साउदी अरब, १८ माघ – साउदी अरबमा कार्यरत नेपाली कामदारले अब नयाँ राहदानी (एमआरपी)का लागि आवेदन फारम भर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन् । रियादस्थित नेपाली दूतावासले दु्रत सेवामा पासपोर्ट उपलब्ध गराउन आइतबारदेखि लाइभ इनरोलमेन्ट सेवा सुरु गरेको छ । अब फारम भर्ने झन्झटिलो प्रक्रियाको...
साउदी अरब, माघ– रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् । साउदी अरबको दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार बिचल्लीमा परेका हुन् । उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक पाउन सकेका छैनन्...
काठमाण्डु, १४ माघ– चीनको सहयोगमा चक्रपथको मनोहरा, वाग्मती र बल्खु खोलामा आठ लेन ६२ मि चौडाइका चार पुल निर्माण सुरु भएको छ । बल्खुमा दुई तथा कलङ्की र बालकुमारीमा एक÷एक वटा आठ लेनको ६२ मि चौडाइको पक्की पुल निर्माण सुरु भएको हो । चीन...
साउदी अरब, १४ माघ – पछिल्लो समय नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य बनेको साउदी अरबमा दैनिक सरदर एक नेपालीको मृत्यु हुने गरेको छ । रियादस्थित नेपाली दूतावासको तथ्याङ्कअनुसार साउदीमा दैनिक औसत एक नेपालीको मृत्यु हुने गरेको देखिएको हो । दूतावासका अनुसार सन् २०१५...
जाजरकोट, ११ माघ – भेरी नदीको किनारमा एक चिनियाँ कम्पनीले सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ । जाजरकोटको खलङ्गा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा चिनियाँ कम्पनी धर्मश्री माइनले सुनखानीको सम्भाव्यता अध्ययन थालेको हो । धल्लामा चिनियाँ नागरिक सङ्पिङको नेतृत्वमा रहेको टोलीले दुई...
साउदी अरब, ८ माघ – धन कमाउने मिठो सपना बोकेर साउदी अरब छिरेका एक नेपाली स्वदेश फर्कन नपाउँदा साउदीमा अलपत्र परेका छन् । गोर्खा जिल्ला धावा गाविस–८ बालुवाटारका ५५ वर्षीय सुकबहादुर तामाङ विगत १५ वर्षदेखि स्वदेश फर्कन नपाएका हुन् । दमामस्थित अल ‘वासिति कन्ट्रयाक्टिङ’...
भक्तपुर – मध्यपुरथिमि नगरपालिकाको सहयोगमा सञ्चालित मध्यपुरथिमि नगरपालिका वडा नं ११ स्थित कोरिया–नेपाल मैत्री अस्पतालले सर्जिकल सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा ल्याएको छ । आइसियु कक्षको बिहीबार रोज क्लब अफ कोरियाका महासचिव डा पार्क च्यूल सुङ र मध्यपुरथिमि नगरपालिकाका कार्यकारी अधिकृत भूपेन्द्र सापकोटाले संयुक्त...
काठमाण्डु, माघ– ‘एक रोतन कोर्राको प्रतिक्षामा झण्डै एक महिना बित्यो तर रोतन खानुपर्ने कहिले हो थाहा छैन । आठ/दश दिनपछि हान्छ रे भनेका थिए । तोकिएको समय बितेको पनि लामै भयो । तत्कालै हानिदिए पनि पीडा कम हुन्थ्यो । म त मर्ने भए सर,...
युएई– युएई नेपालीका लागि राम्रो वैदेशिक रोजगारको गन्तव्य हो । वर्षेनी हजारौ नेपाली जाने युएईमा कतिपय अवस्थामा नेपालीको मृत्यु भइरहेको हुन्छ । यसैबीचमा युएईमा हुने आकस्मिक घटनालाई कम गर्नका लागि एनआरएन युएईले नेपाली दूतावासको सहयोगमा त्यहाँ बसेर गर्न नहुने केही बुँदाहरु तयार पारेको छ...
काठमाण्डु – जापानले नेपालको सूचना प्रबिधि तथा सञ्चार क्षेत्रमा सघाउने इच्छा व्यक्त गरेको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईसँग उनको कार्यकक्षमा आज भएको शिष्टाचार भेटमा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नेपालको आवश्यकताअनुसार सूचना प्रविधिको क्षेत्रमा सघाउन जापान तत्पर रहेको बताए । भेटमा...
काठमाण्डु – सरकारले मुलुकको हवाई सुरक्षा विश्वासिलो बनाउनका लागि अन्तर्राष्ट्रिय र घुरेलु विमानस्थल दुबैलाई बलियो बनाएर लैजाने तयारी गरेको छ । सिन्हवा समाचार समितिले आयोजना गरेको ‘नेपाल–चीनबीचको उड्डयन सहकार्यः अवसर र चुनौती” विषयक गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थलका...
कपिलवस्तु, माघ– वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक युवाको हत्या भएको छ । जिल्लाको पकडी– ९ बरही घर भएका ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको सउदी अरबको मक्कास्थित आलियाम कम्पनीमा गत पुस ३० गते हत्या भएको हो । उनलाई बङ्गलादेशी कामदारको पाँच जनाको समूहले...