खेलकुद

सातवटा विद्यालयले पाए खेलकुदका सामग्री

२०७३ कार्तिक १६ गते १६:००

इलाम, १६ कात्तिक-जिल्ला ब्याडमिन्टन सङ्घले मंगलबार यहाँका सात विद्यालयलाई ब्याडमिन्टन खेलको सामग्री वितरण गरेको छ । सङ्घले ती विद्यालयलाई ६० थान ¥याकेट, छ थान नेट र छ थान कर्क उपलब्ध गराएको हो । सूर्योदय नगरपालिकाको फिक्कल उच्च मावि र पिसल्याण्ड स्कुल, देउमाई नगरपालिकाको भानुभक्त...

चेल्सीको सहज जित

२०७३ कार्तिक १५ गते १३:३९

एजेन्सी– आइतबार राती भएको इंग्लिस प्रिमियर लिग फुटबल खेलमा चेल्सीले सहज जित हात पारेको छ । चेल्सीले साउथ हाम्पटनमाथि २–० गोलले सहज जित हासिल गरेको हो । खेलको छैटौ मिनेटमा नै इजेड हजार्डको गोलबाट अग्रता लिएको चेल्सीले साउथ ह्याम्पटनलाई उसकै घरेलु मैदानमा हराउन सफल...

नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल हुने

२०७३ कार्तिक १२ गते ११:०२

काठमाण्डु, १२ कात्तिक– नेपाली राष्ट्रिय फुटबल टोली र जापानको व्यावसायिक फुटबल टोलीबीच मैत्रीपूर्ण च्यारिटी फुटबल खेल आगामी मङ्सिर ४ हुने भएको छ ।   अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानी सामाजिक संस्था कलरबाथको संयुक्त आयोजनामा हुन लागेको उक्त मैत्रीपूर्ण खेल भूकम्पबाट क्षतिग्रस्त विद्यालयको...

गौरिका सिंहको स्वीमिङ सुट अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई

२०७३ कार्तिक ११ गते १४:११

काठमाण्डु, ११ कात्तिक– नेपालकी पौडी खेलाडी गौरिका सिंहले आफ्नो स्वीमिङ सुट अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई सुम्पेकी छन् । ब्राजिलको रियो दि जेनेरियोमा भएको ओलम्पिकमा सहभागी भएर थप चर्चामा आएकी गौरिकाले आइओसी हेरिटेजका लागि आफ्नो स्वीमिङ सुट ओलम्पिक कमिटीलाई दिएकी हुन् । ओलम्पिक कमिटीले गौरिकालाई स्वीमिङ सुट...

सोलिडारिटी कपका लागि खेलाडी छनोट

२०७३ कार्तिक ९ गते १९:२५

काठमाण्डु, ९ कात्तिक- मलेसियमामा आयोजना हुने सोलिडारिटी कपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा २३ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीमा आठ डिफेन्डर, ६ मिडिफिल्डर, ६ फर्वार्ड...

खेलकुद गुरुयोजना निर्माण गर्ने तयारीमा छौ: खेलकुद मन्त्री

२०७३ कार्तिक ९ गते १४:१५

काठमाण्डु, ९ असोज-युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले आफू नेपाली खेलकुद विकासको गुरुयोजनाको खोजीमा रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका विश्व तेक्वान्दो महासङ्घका अध्यक्ष चुङवोन चोईको सम्मान तथा आसन्न शुभदीपावली र छठपर्वको शुभकामना आदानप्रदान गर्न यहाँ आज आयोजित कार्यक्रममा उनले भने, ‘नेपाली खेलकुदमा नीतिगत...

श्रीलंकामा नेपाललाई कास्य पदक

२०७३ कार्तिक ८ गते १९:३८

काठमाण्डु, ८ कात्तिक-दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिप–२०१६ मा नेपाली पौडी टोलीले १८ वर्षमाथिको रिलेमा कास्य पदक जितेको छ । श्रीलङ्कामा सोमबार सम्पन्न पुरुष १०० मिटर गुणा ४ फ्रि–स्टायल रिलेमा नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र शुभम श्रेष्ठको टोलीले ४ मिनेट १०.०३ सेकेन्ड समयका साथ...

एन्फा अध्यक्षमा श्रेष्ठ निर्वाचित

२०७३ कार्तिक ८ गते १९:२९

काठमाण्डु, ८ कात्तिक-अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी भएका छन् । नेपाली फुटबलको अभिभावकीय संस्था एन्फाको रिक्त अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि यहाँ सोमबार निर्वाचन सम्पन्न भएको हो । वरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ समूहकै मणि कुँवर विजयी भएका छन् ।...

एन्फाको बन्दसत्र जारी, निर्वाचन केहीबेरपछि

२०७३ कार्तिक ८ गते १५:१२

काठमाण्डु, ८ कात्तिक-अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नयाँ नतृत्वका लागि सोमबार निर्वाचन हुँदैछ । नेपाली फुटबलको अभिभावकीय संस्था एन्फाको रिक्त रहेको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । यसका लागि अहिले बन्दसत्र चलिरहेको र दिउँसो करिब ३ बजे निर्वाचन सुरु...

रोनाल्डोले बुद्धको अपमान गरेको भन्दै चर्को आलोचना

२०७३ कार्तिक ७ गते १४:००

एजेन्सी– पोर्चुगलका स्टार फुटबरल रोनाल्डो मानिसको निशानामा परेका छन् । आफ्नो इस्टाग्राम अकाउन्टमा बुद्धको मूर्तिमा खुट्टा राखेको फोटो राखेपछि उनी विवादमा तानिएका हुन् ।   उनको यस्तो तस्बिर आएपछि बुद्ध धर्मावलम्बीहरुदे आपत्ति जनाएका छन् । यस विषयमा धेरै नेपालीहरुले समेत आफ्नो आक्रोस पोखका छन्...

मेस्सीको अपसाइड गोलले बोर्सिलोनाले जित्यो

२०७३ कार्तिक ७ गते १३:४८

एजेन्सी– लियोनेल मेस्सीको दुई गोलको मद्दतले बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ गोलअन्तरले पराजित गरेको छ ।   लुइस स्वारेज अफसाइड भएका बेला खेलको पहिलो हाफमा विवादास्पद गोल गर्दै मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, रेफ्रीले भने त्यसलाई अफसाइड दिएनन् ।     खेलको दोस्रो हाफमा...

विश्वकप छनौट खेलमा हुटिङ गर्न रोक

२०७३ कार्तिक ६ गते १३:२१

एजेन्सी–थाइल्यान्ड र अष्ट्रेलियाले विश्वकप २०१८ को छनौट खेलमा हुटिङ गर्न प्रतिबन्ध लगाएका छन् । आउँदो केही महिनाभित्र थाइल्यान्डमा आयोजना हुँदै गरेको सो खेलमा ती दुई देशका फुटबल एसोसियसनले स्वर्गीय थाइ राजा भूमिबोलको सम्मानमा हुटिङ गर्न रोक लगाएका हुन् । त्यस्तै, फुटबल एसोसियसनले खेल मैदानमा प्रवेश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us