प्रवास

एनआरएन जापानको चुनाव रन्को बढ्दै

२०७२ साउन ८ गते १६:४३

जापान, ८ साउन-गैरआवासीय नेपाली सङ्घ (एनआरएन) जापानको नयाँ नेतृत्वका लागि हुने चुनावमा उपाध्यक्ष पदमा पाँचजनाले उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षपछिको शक्तिशाली पद उपाध्यक्ष भएकाले अन्य पदमा उम्मेदवारी नदिएको उनीहरुले बताएका छन् । आगामी भदौ १३ देखि सुरु हुने गैरआवासीय नेपाली सङ्घ जापानको राष्ट्रिय...

गैर आवसिय नेपाली संघ जर्मनीको वार्षिक साधारण भेला

२०७२ साउन ६ गते १८:३१

जर्मनी– विश्वका विभिन्न देशहरुमा गैर आवसिय नेपाली संघ एनआरएनएका नेसनल कोर्डिनेसन कमिटी एनसीसीहरुको सम्मेलन चलिरहेको छ। यसैबीच एनआरएनए जर्मनीले पनि आफ्नो साधारण भेला जर्मनीको प्रमुख शहर ह्याम्बुर्गमा सम्प्पन्न गरेको छ। एनआरएनए जर्मनीका अद्यक्ष हरेन्द्र वनेमको अद्यक्षतामा सम्मन्न उक्त भेलामा प्रमुख अतिथीको रुपमा एनआरएनएका केन्द्रीय...

यी देशमा निःशुल्क टीकट र भिषाको श्रम सम्झौता हुँदै

२०७२ साउन ५ गते १७:३६

काठमाण्डु, ५ साउन– श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले मलेसिया र साउदी अरबसँग श्रम सम्झौता अन्तिम तयारीमा पुगेको बताएका छन् । निःशुल्क टीकट र भिषका विषयमा अन्तिम सम्झौताका लागि आफूहरुलाई भ्रमणको निम्तो आएको बताउँदै गुरुङले यसप्रति उनीहरु सकारात्मक भएको बताएका छन् । सरकारले विभिन्न ६ देशसँग...

हिन्दूराष्ट्रको माग गर्दै युएईका राजदूतलाई ज्ञापनपत्र

२०७२ साउन ५ गते १५:२७

  काठमाण्डु– नेपालको नयाँ संविधानमा हिन्दूराष्ट्र राख्नुपर्ने मागसहित युएईको नेपाली दूतावासमा ज्ञापनपत्र बुझाइएको छ ।   हिन्दू जागरण अभियान युएईले नेपालमा करिब ८० प्रतिशत हिन्दूहरु रहेकाले हिन्दूराष्ट्र भन्ने शब्द संविधानको मस्यौदामै राख्नु पर्ने माग गरेको थियो ।   संयोजक इश्वरी लामिछानेको नेतृत्वमा गएको टोलीले...

मलेसियाबाट घर फर्कन नेपालीले तिरे ११ करोड

२०७२ साउन ३ गते १७:४१

काठमाण्डु– गैरकानुनी रुपमा मलेसियामा रहेका नेपालीले घर फर्कने क्रममा १० करोड ५० लाख बढी जरिवाना तिरेका छन् । मलेसिया सरकारसामू आत्मसमर्पण गरेपछि उनीहरुलाई त्यहाँको सरकारले आवश्यक पर्ने पासस दिएर सो जरिवाना लिएको हो । यसरी स्वदेश फिर्ता हुन चाहने नेपालीले जरिवाना स्वरुप आत्मसमर्पण गरेपछि...

अस्ट्रेलियामा बन्यो नेपाली चिकित्सकको संगठन

२०७२ साउन १ गते १४:५०

काठमाण्डु– अस्ट्रेलियामा नेपाली चिकित्सकको अष्ट्रेलिसियन नेप्लिज मेडिकल एण्ड डेण्टल डक्टर्स एसोसिएसन गठन भएको छ । अस्टे«लियामा सिकेका कुरालाई नेपालमा लागु गर्ने र अस्टे«लियामा रहेका नेपाली चिकित्सकलाई संगठित गर्ने उद्धेश्यले संगठन गठन गरिएको हो । जसको कार्यसमिति अध्यक्षमा डा. केशवमणि भट्टराई, उपाध्यक्षमा डा. कुन्दन गिरी...

दुई सय ५२ नेपाली मलेसियाबाट घर फर्के

२०७२ असार २९ गते १४:४४

काठमाण्डु– मलेसियास्थित नेपाली दुतावासले ‘डिटेन्सन सेन्टर’ मा काम गर्ने दुई सय ५२ जना नेपालीलाई घर फर्काएको छ । ति नेपालीलाई निःशुल्क हवाई टिकटमा घर फर्काइएको हो । टिकटका लागि त्यहाँस्थित विभिन्न सात कम्पनीले आर्थिक सहयोग गरेका थिए । दुतावासले एक विज्ञप्ती जारी गर्दै त्यहाँ...

कोरियामा एक नेपालीको मृत्यु

२०७२ असार २९ गते ११:०३

सउल– कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा गान्धीराज खतिवडा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । खतिवडा कोरियाको हवासङस्थित एक फलाम कम्पनीमा कार्यरत थिए । आफैं काम गर्ने कम्पनीमा माथिबाट खसेको फलाम लागेर उनको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै...

मलेसियामा नेपालीे युवाको मृत्यु, एक हप्तापछि मात्रै थाहा पाए परिवारले

२०७२ असार २८ गते १२:०८

रौतहट, २८ असार–धन कमाउने सपना बोकेर मलेसिया गएका चन्द्रपुर नगरपालिका–१३ बालचनपुरका एक युवकको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा मलेसियामा रहेका २२ वर्षीय जयमंगल राउतको गत मंगलबार मृत्यु भएको थियो । परिवारका सदस्यले उनको मृत्यु भएको खबर सोमबार मात्रै थाहा पाएका हुन् । विदेशमा...

नेपालीका लागि इजरायलमा रोजगारी खुल्दै

२०७२ असार २७ गते १३:०२

काठमाण्डु, २७ असार– इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ । साथै उक्त मुलुकले नेपाल सरकारसँग सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ...

केन्यामा बन्यो गैर आवसीय नेपालीको नयाँ कार्य समिति

२०७२ असार २४ गते १४:२२

काठमाण्डु– केन्याको गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको दोस्रो साधारण सभा सम्पन्न भएको छ । सभाले संघको अध्यक्षमा रामचन्द्र बस्याललाई नै दोस्रो कार्यकालका लागि चयन गरेको छ । राजधानी नैरोवीमा सम्पन्न महाधिवेशनले संघको महासचिवमा कृष्णदत्त भट्टलाई सर्वसम्मत र उपाध्यक्षमा प्रकाशजंग रायमाझी, कोषाध्यक्षमा जशिष...

थाई उद्योग वाणिज्य सङ्घले दियो एक करोड

२०७२ असार २३ गते १६:३०

कठमाण्डु, २३ असार-नेपालका भूकम्पपीडितको सहयोगार्थ थाई उद्योग वाणिज्य सङ्घले एक करोड २५ लाख प्रदान गरेको छ ।   सङ्घका उपाध्यक्ष वुइचाइ अटरासकोर्नले थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीलाई उक्त रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन् ।   ब्याङ्ककस्थित नेपाली दूतावासमा वुधबार आयोजित एक कार्यक्रममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us