खेलकुद

साफ च्याम्पियनसिपः नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्ने

२०७५ भदौ २५ गते १२:४६

काठमाण्डु, २५ भदौ – बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत...

नेमार बने ब्राजिलीयन कप्तान

२०७५ भदौ २५ गते ११:५९

एजेन्सी – ब्राजिलियन स्ट्राइकर नेमार जुनियर राष्ट्रिय फुटबल टोलीको पूर्णकालीन कप्तान बनेका छन् । ब्राजिलका मुख्य प्रशिक्षक टिटेले नेमारलाई पूर्णकालीन कप्तान बनाएको जानकारी दिएका छन् । ब्राजिलले २ वर्षअघि घरमै आयोजित ओलम्पिकअन्तर्गत फुटबलतर्फ स्वर्ण जित्दा नेमार कप्तान थिए । ओलम्पिक खेलकुद प्रतियोगितामा ब्राजिलले पहिलोपटक फुटबलमा स्वर्ण जितेको...

जापानी खेलाडी नाओमी ओसाकाले पाइन् युएस ओपनको उपाधि

२०७५ भदौ २४ गते १२:१६

न्यूयोर्क, २४ भदौ – युएस ओपनको महिलातर्फको एकल प्रतिस्पर्धामा पहिलो पटक जापानी खेलाडी नाओमी ओशाकाले सेरेना विलियम्सलाई पराजित गरी उपाधि हात पारेकी छिन् । खेलका निर्णायकमाथि सेरेनाको अभद्र व्यहार र गालीगलौजका कारण खल्लो महसुस गरिएको सो खेलमा २० वर्षीया नाओमीले ६–२ र ६–४ को...

हाम्रो लागी ‘गर या मर’को स्थितिमा छः कप्तान विराज महर्जन

२०७५ भदौ २३ गते १०:४४

काठमाण्डु, २३ भदौ – साफ सुजुकी कप फुटबलअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा शनिबार (आज) नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलको ढोकाको रुपमा समेत रहेको यो खेल नेपालका लागि गर या मरको स्थितिमा छ । बंगलादेशलाई पराजित गरे नेपाल सेमिफाइनल पुग्नेछ भने पराजित...

एसिया कपमा पराजित भएपछि कप्तान पारस खड्काले दिए यस्तो प्रतिक्रिया

२०७५ भदौ २२ गते १५:०९

काठमाण्डु, २२ भदौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एसिया कप छनोटमा राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन् । टिमको खराब प्रदर्शनको जिमम्मा आफू र सिनियर खेलाडीहरुले लिने उनले बताए । एसिया कप छनोटमा सुरुमा यूएई र ओमानसँग हारेको नेपालले मलेसिया...

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

२०७५ भदौ २२ गते १४:१९

काठमाण्डु, २२ भदौ – मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले...

साफ च्याम्पियनसीपः शनिबार नेपालको अग्निपरीक्षा

२०७५ भदौ २२ गते १४:०५

काठमाण्डु, २२ भदौ – साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो । जारी...

भुटानको पोष्टमा नेपालकाे गोल वर्षा: ४–० ले पराजित

२०७५ भदौ २१ गते १७:४४

काठमाण्डु, २१ भदौ – साफ च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध चार गोल गर्दै विजयी हासिल गरेकाे छ । पहिलो हाफमा १ गोलको अग्रता लिएको नेपालले दोस्रो तीन गोल गरेको छ । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपालले भुटानविरुद्ध आकर्षक खेल प्रदर्शन गरेको हो ।...

चम्कियाे नेपाल, भुटानको पोष्टमा तेस्रो गोल

२०७५ भदौ २१ गते १७:२५

काठमाण्डु, २१ भदौ – साफ च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध तेस्रो गोल गरेको छ । भरत खवासले गोल गरेका हुन् । खेलको ७६ औं मिनेटमा मैदान छिरेका भरत खवासले नेपालका लागि तेस्रो गोल ७९ औं मिनेटमा गरे । विमल घर्तीमगरले पेनाल्टीको सदुपयोग गर्न नसकेपनि रिवाउण्डमा आएको...

नेपाललाई अग्रता, अनन्त तामाङले गरे गोल

२०७५ भदौ २१ गते १६:१६

काठमाण्डु, २१ भदौ – साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशमा भइरहेको भुटान विरुद्धको खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ । नेपालको लागि अनन्त तामाङले २१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । कर्नर बलमा उनले हेड गोल गरे ।...

भुटानविरुद्धको खेलमा नेपाली खेलाडी परिवर्तन, कप्तान विराज अाउट

२०७५ भदौ २१ गते १५:२१

काठमाण्डु, २१ भदौ – बंगलादेशको ढाकामा जारी साफ च्याम्पियन्सिपको दोस्रो खेलमा भुटानविरुद्ध नेपालले कप्तान विराज महर्जनसहित तीन मुख्य खेलाडी परिवर्तन गरेको छ । पाकिस्तानविरुद्धको खेलमा मंगलबार खेलका विराज महर्जन, नवयुग श्रेष्ठ, भरत खवासलाई परिवर्तन गर्दै बिशाल रार्इ, सुनिल बल, दिनेश राजवंशीलार्इ सुरुवाती एघारमा स्थान...

युएस ओपनः जोकोभिक सेमिफाइनल प्रवेश

२०७५ भदौ २१ गते १३:३४

न्यूयोर्क, २१ भदौ – दुई पटक युएस ओपन जितिसकेका नोभाक जोकोभिकले ५५औं वरियताका जोन मिल्म्यानलाई पराजित गरी युएस ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा उनको प्रतिस्पर्धा केई निशिकोरीसँग हुनेछ । सर्बियाली खेलाडी नोभाकले मिल्म्यानलाई ६–३, ६–४, ६–४ को सोझो सेटमा पराजित गरेका थिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us