष्टिय टी-२० मा पहिलो अर्धसतक प्रहार

२०७२ असार २५ गते २२:४०

काटमाण्डु २५ असार समग्रमा भन्नुपर्दा नेपाली टोलीलाई १ानेन्द्र मल्ले बचाएका छन् । ओभर धेरै भइरहेको र रनरेट कम रहेको अवस्थामा उनले बिस्फोटक ब्याटि गर्दै नेपाली टोलीलाई बचाए । साथै मल्लले अन्तर्राष्टिय टी २० क्रिकेटमा आफेनो पहिलो अर्धसतक प्रहार गरेका छन् यसअघि नेपालका लागि सुवाश खकुरेल...

विश्वकप छनोटमा नेपालले अमेरिकालाई ६ विकेटले हरायो

२०७२ असार २५ गते २२:१४

  कठमाण्डु, २५ असार विश्व कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । नेपालले १२२ रनको लक्ष्य अन्तिम ओभरमा भेटाएके हो नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ४३ बलमा ५२ रनको योगदान दिए । त्यस्तै बलिङतर्फ बसन्त रेग्मी र शक्ति...

नेपाल र अमेरिकाको खेल हेर्नुहुन्छ ?, कसले जित्ला ?

२०७२ असार २५ गते १७:३३

काठमाण्डु, २५ असार– आइसिसी विश्वकप टि–ट्वेन्टी छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल संयुक्त राज्य अमेरिकाको सामना गर्दै मैदानमा उत्रदै छ । प्रतियोगितामा नेपाली टोलीले शुक्रबार नेपाली समयअनुसार बेलुका ७ बजे आयरल्यान्डको बेलफास्टमा अमेरिकाको सामना गर्नेछ । प्रतियोगितामा विभिन्न १४ राष्ट्रको सहभागिता छ । नेपालले समूह...

विश्वकप छनोटः नेपालले जित्ला अमेरिकालाई ?

२०७२ असार २४ गते १७:४७

काठमाण्डु, २४ असार– आइसिसी विश्वकप टि–ट्वेन्टी छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल संयुक्त राज्य अमेरिकाको सामना गर्दै मैदानमा उत्रने भएको छ । बिहीबारदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाली टोलीले शुक्रबार नेपाली समयअनुसार बेलुका ७ बजे आयरल्यान्डको बेलफास्टमा अमेरिकाको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । प्रतियोगितामा...

पारसले विश्व बरियतामा फड्को मारे, पुगे ६४ औँ स्थानमा

२०७२ असार २३ गते १९:११

काठमाण्डु, २३ असार– नेपाली क्रिकेट टोलीका कप्तान पारस खडका ट्वान्टी–२० अन्तर्राष्ट्रिय विश्व वरीयता क्रममा फड्को मार्दै ६४ औं स्थानमा पुगेका छन् । शीर्ष सयमा अन्य नेपाली खेलाडीहरु ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर पनि परेका छन्। शरद ८१ औं र ज्ञानेन्द्र ८६ औंं स्थानमा पुगेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us