खेलकुद

सिटीलाई हराउँदै टटनह्याम दोस्रो स्थानमा उक्लियो

२०७५ पुष १८ गते १०:१३

एजेन्सी । टटनह्याम, ईङलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा गएराती कार्डिफ सिटीलाई ३–० ले हराउँदै टटनह्याम ४८ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । टटनह्यामको जितमा सबै गोल पहिलो हाफमै सम्भव भएका थिए । खेलको तेस्रो मिनेटमा हेरी केनको...

आज पनि हिरो बने सन्दीप

२०७५ पुष १७ गते १५:०४

काठमाण्डु, १७ पुस – अष्ट्रेलियाको घरेलु लिग बिग ब्याशमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप लामिछानेले मेलबर्न रेनिगेड्सका कप्तान टम कूपरको विकेट लिएका छन् । आफ्नो पहिलो ओभरमा केही खर्चिलो देखिएका लामिछाने आफ्नो व्यक्तिगत दोस्रो ओभरको अन्तिम बलमा रेनिगेड्सका टम कूपरलाई बोल्ड आउट गरेका हुन् ।...

मेल्वर्न स्टार्सको बक्सबाट पारसले सन्दीपको खेल हेर्ने

२०७५ पुष १६ गते १४:३८

काठमाण्डु, १६ पुस – नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट लिग बिग ब्यासमा सानदार प्रदर्शन गरिरहेका छन् । विभिन्न रंगशालामा हुने खेल हेर्न र सन्दीपलाई हौसला दिन अष्ट्रेलियास्थित नेपाली पनि मैदान पुग्ने गरेका छन् । मेल्वर्न स्टार्समा अनुबन्धित सन्दीपको...

सहिद स्मारक ए डिभिजन लिगः एकै खेलमा १० गोल !

२०७५ पुष १६ गते १४:१५

काठमाण्डु, १६ पुस – सहिद स्मारक ए डिभिजन लिग २०७५ मा को एकै खेलमा सबैभन्दा धेरै गोल हुँदा एनआरटी र मछिन्द्रले बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा गोलको वर्षा हुँदा एनआरटी र मछिन्द्रले ५–५ को बराबरी खेल्दै अंक बाँडेका...

युएईविरुद्ध क्रिकेट सिरिज खेल्ने प्रारम्भिक टोलीको घोषणा (नामसहित)

२०७५ पुष १६ गते १२:४९

काठमाण्डु, १६ पुस – युएईविरुद्धको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्नका लागि नेपाली क्रिकेटको प्रारम्भिक टिम घोषणा भएको छ । छनोट समितिले युएईविरुद्धको सिरिजको लागि २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो । छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी,...

बंगलादेशका क्रिकेट कप्तान मुर्ताजा बने ‘सांसद’

२०७५ पुष १६ गते १२:१५

एजेन्सी – बंगलादेशको एक दिवसीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान मशरफे मुर्ताजा सांसद भएका छन् । आइतबार भएको आम निर्वाचनमा मुर्ताजा प्रधानमन्त्री शेख हसिना वाजेदको अवामी लिग दलबाट सांसदमा विजयी भएका हुन् । तीव्र गतिका बलर तथा अलराउन्डर मुर्ताजा नारायल–२ निर्वाचन क्षेत्रमा, २ लाख ७१...

पोग्वाको २ गोलसँगै म्यानचेस्टर युनाइटेडको सानदार जित

२०७५ पुष १६ गते १०:३३

एजेन्सी । म्यानचेस्टर युनाइटेडले बोर्नामाउथमाथि ४–१ को फराकिलो जित निकालेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडको फराकिलो जितमा पउल पोग्वाले २ तथा मार्कस रासफोर्ड र रोमेलु लुकाकुले एक एक गोल गरेका थिए । बोर्नामाउथका नाथन...

‘ए’ डिभिजन लिगः बाह्रौँ चरणको खेल सोमबारदेखि

२०७५ पुष १५ गते १४:३६

काठमाण्डु, १५ पुस – राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने भएका छन् । एघारौँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । सोमबार...

माल्दिभ्समा किरण चेम्जोङ बने ‘उत्कृष्ट’ गोलकिपर

२०७५ पुष १४ गते १५:०३

काठमाण्डु, १४ पुस – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जितेका छन् । माल्दिभ्सको टिसी स्पोटर्स क्लबलाई राष्ट्रिय लिग फुटबल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण चेम्जोङले उक्त अवार्ड जित्न सफल भएको त्यहाँको फुटबल सङ्घले जनाएको छ । तीन...

एनएनआइपीएल अवार्डः कमल र अनु सर्वोत्कृष्ट

२०७५ पुष १४ गते ११:३९

काठमाण्डु, १४ पुस – एनएनआइपीएल अवार्डमा भारोत्तोलनका कमलबहादुर अधिकारी र कराँतेकी अनु अधिकारी सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीएल) ले आयोजना गरेका उक्त १३औँ संस्करणको अवार्डमा पुरुषतर्फ कमल र महिलातर्फ अनु सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । ललितपुरको...

आर्मीसँग सरस्वती ४–० ले पराजित

२०७५ पुष १३ गते १३:४४

काठमाण्डु, १३ पुस – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको टेक्निकल सेन्टरमा आज भएको खेलमा आर्मीले सरस्वतीलाई ४–० गोलअन्तरले पराजित गर्दै...

एएफसी कपमा मनाङले नेपालको प्रतिनिधित्व गर्ने

२०७५ पुष १३ गते १२:३६

काठमाण्डु, १३ पुस – जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मस्र्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको प्रतिनिधित्व गर्दै मनाङले उक्त प्रतियोगितामा सहभागिता जनाउने अखिल नेपाल फुटबल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us