सिटीलाई हराउँदै टटनह्याम दोस्रो स्थानमा उक्लियो

काठमाण्डु टुडे २०७५ पुष १८ गते १०:१३ मा प्रकाशित

एजेन्सी । टटनह्याम, ईङलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा गएराती कार्डिफ सिटीलाई ३–० ले हराउँदै टटनह्याम ४८ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

टटनह्यामको जितमा सबै गोल पहिलो हाफमै सम्भव भएका थिए । खेलको तेस्रो मिनेटमा हेरी केनको गोल मार्फत अग्रता बनाएको टटनह्यामका लागि क्रिष्टियन एरिक्सनले १२ औँ मिनेटमा अग्रता दोब्बर पारे ।

२६ औँ मिनेटमा सङ ह्युन मिनले गोल गर्दै खेलको पहिलो हाफमै टटनह्यामलाई ३–० को अवस्थामा पुर्याए । खेलमा ७३ प्रतिशत बल पोजिशन बनाएको टटनह्यामले दोस्रो हाफमा पनि आक्रमणलाई निरन्तरता दिएको थियो ।

तर थप अवसरले भने सही दिशा लिन सकेनन् । अर्को खेलमा आर्सनलले फुल्ह्यामलाई ४–१ ले पराजित गर्यो । यो जितले आर्सनलको स्थानमा कुनै परिवर्तन नभएपनि चौथो स्थानको चेल्सीसँगको दुरी २ अंकमा झरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us