खेलकुद

नेपाल–फिलिपिन्सबीचको फुटबल खेल आज

२०७५ असोज ३ गते १०:५८

काठमाण्डु, ३ असोज – एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनोट खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । शसस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दिउँसो ३ः३० बजे...

हाफ म्याराथनको उपाधि सशस्त्रका पार्कीलाई

२०७५ असोज २ गते १५:४८

काठमाण्डु, २ असोज – संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज आयोजना गरेको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् । त्यसैगरी नेपाली सेनाका होमलाल श्रेष्ठ द्वितीय, सेनाकै हरिकुमार रिमाल तृतीय र सेनाकै खगेन्द्र भाट चौँथो भए ।...

अफगानिस्तानले नेपाललाई दियो २४५ रनको लक्ष्य

२०७५ असोज २ गते १३:३२

काठमाण्डु, २ असोज – भारतको लखनउमा जारी यू १९ एकदिवसीय क्रिकेटमा अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको छ । टस जितरे पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको थियो । अफगानिस्तानका लागि रियाज हसनले शतकीय पारी खेल्दै ११६ रन...

भारोत्तोलन खेलाडी पोल्याण्ड प्रस्थान

२०७५ असोज २ गते १०:५२

काठमाण्डु, २ असोज – ‘वल्र्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसीप’मा सहभागी हुन नेपाली टोली पोल्याण्ड प्रस्थान गरेको छ । दुई खेलाडीसहित चार सदस्यीय टोली सोमबार राति पोल्याण्डतर्फ गएको हो । यही असोज ४ देखि ७ गतेसम्म हुने उक्त प्रतियोगितामा पुरुष ५६ किलो तौल समूहमा गणेश रानाभाट...

शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’

२०७५ असोज १ गते १५:५७

काठमाण्डु, १ असोज – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु गरेको छ । लिगको सो ट्रफी काठमाण्डु, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा पु¥याइने छ । एन्फाद्वारा गठित लिग समितिका संयोजक विज्ञानराज शर्माका अनुसार उक्त...

एपिएफको प्रशिक्षकमा तामाङ

२०७५ असोज १ गते १५:२३

काठमाण्डु, १ असोज – सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । ‘ए’ डिभिजन लिग हुने भएपछि एपिएफले तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको सशस्त्र प्रहरी बल खेलकूद महाशाखाले जनाएको छ । उनलाई ६ महिनाका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको...

राष्ट्रिय महिला भलिबल बागलुङमा

२०७५ असोज १ गते १३:५२

बागलुङ, १ असोज – बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाको गलकोटमा हुने भएको छ ।v नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा सो प्रतियोगिता यही असोज २३ देखि २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी...

कात्तिकमा इण्डो–नेपाल राष्ट्रिय कराँते प्रतियोगिता हुने

२०७५ असोज १ गते १३:२६

काभ्रेपलाञ्चोक, १ असोज – आउँदो कात्तिक महिनामा काभे्रपलाञ्चोक जिल्लाको बनेपामा प्रथम इण्डो–नेपाल खुला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेइसिन)कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह क्योकुशिन–सेइसिन (फूलकन्ट्याक्ट) कराँते प्रतियोगिता–२०७५ आयोजना गरिने भएको छ । नेपाल क्योकिशिन–सेइसिन काइकान कराँते सङ्घद्वारा आज बनेपामा आयोजित...

रेफ्री केसी र गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने

२०७५ असोज १ गते ११:५१

काठमाण्डु, १ असोज – भलिबल खेलका राष्ट्रिय रेफ्रीद्वय विजय केसी र विकास गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् । एशियन अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा उत्तीर्ण गरेसँगै केसी र गुरुङले एशियाली महादेशमा हुने अन्तर्राट्रिय भलिबल प्रतियोगिता खेलाउन पाउने नेपाल भलिबल सङ्घले जनाएको छ । एशियन...

अफगानिस्तानलाई हराउँदै नेपाल २५ रनले विजयी

२०७५ भदौ ३१ गते १७:१८

काठमाण्डु, ३१ भदौ – भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सवै...

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

२०७५ भदौ ३१ गते १७:१०

काठमाण्डु, ३१ भदौ – चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु ५० लाख दिने निर्णय भएको एन्फाका महासचिव...

एसिया कप क्रिकेटः श्रीलङ्का १३७ रनले पराजित

२०७५ भदौ ३१ गते १२:११

दुबई, ३१ भदौ – बङ्गलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत एक ४४ रनको मद्दतले शनिबार दुबईमा खेलिएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलङ्का १३७ रनले पराजित भएको छ । पहिलो ओभरमै दुई विकेट गुमाएको स्थितिमा मैदानमा प्रवेश गरेका मुस्फीकरले १५० बलको सामना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us