स्पेनिस ला लिगाः मेसीको गोलले बार्सिलोना हारबाट जोगियो

काठमाण्डु टुडे २०७५ माघ २० गते १०:२२ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र भ्यालेन्सीयाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । २–१ ले पछि परेको अवस्था उल्टाउँदै शीर्ष स्थानको बार्साले अंक खोसेको हो ।

बार्साका लागि लियोनल मेसीले ६४ औँ मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । पहिलो गोलपनि उनैले ३९ औँ मिनेटमा गरेका थिए ।

२२ खेलबाट बार्सिलोना ५० अंकमा तालिकाको शीर्ष स्थानमा यथावत छ । रियल सोसिडाडले एथ्लेटिको बिल्वाओलाई २–१ ले हराउँदै तालिकामा १ स्थान सुधार गरेको छ । २२ खेलबाट ३० अंक जोडेको सोसिडाड, रियल बेटिसलाई पछि पार्दै आठौँ स्थानमा उक्लिएको हो ।

चौथो स्थानको सेभिया भने सेल्टा डि भिगोसंग १–० ले पराजित भयो । यो हारसँगै सेभियाले तेस्रो स्थानमा उक्लन अवसर गुमाएको छ । गएराती नै गेटाफे र लेभान्तेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us