नवलपरासी, २८ असोज- नवलपरासीमा अन्तर्राष्ट्रिय पुरुष खुल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ । जिल्लाको गुठीसूर्यपुरामा नवजीवन युवा क्लब, नवलपरासीको आयोजनामा जारी प्रतियोगितामा नेपाल र भारतका गरी कुल २२ टोलीको सहभागिता छ । प्रतियोगिताको उद्घाटन बिहीबार एक कार्यक्रमबीच नवलपरासी निर्वाचन क्षेत्र नं ६ का सांसद...
काठमाण्डु, २५ असोज– हङकङमा जारी आईसीसी महिला विश्वकप–२०१७ को एसियाली छनोट खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मंगलबार चीनलाई २० रनले हराएको छ । चीनमाथि नेपालको यो सात वर्षपछिको पहिलो जित हो । तेस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ...
भीमदत्तनगर, १९ असोज- युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले देशको खेलकुद जगत्मा सुदूरपश्चिमको योगदान उच्च रहेको बताएका छन् । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित क्लबस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रीपाइलीले जुनसुकै विधामा भए पनि सुदूरपश्चिमको योगदान रहेको भन्दै प्रशंसा गरेका छन् । सुदूरपश्चिमलाई खेलाडी...
एजेन्सी– विश्व फुटबल जगतमा प्रशासकीय निकायको रुपमा चिनिएको फिफाले ११ देशका फुटबल एसोसियसनहरुलाई कार्वाही गरेको छ । विश्वकप २०१८ को छनौट खेलको क्रममा असहयोग र भेदभावपूर्ण व्यवहार भएको भन्दै फिफाले ती देशका एसोसियसनहरुलाई कार्वाही गरेको हो । फिफाले छनौट खेलको क्रममा समर्थकहरुले असहयोग र...
एजेन्सी– केही हप्ताअघि घाइते भएर उपचारसहित आराम गरिरहेका बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सी फेरि नियमित अभ्यासमा फर्किएका छन् । उनी सोमबारदेखि बार्सिलोनाको अभ्यासमा फर्किएका हुन् । स्पेनिस ला लिगा अन्तर्गतको आइतबार भएको खेलमा सेल्टा भिगोसँग ४–३ गोलले पराजित भएको बार्सिलोनालाई मेसीको अभाव खड्किएको थियो...
काठमाण्डु, १७ असोज– पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको अन्तिम खेलमा पञ्चकन्याले कलर्सलाई ४० रनले पराजित गर्दै सो उपाधि हात पारेको हो । उपाधिसँगै पञ्चकन्याले पुरस्कार...
काठमाण्डु, १७ साउन– एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा अहिले पञ्चकन्या तेज र कलर्स एक्सबीच कीर्तिपुर क्रिकेट मैदानमा प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो इनिङ सकिँदा आशिफ शेखको शतकीय मद्धतमा पञ्चकन्याले १७१ रनको सम्मानजनक योगफल तयार पारेको छ । खेलमा शेखले ५९ बलमा ८...
काठमाण्डु, १६ असोज– भारतीय क्रिकेट टोलीका पूर्वकप्तान अजय जडेजाले नेपाली क्रिकेट प्रगतिको बाटोमा लम्किएको बताउएका छन् । ‘जोहरा स्पोर्टस् म्यानेजमेन्ट’को आयोजनामा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले दुई वर्षअघि बङ्गलादेशमा नेपालले टि–ट्वान्टी विश्वकप खेलेको स्मरण गर्दै भने, ‘नेपाली क्रिकेट टोलीले गरेको त्यो ठूलो उपलब्धि हो...
भीमदत्तनगर, १६ असोज- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइ मन्त्री नारायणप्रकाश साउदले खेलकुदका लागि आवश्यक संरचना निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबारदेखि कञ्चनपुरको झलारीपिपलाडी–८ फूलेलीमा सुरु भएको दोस्रो जिल्लास्तरीय कराँते प्रतियोगिताको उद्घाटन गर्र्दै नेता साउदले खेलकुदका लागि चाहिने संरचना...
टोकियो, १५ असोज-जापानमा शुक्रबार साँझ सम्पन्न किक बक्सिङ प्रतियोगिताको एक खेलमा नेपालीले उपलब्धि हात पार्न सफल भएका छन् । रोमाञ्चक प्रतिस्पर्धामा जापानी प्रतिद्वन्द्वी ताकिहिको साइतोलाई हराउँदै मार्सल आर्ट्स किक बक्सिङका नेपाली खेलाडी मोहन महर्जन ड्रागनले उपाधि हात पार्न सफल भएका हुन् । यसअघि पनि...
काठमाण्डु, १५ असोज-नेपालको थ्रीस्टार क्लबले भारतको गुवाहाटीमा भएको ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधि शुक्रबार राति जितेको छ । गुवाहाटीस्थित नेहरु रङ्गशालामा अबेर राति सकिएको खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टारले इस्ट बङ्गाल फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि माथि...
काठमाण्डु, १४ असोज-एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा पञ्चकन्या तेजले विशाल वारियर्सलाई दुई विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सो प्रतियोगितामा पञ्चकन्याले विशाललाई पराजित गर्दै फाइनल चरणमा प्रवेश गरेको छ । जारी प्रतियोगितामा पाँच खेल...