खेलकुद

साफ च्याम्पियनसिपः आज नेपाल र भुटान भिड्दै

२०७५ भदौ २१ गते १२:५७

काठमाण्डु, २१ भदौ – बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रदैछ । बङ्गबन्धु रङ्गशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे शुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न पनि...

एसिया कप छनोट खेल्न मलेसिया गएको नेपाली टोली भोली स्वदेश फर्कदै

२०७५ भदौ २१ गते ११:२२

काठमाण्डु, २१ भदौ – एसिया कप छनोट खेल्न मलेसिया गएको नेपाली टोली शुक्रबार स्वदेश फर्कने भएको छ । मलेसियामा भएको प्रतियोगितामा चौथो भएको नेपाल शुक्रबार मध्यान्ह सवा १२ बजे काठमाण्डु आइपुग्ने छ । मलेसियामा नेपाल यूएई, ओमान र हङकङसँग पराजित भएपछि छनोट चरणको फाइनल...

हेन्जनको कप्तानीमा यू–१८ टोली घोषणा, को को परे ?

२०७५ भदौ २१ गते ११:०१

काठमाण्डु, २१ भदौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली छनौट गर्नुभएकामा गोलकिपर...

शववाहन खरिद गर्न फुटसल प्रतियोगिता

२०७५ भदौ २१ गते १०:४२

दमक, २१ भदौं – शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले झापाको दमकमा शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो । उक्त संस्थाका अध्यक्ष बिमल शर्माले यहाँ...

नेपाल जित्नैपर्ने दबाबमा, भुटान बदला लिने दाउमा

२०७५ भदौ २१ गते १०:३२

काठमाण्डु, २१ भदौ – बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले स्थानीय समयअनुसार ४ बजे...

रुकुमको रङ्गशाला निर्माण अलपत्र

२०७५ भदौ २१ गते १०:२५

रुकुम, २१ भदौ – रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०–७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव०७४–७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको हो । खेलकूद मन्त्रालयले भने सो कार्यका लागि स्थानीय तहमा रकम पठाइसकेको जनाएपनि...

रोनाल्डो, सलाह र मोड्रिच फिफा सर्वोत्कृष्ट खेलाडीमा मनोनीत, मेस्सी हिस्स

२०७५ भदौ २० गते १४:५८

लन्डन, २० भदौ – प्रतिभावान फुटबल खेलाडी क्रिस्टियँनो रोनाल्डोको नाम लुका मोड्रिच र मोहम्मद सलाहको नामसँगै फिफा वर्ष खेलाडीको उपाधीका लागि छनोट हुँदा उनका चीर प्रतिद्वन्द्वी लियोनेल मेस्सीको नाम भने एक दशक यता पहिलो पटक छुटेको छ । यस उपाधीमाथि मेस्सी र रोनाल्डोले पछिल्लो...

नेपाल र भुटान भीड्दै

२०७५ भदौ २० गते १४:२८

काठमाण्डु, २० भदौ – साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल...

युएस ओपनः नाडाल सेमिफाइनलमा प्रवेश

२०७५ भदौ २० गते १४:२७

न्यूयोर्क, २० भदौ – युएस ओपन लनटेनिस प्रतियोगिता अन्तर्गत बुधबार खेलिएको खेलमा राफेल नाडाल सेमिफाइनलमा प्रवेश गरेका छन् । युएस ओपनका वर्तमान च्याम्पियन नाडालले डोमिनिक थाइमलाई ३–२ सेटको अन्तरले पराजित गरे । करिब ४ घण्टा ४९ मिनेटको सङ्घर्षपूर्ण उक्त खेलमा नाडालले थाइमलाई ०–६, ६–४,...

भौतिक संरचनाको कारण साग प्रभावित हुँदैनः सदस्य–सचिव विष्ट

२०७५ भदौ २० गते १२:३५

पोखरा, २० भदौ – राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले भौतिक संरचनाका कारण नेपालमा हुने १३ औँं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) प्रभावित नहुने बताएका छन् । खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सागलाई भव्यताका साथ सम्पन्न गर्न...

सेरेना विलियम युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

२०७५ भदौ २० गते १०:५५

एजेन्सी । अमेरिकी खेलाडी सेरेना विलियम युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । वर्षको अन्तिम ग्रान्ड स्लाम टेनिस युएस ओपनअन्तर्गत आज बिहान भएको क्वाटरफाइनलमा चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभालाई २–० को सोझो सेटमा हराउँदै पूर्व विश्व नम्बर एक सेरेनाले अन्तिम चारमा स्थान बनाएकी हुन्...

नेपाल २–१ ले पराजित

२०७५ भदौ १९ गते १७:५४

काठमाण्डु, १९ भदौ – साफ च्याम्पियनसिपमा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भयो । नेपालले जवाफी गोल फर्काएको थियो । खेलको ८२ औं मिनेटमा विमल घर्तीमगरले गोल फर्काएका थिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us