काठमाण्डु २१ माघ – खेलकूद क्षेत्रको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पु¥याएवापत करातेका राष्ट्रिय खेलाडी बिप्लब लाल श्रेष्ठलाई आज यहाँ नगद पुरस्कारसहित सम्मान गरेको छ । हाईड एण्ड सिक किन्डर गार्डेन स्कुल वनस्थलीले आफ्नो वार्षिक खेलकूद दिवसका अवसरमा आयोजित कार्यक्रममा सो स्कुलका प्रधानाध्यापक कुमद...
एजेन्सी । भारतीय क्रिकेट कप्तान विराट कोहली एकदिवसीय क्रिकेटको ब्याट्सम्यानतर्फको नयाँ वरीयतामा शीर्ष स्थानमा रहन सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयताक्रममा कोहली शीर्ष स्थानमा कायम रहेका हुन् । आईसीसीले निकालेको नयाँ वरीयतामा कोहलीले ८८७ अंक प्राप्त गरेका छन्...
काठमाण्डु, २१ माघ – यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ । क्लबले संयुक्त अरब इमिरेट्स (युएइ)का कप्तान रोहन मुस्तफा र भारतका सागर त्रिवेदीलाई आफ्नो टिममा भित्र्याएको...
काठमाण्डु, २१ माघ – युएईविरुद्धको वान डे र ट्वान्टी २० सिरिज जितेर राष्ट्रिय क्रिकेट टोली आज काठमाण्डु फर्कदैछ । दुबै सिरिज २–१ ले जितेको नेपाली टोली ट्रफिसहित दिउँसो साढे ३ बजे काठमाण्डु आईपुग्ने छ । नेपालको यो जित दुवै फर्मेटको क्रिकेटमा एतिहासिक सफलता हो...
काठमाण्डु, २० माघ – संयुक्त अरब इमिरेट्स -युएई) विरुद्धको टी-२० क्रिकेट सिरिज २-१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ । युएईविरुद्धको आइतबार अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर...
काठमाण्डु, २० माघ – यूएईविरुद्धको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट प्रतियोगितामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले सुरुमै ३ विकेट गुमाएको छ । ३.३ ओभरमा नेपालले २१ रन बनाएका बेला दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । कप्तान पारस खड्कासँगै ओपनिङ ब्याटिङमा आएका पवर्न शर्राफ...
चितवन, २० माघ – गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको छ । भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी ¥यालीका साथ निर्माणस्थल रामपुर पु¥याइएको थियो । रङ्गशाला निर्माणस्थलमा...
काठमाण्डु, २० माघ – नेपाल र युएईबीच आज तय भएको तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय सिरिज वर्षाका कारण अहिलेसम्म खेल शुरु हुन सकेको छैन । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुने तय भए पनि निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल शुरु...
काठमाण्डु, २० माघ –नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक टी–२० खेलमा वर्षाले प्रभाव पार्ने भएको छ । दिउँसो पौने ३ बजेदेखि सुरु हुनुपर्नेमा अहिले पानी परिरहेको छ । यूएईका केही ठाउँमा हावाहुरी र चट्याङसहित पानी परिरहेको त्यहाँको मौसम विभागले जनाएको छ । पानीका कारण...
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र भ्यालेन्सीयाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । २–१ ले पछि परेको अवस्था उल्टाउँदै शीर्ष स्थानको बार्साले अंक खोसेको हो । बार्साका लागि लियोनल मेसीले ६४ औँ मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए ।...
काठमाण्डु, १९ माघ – श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले आयोजना गरेको ‘सचेतनामूलक हाफ म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका कल्याण बानियाँले जितेका छन् । संस्थाको २९औँ स्थापना दिवसका अवसरमा आज भएको प्रतियोगितामा बानियाँले निर्धारित दूरी एक घण्टा सात मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन्...
काठमाण्डु, १९ माघ – भारतको भूवनेश्वरमा यही माघ २६ गतेदेखि फागुन ३ गतेसम्म हुने महिला गोल्डकप प्रतियोगितामा नेपालले पहिलो प्रतिद्वन्द्वी म्यान्मा पाएको छ । भारतीय फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल यही माघ २६ गते म्यानमारसँग खेल्नेछ । आसन्न साफ...