रंग-तरङ

हास्यकलाकार कपिल शर्मा फेरि विवादमा तानिए

२०७४ चैत २६ गते १२:२९

एजेन्सी, २ चैत – हास्यकलाकार कपिल शर्मा फेरि विवादमा परेका छन् । मुम्बइमा एक पत्रकारसँग झगडापछि उनी विवादमा फसेका छन् । एक मनोरञ्जन न्यूज वेभसाइटका अनुसार कपिल शर्माले उनका प्रमुख सम्पादक विक्की लालवानीलाई फोनमा धम्की दिएर गाली गरेका थिए । उता कपिल शर्माले लालवानीसमेत...

सलमान खानको टिम ‘द–ब्याङ्ग’टूर नेपाल आउने पक्काः सुरक्षाबारे यसो भन्छन् आयोजक

२०७४ चैत २६ गते ११:३७

काठमाण्डु, २६ चैत – भारतीय अभिनेता सलमान खानसहित् बलिउड कलाकारहरु ‘द–ब्याङ्ग’ टुरमा आगामी जेठमा नेपाल आउने भएका छन् । यसअघि, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विरोधपछि फागुन २६ गते हुने भनिएको पूर्व निर्धारित कार्यक्रम सुरक्षाको कारण देखाउँदै रद्द भएको थियो । कार्यक्रमका आयोजक ओडिसी...

‘भिज्यो तिम्रो रातो पछ्यौरी…’ गीतको रि– रेकर्ड सार्वजनिक(भिडियोसहित)

२०७४ चैत २६ गते ११:२६

काठमाण्डु, २६ चैत – गायक महेश मुखिया सुनुवार र गायिका सन्ध्या सुनुवारको आवाजमा पुरानो तथा निकै सुमधुर गीत भिज्यो ‘तिम्रो रातो पछ्यौरी…’को रि–रेकर्ड गरेर नयाँ म्यूजिक भिडियो बनाइएको छ । पाण्डव सुनुवार, शिब बस्नेत र बासुदेब मुनालको आवाजमा रहेको गीतलाई महेशले पुनः रेकर्ड गरेर...

सोनाक्षी सिन्हा एक फरक अवतारमा (हेर्नुस् तस्बिर)

२०७४ चैत २६ गते ११:१३

मुम्बई, २६ चैत – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अहिलेसम्मकै फरक लुक्समा देखिएकी छन् । सोनाक्षीले हालै गराएको एउटा फोटो सुटमा फरक अवतारमा देखिएकी हुन् । तस्बिरमा उनलाई दुलही अवतार देख्न सकिन्छ । तस्बिरमा सोनाक्षी आकर्षक लुकमा देखिएकी छिन् । उनले तस्बिर सुट समुन्द्रको किनारमा...

जेठ १२ गते सलमान खान नेपाल आउँदै

२०७४ चैत २६ गते १०:४६

काठमाण्डु, २६ चैत – अघिल्लो महिना स्थगित भएको सलमान खानको नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएको छ । कालो हरिण शिकार अभियोगमा जेल गएका सलमान धरौटीमा रिहा भएलगत्तै नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि मिति तय गरेका हुन् । नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई...

थोकर फिल्मसद्वारा सगरमाथा आरोहण गर्न लागेकी तामाङ्लाई १५ लाख सहयोग

२०७४ चैत २६ गते १०:३८

भक्तपुर, २६ चैत – थोकर फिल्मसले सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तान तामाङ्लाई १५ लाख रकम सहयोग प्रदान गरेको छ । रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रमकाबीच फिल्मसका प्रोपाईटर बिकु थोकर र रजतपटका निर्देशक प्रकाश सुवेदीलेले संयुक्त रुपमा तामाङ्लाई १५ लाख ५ हजार १...

३ करोडको लागतमा फिल्म बनाउँदै महानायक राजेश हमाल

२०७४ चैत २५ गते १५:०८

काठमाण्डु, २५ चैत – महानायक राजेश हमाल अब फिल्म निर्देशनमा होमिने कन्फर्म भएका छन् । आफ्नो जर्बजस्त अभिनयबाट बर्षौदेखि नेपाली फिल्ममा राज गरिरहेका उनलाई चाँडै एक्सन–कट गर्दै गरेको देखिने भएको छ । फिल्ममा उनको निर्देशन र अभिनय रहनेछ । उनको अपोजिटमा अभिनेत्री प्रियंका कार्की...

पैसाले न्याय किनेको सलमानमाथि सोफियाको आरोप

२०७४ चैत २५ गते १३:५३

एजेन्सी, २५ चैत – कालो हरिणको सिकार प्रकरणमा जेल पुगि जमानतमा रिहा भएका बलिउडका सुपरस्टार अभिनेता सलमान खानमाथि अभिनेत्री तथा बिग बोसकी सहभागी सोफिया हायतले पैसामा न्याय खरिद गरेको आरोप लगाएकी छन् । शनिबार सलमान जमानतमा रिहा भएपछि उनका प्रसंसकहरुले खुसी व्यक्त गरिरहेको समयमा...

जन्मदिनमा बर्षाले गरिन् ‘धुर्मुस-सुन्तली फाउन्डेशन’लाई ५१ हजार सहयोग

२०७४ चैत २५ गते ११:४१

काठमाण्डु, २५ चैत – नायिका बर्षा सिवाकोटीले आफ्नो जन्मदिनमा ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनलाई सहयोग गरेकी छिन् । बर्षाले शनिबार फाउन्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई ५१ हजार नगद हस्तान्तरण गरिन् । उनले आफ्ना पिताको संझनामा यो रकम हस्तान्तरण गरेकी हुन् । बुबा कृष्ण प्रसाद सिवाकोटीको नाममा रकम हस्तान्तरण...

यसकारण सलमानसँग जेलमा सेल्फी खिच्न पाएनन् प्रहरीले !

२०७४ चैत २५ गते ११:११

मुम्बई, २५ चैत – बलिउड अभिनेता सलमान खानलाई प्रत्यक्ष भेट्ने बित्तिकै जोकसैको चाहना हुन्छ, एउटा सेल्फी खिच्ने । तर, हालै उनी जेल पर्दा त्यहाँ कसैले उनीसँग सेल्फी खिचेनन् । कालो हरिण शिकारको अभियोगमा दुई दिन जेल बसेका थिए सलमान खान । त्यतिबेला जेल प्रशासनले...

साउथ चलचित्रका ‘सुपरस्टार’ अलु अर्जुन ३५ वर्षमा प्रवेश

२०७४ चैत २५ गते १०:४०

एजेन्सी, २५ चैत – साउथ इन्डियन चलचित्रका सुपरस्टार अलु अर्जुन ३५ वर्षमा प्रवेश गरेका छन् । उनको जन्म ८ अप्रिल १९८३ को चेन्नईमा भएको थियो । अलुले बतौर चाइल्ड आर्टिस्ट चलचित्रबाट आफ्नो करियर शुरु गरेका थिए । २००३ मा पहिलो चलचित्र ‘गंगोत्री’ मा उनले...

५ वर्षको जेल सजाय पाएका सलमान ५० हजार तिरेर छुटे

२०७४ चैत २४ गते १५:५०

एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई जमानत मिलेको छ । उनी विगत तीनदिनदेखि जोधपुरको सेन्ट्रल जेलमा कैद थिए । कालो हरिणको २० वर्षपहिले सिकार गरेको अभियोगमा बिहीबार ५ वर्षका लागि जेल चलान गरिएका सलमानको अपीलमा शनिबार सुनुवाइ गर्दै जोधपुरको एक अदालतले उनलाई रिहाइ गर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us