काठमाण्डु, १० वैशाख– खाडी मुलुकका विभिन्न देशमा उडान गर्दा अब यात्रुले पहिलेको भन्दा बढी पैसा तिर्नुपर्ने भएको छ । खाडी मुलुकमा उडान भर्ने एयरलायन्स कम्पनीले भाडा बढाएपछि यात्रुले बढी पैसा तिर्नुपर्ने भएको हो । नेपाल आयल निगमले हवाइ ईन्धनको भाडा नबढाएता पनि एयरलाइन्स कक्पनीले...
चितवन, ८ वैशाख– चीन सरकारले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई उपलब्ध गराएको उपकरण आजदेखि जडान सुरु गरिएको छ । झन्डै तीन महिनाअघि चीन सरकारले करिब २४ करोड मूल्य बराबरको २७ प्रकारका विभिन्न मेडिकल उपकरण प्रदान गरेको थियो । चिनियाँ प्राविधिक टोली आउन ढिलाइ...
म्याग्दी, ८ वैशाख – म्याग्दीका सबै क्षेत्रमा इन्टरनेटको पहुँच पु¥याउने बहुचर्चित प्रोजेक्ट ‘फ्री वाइफाइ’का लागि म्याग्दी प्रवासी नेपाली सङ्घ, अन्तर्राष्ट्रिय कार्यकारी समितिले १० लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ । जिविस म्याग्दी, डिजिटल साक्षरता अभियन्ता डा महावीर पुन र मोना आइइसीको सक्रियतामा सुरु...
नवलपरासी, ५ वैशाख– नवलपरासी घर भएका एक नेपाली विद्यार्थीले भारतमा स्टार अफ एक्सेलेन्स अवार्ड पाउन सफल भएका छन् । नवलपरासीको बर्दघाट नगरपालिका–४ निवासी अभियान पौडेलले भारतमा एरोनटिक इन्जिनियरिङमा डिपार्टमेन्ट प्रथम भएर सो अवार्ड प्राप्त गर्न सफल भएका हुन् । पौडेल सत्यभामा युनिभर्सिटी,...
जापान, ३ वैशाख– आफ्नो परम्परागत कलासंस्कृतिलाई जोगाउन माहिर नेपाली समुदायले सात समुद्रपारिको मुलुक भनेर चिनिने जापानमा समेत अनौठा तर रोचक तरिकाले विविध कार्यक्रम गरी पुख्र्यौली मान्यतालाई स्मरण गराएका छन् । रोजगारी, अध्ययन तथा व्यवसायका लागि जापानमा रहेर पनि आफ्नो कला संस्कारलाई जोगाउने...
साउदी अरब, ३ वैशाख – छुरा प्रहारबाट घाइते भई अस्पताल भर्ना भएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई डिस्चार्ज गरिएको छ । छुरा प्रहारबाट मुख, काँध र औँलामा गम्भीर चोट लागेका शर्मालाई उपचारपछि बिहीबार साँझ डिस्चार्ज गरिएको दूतावासका द्वितीय सचिव विजय राउतले...
काठमाण्डु, २ वैशाख– साउदी अरबमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि उनकै कार्यकक्षमा छुरा प्रहार गरिएको छ । राजदूतावासमा शरण लिइरहेका एक नेपाली युवाले शर्मामाथि छुरा प्रहार गरेका हुन् । नाम नखुलाइएका ती व्यक्तिको छुरा प्रहारबाट घाइते शर्माको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको छ ।...
काठमाण्डु, १ वैशाख– विसं २०७२ वैदेशिक रोजगारीको क्षेत्रमा विवादास्पद वर्ष बन्यो । निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था, वैदेशिक रोजगार व्यवसायी सङ्घको आन्दोलन, प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग र वैदेशिक रोजगार विभागले म्यानपावर कार्यालयमा हानेको छापाका कारण वर्षभरी वैदेशिक...
न्यूयोर्क (अमेरिका)– अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी महिना हुने अधिवेशनको चुनावी सरगर्मी बढेको छ । आगामी मे ६ र ७ तारिकमा हलिउड सहर लसएन्जलसमा हुन लागेको अधिवेशनका लागि पत्रकारहरु अहिलेदेखि नै चुनावी प्रचारमा जुटेका छन् । ...
भीमदत्तनगर, २९ चैत– मजदुरी गरेर भारतबाट घर फर्किने क्रममा आठ दिनदेखि बेपत्ता भएका दुई नेपाली मजदुर भारतको हल्द्धानीस्थित अस्पतालमा भेटिएका छन् । बर्दियाको सानोश्रीताराताल नगरपालिका–५ का ३९ वर्षीय छविलाल बोहरा र सोही ठाउँका ४३ वर्षीय इन्द्रप्रसाद ज्ञवाली भारतको नैनीतालस्थित भोजियाघाटबाट फर्किने क्रममा बेपत्ता भएका...
काठमाण्डु, २६ चैत–अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजमा स्नातक तहमा अध्ययनरत एक नेपाली विद्यार्थी पूर्वराष्ट्रपति बिल क्लिन्टनले सञ्चालन गरेको क्लिण्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । ललितपुरका २१ वर्षीय सरीफ श्रेष्ठ ग्रामीण जनताको आर्थिक स्तर सुधारमा स्थानीय जडिबुटी खेतीसम्बन्धी आफ्नो परियोजनाबारे प्रस्तुतिका...
कञ्चनपुर, २६ चैत– जागिरको प्रलोभन दिएर भारतीय सहर बैङलोरमा लगेर यौनधन्दामा लगाइएकी युवती भागेर घर फर्किएकी छन् । दोधारा चाँदनी नगरपालिकाकी ती युवती भारतको कर्नाटक, बैङलोर, अन्तर्राष्ट्रिय बिमानस्थल, हेचल मुकेशपाली एप्पल नेस्ट १३ क्रस १४ बाट भागेर आएकी हुन् । दोधाराका शङ्कर...