काठमाण्डु, २८ साउन-नेपालका भूकम्पपीडितको सहयोगार्थ यही साउन ३० र ३१ गते हङकङमा हुने क्रिकेट खेलमा नेपालबाट क्रिकेटरले सहभागिता जनाउने भएका छन् । ‘खेलले जीवन परिवर्तन गर्न सक्छ’ भन्ने नारा दिइएको ‘सिक्सेस फर नेपाल’ कार्यक्रममा नेपाली खेलाडी शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, भुवन...
बार्सिलोनाका खेलाडी लियोनल मेसी, लुइस स्वारेज र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो युरोपको उत्कृष्ट खेलाडी अवार्डको मनोनयनमा परेका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले सार्वजनिक गरेको अन्तिम तीनको मनोनयनमा रोनाल्डो, मेसी र स्वारेज पर्न सफल भएका हुन् । युुइएफएमा आवद्ध ५४ राष्ट्रका पत्रकारहरुको मतका आधारमा...
चेक गणतन्त्र, २८ साउन– आर्सनल फुटबल क्लबले मध्यपंतिका खेलाडी थमस रसिकीलाई दुई महिनाका लागि गुमाउने भएको छ । उनी ४–८ हप्तासम्म आराम गर्नुपर्ने भएकाले कुनै खेलमा सहभागी हुने छैनन् । चौतीस वर्षीय फुटबल खेलाडी रसिकी आइसल्यान्डमा गएको जुनमा भउको युरोकप २०१६ का लागि छनौट...
काठमाण्डु, २७ साउन– आयोजक बंगलादेश र भारत बंगलादेशमा जारी साफ यु–१६ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । श्रीलंका लगातार दोस्रो खेलमा पराजित भएपछि आयोजक यी दुबै टोलीे सेमिफाइनल यात्रा तय गरेका हुन् । श्रीलंका भारतसँग ५–० र बंगलादेशसँग ४–० ले पराजित भएको थियो ।...
एजेन्सी– इङ्लिस प्रिमियर लिग अन्तर्गत आफ्नो पहिलो खेलमा जित निकाल्दै म्यान्चेष्टर सिटी तालिकाको पहिलो स्थानमा पुगेको छ । सोमबार राति भएको खेलमा उसले वेस्ट ब्रोमलाई ३–० गोल अन्तरले पराजित गर्यो । सिटीको जितमा याया टुरेले २ तथा कोम्पनीले १ गोल गरे ।...
स्पेन, २५ साउन– बार्सिलोना फुटबलका ब्राजिलियन स्ट्राइकर नेमारले युरोपियन सुपरकपको फाइनल खेल बालबालिकामा लाग्ने रोगबाट विरामी परेपछि खेल्न नसक्ने भएका छन् । ब्राजिलियन स्ट्राइकर नेमार आफ्नो स्पेनी क्लब बार्सिलोनाका लागि सेभिल्लाविरुद्ध खेल्ने तयारीमा थिए तर अकस्मात् बिरामी परेका र १५ दिनका लागि आराम गर्नुपर्ने...
काठमाण्डु, २४ साउन– भूकम्पपीडितको सहयोगार्थ मलेसियामा भएको नेपाल र विश्व–११ बीचको मैत्रिपूर्ण टी–२० प्रतियोगितामा नेपाल ३७ रनले पराजित भएको छ । विश्व–११ ले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन बनायो । उसका लागि स्टोनिसले २८ बलमा ४८ रन बनाए । नेपालका लागि अविनास...
काठमाण्डु– इङ्गिल प्रिमियर लिगको आफ्नो पहिलो खेलमा म्यान्चेष्टर युनाइटेडले ट्रोटेनह्यामलाई १–० ले हराउँदै सुखद सुरुवात गरेको छ । काइल वाल्करले आत्मघाती गोल गरेपछि युनाइटेडे घरेलु मैदानमा जित निकाल्दै ३ अंक जोड्यो । युनाइटेडका कप्तान वार्यन रोनीले गर्न लागेको गोलमा बाधा पुर्याउने क्रममा उनले आफ्नै...
काठमाण्डु, २३ साउन-बाको एसियन किकबक्सिङ च्याम्पियनसीप २०१५ मा नेपालकी आरती तामाङले स्वर्ण पदक जितेकी छन् । भारतको पुनेमा आयोजना भइरहेको प्रतियोगितामा ५० केजी तौल समूहको स्कोर फाइटिङ विधामा उनले घरेलु टोलीकी प्रिती सिंहलाई १०–६ ले पराजित गर्दै आरतीले स्वर्ण पदक हात पारेकी हुन्...
काठमाण्डु, २३ साउन–प्रसिद्ध अष्ट्रलियन क्रिकेट कप्तान माइकल क्लार्कले खेल क्षेत्रबाट सन्यास लिने घोषणा गरेका छन् । इंग्ल्यान्डमा जारी एसेस टेष्ट श्रृंखलापछि उनले अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरेको सञ्चारमाध्यामहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल नखेल्ने बताउँदै उनले भने, ‘इंग्ल्याण्डसँगको पाँचौ टेष्ट आफ्नो खेल...
काठमाण्डु, २२ साउन– अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको पछिल्लो बरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । यसअघि १ सय ८५ औं स्थानमा रहेको नेपाल शुक्रबार सार्वजनिक भएको बरियतामा १ सय ८४ औं स्थानमा झरेको हो । दक्षिण एसियामा अफगानिस्तान १ सय ३४ औं, भारत...
काठमाण्डु, २१ साउन– बङ्गलादेशमा सञ्चालन हुने यु–१६ उमेर समूहको तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीको बिहीबार बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको बिदाइ कार्यक्रममा सङ्घका अध्यक्ष एवम सभासद् गणेश थापाले टोलीलाई सफलताको...