एएफसी सोलिडारिटी कप अन्तर्गतको आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपालले ब्रुनाइसँग खेल्दै । लाइभ खेल हेर्न तलको लिंकमा जानुस् https://www.youtube.com/watch?v=JuCvbyEimVg...
काठमाण्डु, २३ कात्तिक– एएफसी सोलिडारिटी कप अन्तर्गतको आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपालले आज ब्रुनाइसँग खेल्दैछ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा नेपाली समयानुसार साँझ सवा ५ बजे हुने खेलमा जित निकाले नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ...
काठमाण्डु, २३ कातिक– नेपाली अल्ट्रा म्याराथन धाविका मिरा राई विश्वकै साहासिक १० व्यक्तिको सूचीमा परेकी छन् । राई नेसनल जियाग्राफिकले सार्वजनिक गरेको एडभेन्चर्स अफ द एयर २०१७ को उत्कृष्ठ खेलाडीहरुको सूचीमा परेकी हुन् । नेसनल जियोग्राफिकले राईसँगै विश्वका १० खेलाडीलाई समेत उक्त सूचीमा राखेको...
काठमाण्डु, २३ कात्तिक– लामो दुरीका धावक एवं विश्व पर्वतारोही संजय पण्डितले काठमाण्डुदेखि दोलालघाटसम्म उल्टो पैदल दौड गर्ने भएका छन् । अस्ट्रेलिया महादेशको सर्वाधिक ठूलो पर्वत कोजिय्सको हिमाल उल्टो हिँडेर आरोहण गरेको २ वर्ष पुगेको अवसरमा उनले २२ नोभेम्बरमा दशरथ रंगशालाबाट उल्टो पैदल दौड गर्ने...
लमजुङ, २२ कात्तिक-विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने ‘याक अट्याक’ साइकल दौडका प्रतियोगी हिमालपारिको जिल्ला मनाङ पुगेका छन् । बेलायतस्थित माउन्टेन बाइकिङ वल्र्ड वाइडको आयोजना र नेपालस्थित यति ग्रुप अफ कम्पनी अन्तर्गत यति ट्रेल्सको व्यवस्थापनमा सञ्चालित प्रतियोगिता बेंसीसहरबाट शनिबार दौड सुरु गरेका प्रतियोगी आज...
काठमाण्डु, २० कातिक– एएफसी सोलिडारिटी कपमा तुलनात्मक रुपमा नेपालले कमजोर ठानेको टिमोर लिस्टेसँग बराबरी खेलेको छ । शनिबार मलेसियामा आयोजित खेलमा नेपालले गोलरहित बराबरी अंक बाँडेको हो । नेपालले टिमोरलाई हराउन सकेको भए नेपाल समूह चरणको अन्तिम खेलअघि नै अघिल्लो चरणमा पुग्ने निश्चित हुन्थ्यो...
काठमाण्डु, २० कातिक– यसबेला मलेसियामा एएफसी सोलिडारिटी कप अन्तर्गत नेपाल र टिमोरबीच खेल भैरहेको छ । भर्खरै सुरु भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् भने दोश्रो हाफको खेल जारी छ । हेरौ भिडियो ।...
एजेन्सी– विश्व फुटबल जगतको प्रशाशनिक निकाय फिफाले सन् २०१६ को मनोनयनमा परेका विश्वभर स्थापित र चर्चित खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । फिफाले पहिलोपटक मनोनयनमा परेका २३ जना विश्वभर स्थापित खेलाडीहरुको नाम सार्वजनिक गरेको हो । यसअघि फ्रान्सेली फुटबल म्यागेजिनले गर्दै आएको यो काम...
काठमाण्डु, १९ कात्तिक–मलेसियामा सुरु भएको एएफसी सोलिडारिटी कप अन्तर्गतको पहिलो खेलमा नेपालले टिमोरसँग भिड्ने भएको छ । आठ महिनादेखि प्रतियोगिताबिहिन भएको नेपाली राष्ट्रिय फुटबल टोलीले जापानी प्रशिक्षक कोजीको नेतृत्वमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भााग लिएको हो । आठ महिनाअघि कोजीकै नेतृत्वमा नेपाली टोलीले मलेसिया युथ...
काठमाण्डु, १८ कात्तिक– प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ । यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका आठ र भारतका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता दिउँसो १२ बजेबाट सुरु...
काठमाण्डु, १७ कात्तिक-वडा नं १७ र वडा नं १ को ‘ए’ टोलीले छैटौँ कीर्तिपुर नगरव्यापी वडास्तरीय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । कीर्तिपुरमा बुधबार भएको फाइनल खेलमा वडा नं १७ पुरुष र वडा नं १ महिलामा च्याम्पियन बने । कीर्तिपुर नगरपालिका र कीर्तिपुर बास्केटबल...
भक्तपुर, १७ कात्तिक-जिल्लाव्यापी प्रथम तेक्वान्डो प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण गरिएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा सो पुरस्कार वितरण गरिएको हो । प्रतियोगितामा छ स्वर्ण, एक रजत, एक कास्यसहित ‘द’ च्यालेन्जर तेक्वान्डो डोजाङले प्रथम स्थान हासिल गर्दै...