प्रवास

मलेसियामा नेपाली चेलीले जितिन् मुद्धा

२०७२ असोज ८ गते १३:०३

मलेसिया– अवैध गर्भपतनको अभियोगमा मलेसियामा पक्राउ परेकी नोपली चेली निर्दोष रहेको सावित भएको छ । मुद्धा चलेको ११ महिनापछि त्यहाँको एक अदालतले उनलाई निर्दोष सावित गरेको हो । गत वर्षको अक्टोबरमा एक नीजि क्लिनिकमा गर्भपतन गराएको अभियोगमा पक्राउ परेकी २५ निर्मला थापाको पक्षमा विभिन्न...

नर्वे नेपाललाई जस्तोसुकै सहयोग गर्न तयारी

२०७२ असोज ७ गते १३:४५

नर्वे– नर्वे अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासका साथै भूकम्पपछिको पुनःनिर्माणमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । स्थानीय निर्वाचन पर्यवेक्षणको प्रतिवेदन बुझाउन विदेश मन्त्रालयमा एकत्रित भएका नेपाल, श्रीलङ्का, मोजाम्बिक र केन्याका प्रतिनिधिमण्डलसँग सामूहिकरुपमा हालै भएको भेटवार्तामा उक्त मन्त्रालयका एक उच्च अधिकारीले त्यस्तो प्रतिबद्धता व्यक्त...

एनआरएन सचिवमा साउदीबाट केसीको उम्मेदवारी

२०७२ असोज ६ गते १६:००

साउदी, ६ असोज– गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा वर्तमान आइसिसी सल्लाहकार धर्क केसीले साउदी अरबबाट उम्मेदवारी घोषणा गरेका छन् । सङ्घको आगामि अक्टोबरमा हुने सातौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा २०१५—०१७ को कार्यकालका लागि केसीले पाँच बुँदे प्रतिबद्धतासहित सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका...

ब्रुसेल्समा बुद्धसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा

२०७२ असोज ६ गते ११:१०

काठमाण्डु, ६ असोज – बेल्जियमको ब्रुरुसेल्समा आगामी मंसिर १४ र १५ गते आयोजना हुन गइरहेको भगवान् गौतम बुद्ध र लुम्बिनीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । अन्तर्राष्ट्रिय मञ्चमा भगवान बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार तथा सोसम्बन्धी भएका विवादलाई निस्तेज पार्नु र...

भारतीय मिडिया लेख्छ, ‘भारत की जी हुजूरी करने वाला नहीं बनना चाहता नेपाल: प्रचंड’

२०७२ असोज ५ गते १२:५४

काठमाण्डु, ५ असोज– सोमबार काठमाण्डुमा आयोजित नयाँ संविधानलाई स्वागत कार्यक्रममा प्रचण्डले गरेको भाषणलाई भारतीय मिडियाले प्राथमिकताका साथ स्थान दिएका छन् । भारतको चर्चित समाचार साइट न्यूज २४ ले लेखेको छ, ‘माओवादी अध्यक्ष प्रचण्डले नेपाल भारतको राम्रो मित्र बन्न चाहेको तर, उसको जि हजुर भन्नेवाला...

डिसी मेट्रो क्षेत्रमा नयाँ संविधानको भव्य स्वागत

२०७२ असोज ५ गते ११:५१

मनासस,– गैरआवासिय नेपाली संघ एनआरएन भर्जिनियाले नेपालको नयाँ संविधानको भव्य स्वागत गरेको छ । एनआरएन भर्जिनियाको समन्वयमा भर्जिनिया राज्यमा क्रियाशील विभिन्न संस्थाले संयुक्तरुपमा मनाससस्थित सिग्नल हिल पार्कमा दिपावली गरेका हुन् । नेपाली आकंक्षा अनुसारको संविधान जनताका प्रतिनिधीले निर्माण गरेको खुसी मनाउन दिपावली गरिएको एनआरएन...

मलेसियामा नेपाली पत्रकारलाई यतिसम्म गर्छ नेपाली दुतावास

२०७२ असोज ४ गते १७:१७

मलेसिया– मलेसियामा रहेका नेपाली पत्रकार गणेश आचार्यले नेपाली दूतावासबाटै आफू असुरक्षित रहेको गुनासो गरेका छन् । केही समयअघि दूतावासको विषयमा समाचार लेखेकोभन्दै आफ्नो राहदानीसमेत जफत भएको आचार्यले बताए । उनले प्रेस बिज्ञप्ति मार्फत यदी समाचारको विषयमा चित्त नबुझे खण्डन गर्न सक्ने तथा कानुनी बाटो...

नयाँ संविधानको खुसियालीमा जापानभर दीपावली

२०७२ असोज ४ गते १६:०१

जापान, ४ असोज-नेपालको नयाँ संविधान, २०७२ को स्वागतमा जापानका नेपाली खुसियाली मनाएका छन् । उनीहरुले खुसियालीमा दीपावली गरेका छन् ।   जापानको फुकुओकामा भेला भएका नेपालीहरुले आपसमा शुभकामना आदानप्रदान गर्दै नेपालले लामो प्रतीक्षापछि नयाँ संविधान पाएकामा हर्ष प्रकट गरे ।   गैरआवासीय नेपाली सङ्घ...

नेपालको संविधानलाई यूरोपमा स्वागत

२०७२ असोज ४ गते १२:४६

काठमाण्डु– यूरोपमा रहेका प्रगतिशिल संगठनहरुको नेपालको संविधान २०७२ लाई स्वागत गरेका छन् । एक विज्ञप्ती जारी गर्दै उनीहरुले नेपाली जनताले नेपालीको अधिकारलाई नेपालीले नै निर्धारण गर्नुपर्छ भन्ने माग लामो समयपछि पुरा भएको बताए । नेपालको संविधान २०७२ जारी हुदै गर्दा नेपालको इतिहासमा नेपाली जनताले...

कुवेतमा एक नेपालीको मृत्यु

२०७२ असोज ४ गते १०:५६

झापा, ४ असोज – वैदेसिक रोजगारीका लागि कुवेत पुगेका झापा, शिवसताक्षी नगरपालिका–८ बाइसबिघे निवासी गङ्गाप्रसाद योङहाङको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रोजगारीका क्रममा १६ महिना अघिदेखि कुवेतस्थित अल्मलिया कम्पनीमा कार्यरत योङहाङको दुई दिनअघि दुर्घटनामा परेर ज्यान गएको हो । मृतक योङहाङका श्रीमती,...

जापानमा नेपाली भाषाबारे यस्तो बहस

२०७२ असोज ३ गते १४:५५

जापान, ३ असोज-चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी स्वदेश तथा विदेशका नेपाली साहित्यकारले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । जापानमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रियस्तरका नेपाली साहित्यकारको सम्मेलन सहभागी साहित्यकारले कविता, गजल र साहित्यमार्फत नेपाली भाषा, साहित्य र संस्कृतिको...

भारतीय मिडियाले लेख्यो, ‘नेपालको संविधानमा दिल्लीको चासो काठमाण्डुले लत्यायो’

२०७२ असोज ३ गते १४:०३

  काठमाण्डु, ३ असोज– ‘नेपाल आफ्नो नयाँ संविधान जारी गर्न खोज्दै छ । यो उत्सवलाई रौनकता दिन नेपालमा आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिइएको छ । संविधानसभाका सबैजसो सदस्यहरुले नयाँ संविधानमा हस्ताक्षर गरेका छन् । भारतले अन्तिम मिनेटमा संविधानमा मधेसी र थारुको माग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us