प्रवास

‘साल्ट लेक सिटी च्याप्टर’ अध्यक्षमा जल शाह

२०७२ मंसिर ३ गते १८:५३

काठमाण्डु, ३ मङ्सिर- नेपाली अमेरिकन कलाकार सङ्घ, नर्थ अमेरिकाको ‘साल्ट लेक सिटी च्याप्टर’ अध्यक्षमा नायिका जल शाहलाई मनोनीत गरिएको छ । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिएकी नायिका शाहलाई भर्खरै बसेको सङ्घको बोर्ड बैठकले सर्वसम्मतरुपमा अध्यक्षमा मनोनीत गरेको ‘मिडिया संयोजक’ विमल डाँगीले जानकारी...

साउदी अरबमा छठको रौनकता

२०७२ मंसिर २ गते १४:०३

साउदी– शुद्धता र आपसी सद्भावको प्रतीक छठ पर्व स्वदेशमा समापन भएको भएपनि साउदी अरबमा रहेका प्रवासी नेपालीमा भने यस पर्वको रौनकता भर्खर सुरु भएको छ ।   छठ पर्वका दिन मङ्गलबार बिदा नमिलेका कारण छठ मान्न नपाएका प्रवासी नेपालीले बिदाका दिन पारेर यही आउंँदो...

राष्ट्र संघमा भारतीय नाकाबन्दीको विरोधमा ज्ञापनपत्र

२०७२ मंसिर २ गते ८:५९

अमेरिका २, मंसिर – भारतको अघोषित नाकाबन्दीको विरोधमा एनआरएन अमेरिका लगायत संस्थाले संयुक्त राष्ट्र संघ मुख्यालय भवनअगाडि विरोध प्रदर्शनपछि मंगलबार ज्ञापनपत्र बुझाएका छन् । मध्याह्न १२ बजे सुरु भएको कार्यक्रममा ठूलो संख्यामा उपस्थित नेपालीलाई अमेरिकी मूलका नागरिक र भारतीय मूलका शिखले समेत ऐक्यबद्धता जनाएका...

भूकम्पपीडितका नाममा जापानबाट आयो थप चार लाख येन

२०७२ मंसिर १ गते १२:२८

जापान– जापानस्थित नेपाली राजदूतावासले प्रधानमन्त्री दैवीप्रकोप उद्धार समितिमा सोमबार चार लाख ६४ हजार जापानी येन पठाएको छ । राजदूतावासका अनुसार सो रकमसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार समितिमा ५९ करोड ९८ लाख ४४ हजार ९८ जापानी येन पठाइएको छ । राजदूत डा मदनकुमार भट्टराईले नेपालको पुनःनिर्माणमा...

हृदयघातका कारण साउदीमा सुनिलको मृत्यु

२०७२ कार्तिक ३० गते १३:२१

साउदी अरब- रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । पर्वत थानामौला–२ का २५ वर्षीय सुनिल नेपालीको बिहीबार राति हृदयघातका कारण कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो । मृतक नेपाली साउदीको जुबेलस्थित ओल्यान डिस्कोन कम्पनीमा सहायकका रुपमा कार्यरत थिए...

अमेरिकामा काम गर्न नेपाली विद्यार्थीलाई केही खुकुलो

२०७२ कार्तिक २७ गते १३:४५

काठमाण्डु, २७ कात्तिक– अमेरिकामा अध्इयनरत नेपाली विद्यार्थीहरुले केही समयका लागि २० घण्टाभन्दा बढी समय काम गर्न पाउने भएका छन् । भूकम्पपछिको नेपालीहरुको अवस्थालाई मध्यनजर गर्दै अमेरिकी सरकारले नेपाली विद्यार्थीहरुमाथि लगाउँदै आएको बन्दैज केही खुकुलो बनाएको हो । पछिल्लो व्यवस्था अनुसार अमेरिकी सरकारले नेपाली विद्यार्थीहरुलाई...

