आज पनि हिरो बने सन्दीप

काठमाण्डु टुडे २०७५ पुष १७ गते १५:०४ मा प्रकाशित

काठमाण्डु, १७ पुस – अष्ट्रेलियाको घरेलु लिग बिग ब्याशमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप लामिछानेले मेलबर्न रेनिगेड्सका कप्तान टम कूपरको विकेट लिएका छन् ।

आफ्नो पहिलो ओभरमा केही खर्चिलो देखिएका लामिछाने आफ्नो व्यक्तिगत दोस्रो ओभरको अन्तिम बलमा रेनिगेड्सका टम कूपरलाई बोल्ड आउट गरेका हुन् ।

सन्दीपले पहिलो खेलमा सिड्नी थन्डर्सका दुई विकेट हात पारे । होर्वाट हुरिकेन्सविरुद्ध दोस्रो खेलमा उनले तीन विकेट लिए । तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध दुई विकेट लिएका सन्दीप जारी प्रतियोगितामा अहिलेसम्मका सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो नम्बरमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us