प्रवास

साउदी अरबमा नेपाली राजदूतमाथि उनकै कार्यकक्षमा छुरा प्रहार

२०७३ वैशाख २ गते १९:०१

काठमाण्डु, २ वैशाख– साउदी अरबमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि उनकै कार्यकक्षमा छुरा प्रहार गरिएको छ । राजदूतावासमा शरण लिइरहेका एक नेपाली युवाले शर्मामाथि छुरा प्रहार गरेका हुन् । नाम नखुलाइएका ती व्यक्तिको छुरा प्रहारबाट घाइते शर्माको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको छ ।...

०७२ मा कतार, बहराइन, साउदीअरब, दुबई, ओमन, कुबेत र मलेसिया

२०७३ वैशाख १ गते १६:२८

  काठमाण्डु, १ वैशाख– विसं २०७२ वैदेशिक रोजगारीको क्षेत्रमा विवादास्पद वर्ष बन्यो ।   निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था, वैदेशिक रोजगार व्यवसायी सङ्घको आन्दोलन, प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग र वैदेशिक रोजगार विभागले म्यानपावर कार्यालयमा हानेको छापाका कारण वर्षभरी वैदेशिक...

अमेरिकाका नेपाली पत्रकारको नेतृत्व लिन रस्साकस्सी

२०७२ चैत ३० गते २०:५५

न्यूयोर्क (अमेरिका)– अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी महिना हुने अधिवेशनको चुनावी सरगर्मी बढेको छ ।  आगामी मे ६ र ७ तारिकमा हलिउड सहर लसएन्जलसमा हुन लागेको अधिवेशनका लागि पत्रकारहरु अहिलेदेखि नै चुनावी प्रचारमा जुटेका छन् ।  ...

भारतीयले नेपाली लुटेर उनीहरुको सपना चकनाचुर पारिदिए

२०७२ चैत २९ गते १४:३४

भीमदत्तनगर, २९ चैत– मजदुरी गरेर भारतबाट घर फर्किने क्रममा आठ दिनदेखि बेपत्ता भएका दुई नेपाली मजदुर भारतको हल्द्धानीस्थित अस्पतालमा भेटिएका छन् । बर्दियाको सानोश्रीताराताल नगरपालिका–५ का ३९ वर्षीय छविलाल बोहरा र सोही ठाउँका ४३ वर्षीय इन्द्रप्रसाद ज्ञवाली भारतको नैनीतालस्थित भोजियाघाटबाट फर्किने क्रममा बेपत्ता भएका...

अमेरिकामा बिल क्लिन्टनको कलेजमा यसरी कोरियो नेपाली विद्यार्थीको भाग्यरेखा !

२०७२ चैत २६ गते १७:५२

काठमाण्डु, २६ चैत–अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजमा स्नातक तहमा अध्ययनरत एक नेपाली विद्यार्थी पूर्वराष्ट्रपति बिल क्लिन्टनले सञ्चालन गरेको क्लिण्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । ललितपुरका २१ वर्षीय सरीफ श्रेष्ठ ग्रामीण जनताको आर्थिक स्तर सुधारमा स्थानीय जडिबुटी खेतीसम्बन्धी आफ्नो परियोजनाबारे प्रस्तुतिका...

भारतमा यौनधन्दामा लगाइएकी नेपाली युवती भागेर घर फर्केपछि…

२०७२ चैत २६ गते १२:२४

कञ्चनपुर, २६ चैत– जागिरको प्रलोभन दिएर भारतीय सहर बैङलोरमा लगेर यौनधन्दामा लगाइएकी युवती भागेर घर फर्किएकी छन् ।   दोधारा चाँदनी नगरपालिकाकी ती युवती भारतको कर्नाटक, बैङलोर, अन्तर्राष्ट्रिय बिमानस्थल, हेचल मुकेशपाली एप्पल नेस्ट १३ क्रस १४ बाट भागेर आएकी हुन् ।   दोधाराका शङ्कर...

वैदेशिक रोजगारीमा जानेलाई खुसीको खबर

२०७२ चैत २५ गते १६:०४

काठमाण्डु, २५ चैत– वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा तीनका परिवारले १७ लाख ५० हजार क्षतिपूर्ति पाउने भएका छन् । मृतकका परिवारलाई क्षतिपुर्तिस्वरुप १० लाख, शव ल्याउन तथा काजक्रियाको लागि साढे चार लाख र वैदेशिक रोजगार कल्याणकारी कोषबाट ३ लाख गरी १७ लाख ५०...

कतार सरकारले गर्यो गैैरआवासीय नेपाली संघलाई सम्मान

२०७२ चैत २३ गते १२:३५

कतार, २३ चैत– कतारको आन्तरिक मामिला मन्त्रालय, मानवअधिकार विभागले गैरआवासीय नेपाली संघ कतारलाई सम्मान गरेको छ । पुलिस कलेजका डाइरेक्टर जनरल ब्रिगेडर महम्मद अब्दुल्ला अलमुहन्नाले कतारको कानुनले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई समेटेको र पुलिस कलेज पनि मानवीय सेवाको एउटा अङ्ग रहेको विचार व्यक्त गरे ।...

एक नेपालीले भारतीय नागरिकलाई ‘रुनु न हास्नु’ पारिदिए !

२०७२ चैत २२ गते १७:२४

काठमाण्डु, २२ चैत– भारतमा अमित रानाको घरमा काम गर्ने एक नेपालीले रानाको घरमा भएको गरगहना र अहुमुल्यबस्तु चोरेर टाप कसेका छन् । राना विदेश भएका बेला उनकी श्रीमतीलाई नशालु पदार्थ खुवाई आफूलाई नेपाली बताउने शंकर नाम गरेका ती व्यक्ति मालिककै कार चढेर टाप कसेका...

तोकियो कोरीयाली भाषा परीक्षाको मिति

२०७२ चैत २२ गते १४:५१

काठमाण्डु, २२ चैत– रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत लिइने कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुनेभएको छ । श्रम तथा रोजगार मन्त्री दीपक बोहराको अध्यक्षतामा आज बसेको निर्देशक समितिकोे बैठकले सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका लागि काठमाण्डु उपत्यका र...

खाडीका छ मुलुक र मलेसिया जानेलाई खुसीको खबर

२०७२ चैत २१ गते १७:०२

काठमाण्डु, २१ चैत– खाडीका छ मुलुक र मलेसियामा वैदेशिक रोजगारीका लागि लागू गरिएको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्थाबाट पछि हट्न चलखेल भइरहेको भन्दै त्यसको विरोधमा विभिन्न सङ्घ सङ्स्था दबाबमूलक कार्यक्रममा उत्रिएका छन् । म्यानपावर सञ्चालकको प्रभावमा परी कामदारको पक्षमा रहेको निःशुल्कको निर्णयबाट सरकार पछि...

प्रवासमा बस्नेहरुसँग सहकार्य गर्दै म्याग्दी, करोडौको सम्झौता !

२०७२ चैत २१ गते १३:११

म्याग्दी, २१ चैत-जिल्ला विकास समिति म्याग्दीले प्रवासीसँगको साझेदारीमा विकास योजना सञ्चालन गर्न सुरु गरेको छ । जिल्लाको भौतिक पूर्वाधार, सामाजिक, आर्थिक विकासका लागि प्रवासीले गर्दै आएको सहयोगलाई संस्थागत र व्यवस्थित गराउन साझेदारी सुरु गरेको हो । पहिलो चरणमा इन्टरनेट सेवा विस्तारको आयोजनामा प्रवासीसँग सहकार्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us