दुवै हात नभएकी नेपाली किशोरीलाई युकेबाट सहयोग

२०७२ कार्तिक २४ गते १२:११

खोटाङ– जन्मजात दुवै हात नभएकी खोटाङकी एक किशोरीलाई अध्ययन तथा सहज जीवनयापनका लागि आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको दक्षिणी गाविस इन्द्रेणीपोखरी– ३ की १६ वर्षीया सम्झना राईलाई खोटाङ सेवा समाज युकेबाट चार लाख ६९ हजार ७६० आर्थिक सहयोग प्राप्त भएको हो ।...

साउदीमा ५० नेपालीको विचल्ली

२०७२ कार्तिक २३ गते १८:४४

साउदीअरब- रोजगारदाता कम्पनीले आवासीय अनुमति पत्र नवीकरण नगरिदिँदा साउदी अरबको एक कम्पनीमा कार्यरत ५० नेपाली कामदार विचल्लीमा परेका छन् । साउदीको दमाममा रहेको मोहम्मद अलमोजिक ग्रुप कम्पनी (एमएमजी) मा कार्यरत ती नेपाली कामदारको आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा विचल्लीमा परेका हुन् । कम्पनीले आवासीय...

मलेसियामा छोराको मृत्यु भएको ६ दिनपछि बल्ल परिवारले थाहा पाए

२०७२ कार्तिक २० गते १२:१९

अलेसिया– वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामे युवकको मृत्यु भएको छ । रोजगारीका लागि एक वर्षअघि मलेसिया पुगेका माईपोखरी–८ का १९ वर्षीय सुरेश राईको मृत्यु भएको हो । छ दिनअघि मृत्यु भए पनि परिवारले भने बिहीबार मात्रै उनको मृत्युको खबर सुनेका थिए ।...

यूएईमा मृत्युदण्ड पाएका नोपाली छुटाउन पहल सुरु

२०७२ कार्तिक २० गते १२:०७

यूएई– यूएईमा मृत्युदण्ड पाएर कारगारको जीवन बिताइरहेका दार्चुल्ला जिल्ला धारी गाविसका अम्मर बहादुर बमलाई रिहाई गराउन सुदूरपश्चिम सेवा समाज यूएईले पहल थालेको छ । समाजका महासचिव तथा देउडा गायक मान बहादुर केसीले शुक्रबार राष्ट्रपति, प्रधानमन्त्रीको सचिवालयमार्फत नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री भिम रावललाई ज्ञापन पत्र...

नाकाबन्दी विरुद्ध नेपालीले बुझाए स्वीट्जरल्याण्डको भारतीय दूतावासमा ज्ञापनपत्र

२०७२ कार्तिक १९ गते १२:१२

काठमाण्डु, १९ कात्तिक– भारतले नेपालमा लामो समयदेखि गरेको नाकाबन्दीको विरोधमा स्वीट्जरल्याण्डको राजधानी बेर्नका नेपालीहरुले प्रदर्शन गरेका छन् । ऐक्यवद्धता मञ्च स्वीटजरल्याण्ड, नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्ड र प्रवासी नेपाली मञ्च स्वीटजरल्याण्डले संयुक्तरुपमा आयोजना गरेको विरोध प्रदर्शनमा प्रवासी नेपालीहरुको सहभागीता रहेको थियो । सो क्रममा नाकाबन्दी...

प्रवासी नेपालीले गरे दाङका दुई विद्यालयमा अक्षयकोष स्थापना

२०७२ कार्तिक १९ गते ११:३९

दाङ– विदेशमा बस्दै आएका प्रवासी नेपालीले यहाँको विकट गाविस सैघाका दुई विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गरेका छन् । ताप्लेजुङ घर भई बेलायतमा बस्दै आएकी सुष्मा राईले जनता प्रावि काउलेचौर सैघामा ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् । त्यसैगरी पोखरा घर भई बेलायतको स्कटल्यान्डमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us