प्रवास

माघमै लैजाने भयो कोरियाले हजारौँ नेपाली कामदार

२०७२ पुष ९ गते १६:२२

काठमाण्डु, पुस– रोजगारी अनुमति प्रणाली इपिएस कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम सकिएको छ । इपिएस कोरिया शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार भाषा परीक्षामा उत्तीर्ण भई स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदन सकारात्मक...

साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन

२०७२ पुष ८ गते १६:०८

साउदी, ८ पुस – साउदी अरबको एक कम्पनीमा बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा रियादस्थित रहेको नेपाली दूतावासले चासो नदिएको पीडित नेपालीले गुनासो गरेका छन् । आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ । ती नेपाली कामदारले आपूmहरुको...

अमेरिकाको लालचमा फसे नेपाली

२०७२ पुष ७ गते १५:२५

काठमाण्डु– अवैधरुपमा अमेरिका जान खोजेका १६ नेपालीलाई ग्वाटेमालामा प्रहरीले पक्राउ परेका छन् । राजधानी ग्वाटेमाला सिटी बाहिर जाने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको एएफपीले जनाएको छ । उनीहरुसँगै १७ जनाबंगलादेशी नागरिक पनि पक्राउ परेका छन् ।...

अवैध रुपमा अमेरिका जान खोज्ने १६ नेपाली पक्राउ

२०७२ पुष ७ गते १४:१४

एजेन्सी, पुस– अवैध रुपमा अमेरिका जान खोज्ने १६ नेपाली ग्वाटेमालामा पक्राउ परेका छन् । एउटै समूहमा रहेका नेपालीसहित १७ बंगलादेशी पनि पक्राउ परेको ग्वाटेमालाका अधिकारीले बताएका छन् । उनीहरु बस चढेर राजधानी ग्वाटेमाला सिटी बाहिर जाने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबै...

जापानद्वारा २३ अर्ब ऋण सहायता

२०७२ पुष ६ गते १६:११

काठमाण्डु, पुस– आकस्मिक विद्यालय पुनःनिर्माण आयोजना र आकस्मिक आवास पुनःनिर्माण परियोजान कार्यान्वयनका लागि नेपाल सरकारलाई २३ अर्ब १९ करोड ऋण सहायता उपलब्ध गराउन जापान सरकार सहमत भएको छ । अर्थमन्त्री विष्णु पौडेल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष शिनिची किताओकाको उपस्थितिमा आज अर्थ...

जापानमा महजात्राको भव्य तयारी

२०७२ पुष ४ गते २०:०२

टोकियो, ४ पुस-आपतविपदमा परेका नेपालीलाई उद्धार गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले गर्न लागेको महजात्रा २०१५ का लागि सबै कलाकार टोकियो आइपुगेका छन् । पाँच करोड जापानी ऐनको कल्याणकारी कोष स्थापनाका गर्न भनेर आयोजना गरिएको महजात्रा २०१५ का कलाकार जापानमा आएका हुन् ।...

जब ‘बिधुवा महिला’ ले पकाएको खाना बहिस्कार गरियो…

२०७२ पुष ४ गते १९:१३

एजेन्सी– नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारीले रामजानकी मन्दिरमा पूजाअर्चना गरेपछि ‘अल्छिना बिधुवा आइमाइले टेकेर अपवित्र भएको मन्दिर शुद्ध पार्न’ भन्दै बिहीबार मधेसी मोर्चाका कार्यकर्ताले भुईं पानीले पहाले, जल छर्किए र क्षमापूजा गरे । उक्त संवेदनहीन घटनालाई लिएर नेपालभर चर्को विरोध भइरहेको छ । यही बीचमा...

कोरियामा कार्यरत कामदारको लगानीमा जलविद्युत् आयोजना अगाडि बढ्ने

२०७२ पुष ३ गते १६:३६

काठमाण्डु, ३ पुस – सरकारले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका नेपालीले आर्जन गरेको रकमको सदुपयोग होस भनेर जलविद्युत् आयोजना अगाडि बढाउने भएको छ । वैदेशिक रोजगारीको लागि आर्कषक गन्तव्यका रुपमा रहेको कोरियामा हाल ३० हजार बढी नेपाली कामदार कार्यरत छन् । यस्तै करिब...

‘सुरक्षित वैदेशिक रोजगार हामी सबैको सरोकार’

२०७२ पुष ३ गते १२:३५

काठमाण्डु– विदेश गएर काम गरेका व्यक्तिहरुले आफ्नो हक हितको माग तथा कामदारको पीडालाई स्मरण गर्दै विश्वभर १६औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको छ । आप्रवासी दिवसका अवसरमा श्रम तथा रोजगार मन्त्रालयले ‘सुरक्षित वैदेशिक रोजगार हामी सबैको सरोकार’ भन्ने मूल नाराका साथ आज पदयात्रा गरेको...

कसले बुझ्ने आप्रवासी कामदारको पीडा ?

२०७२ पुष २ गते १५:५६

काठमाण्डु – अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइरहँदा नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारले भोग्ने पीडामा अझै कमी आउन सकेको छैन । वैदेशिक रोजगारीमा जाँदा लागत खर्चभन्दा अत्यधिक रकम कामदारसँग असुल्ने, भने अनुसारको काम र तलब नपाउने, कठिनपूर्ण काममा लगाइने, अभिमुखीकरण तालिम नदिई प्रमाणपत्र मात्रै दिने,...

यस्ता छन्, वैदेशिक रोजगारीमा जाने महिलाका असह्य पीडा

२०७२ पुष २ गते १५:४५

काठमाण्डु, २ पुस – तीन वर्ष छ महिना लेबनानमा घरेलु कामदारको रूपमा काम गरेकी मकवानपुरकी शान्तिमाया तामाङले ११ महिनाको मात्र पारिश्रमिक पाइन् । काम गरेको पूरा पारिश्रमिक पाउनुको सट्टा उनले मानसिक र शारीरिक यातना खेप्नुप¥यो । ‘घरको आर्थिक अवस्था कमजोर थियो, दुई÷चार पैसा होला...

प्रवासीद्धारा मिर्गौलापीडित बालकलाई रकम सहयोग

२०७२ मंसिर २९ गते १६:५०

काडमाण्डु, २९ मंसिर – संयुक्त अरब इमिरेट्समा बसोबास गर्दै आएका नेपालीबाट सङ्कलित रकमको थैली धादिङका मिर्गौलापीडित बालकलाई आज हस्तान्तरण गरिएको छ । धादिङ युएई समाजले यहाँ आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष लेक योन्जन तामाङले समाजले जम्मा गरेको रु एक लाख ११ हजार २०० को...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us