क्यालिफोर्निया, २४ असार – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा हुन गइरहेको छ । नेपालमा ग्लोबल सम्मेलन हुने र अर्को वर्ष क्षेत्रीय सम्मेलनको नाममा नेपालबाहिर ग्लोबल सम्मेलनका रूपमा गर्ने गरिएको छ । योभन्दा पहिलाको क्षेत्रीय सम्मेलन जापानमा गरिएको थियो ।...
भक्तपुर, १८ असार– महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई अमेरिकी विदेश मन्त्रालयले यस वर्षको मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा शुक्रबार आयोजना भएको कार्यक्रममा उनलाई मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको प्रहरी...
काठमाण्डु, १७ असार– मलेसियाको कैद शिविर डिटेन्सन क्याम्प मा रहेका १० नेपालीको उद्धार गरी नेपालमा ल्याइएको छ । मलेसियास्थित नेपाली दूतावासद्धारा जारी विज्ञप्तिमा अवैधानिक रुपमा काम गरेको आरोपमा जेल सजाय काटिसकेपछि पनि टिकट काट्ने रकम नभएर घर फर्किन नपाएका पाँच जना र विभिन्न शिविरमा...
के तपाईको श्रीमती माईत जानुभएको छ । यात त तपाईं श्रीमान छाडेर माईत जाँदै हुनुहुन्छ । यदी त्यो हो भने, श्रीमती माईत गएकाबेला तपाई के गर्नुहुन्छ ? कतै तपाईंंकी श्रीमती माईत गएकाबेला तपाईंले गरेको गलत कामले तपाईंहरुको सम्बन्ध बिग्रेको त छैन ? यदि त्यसो...
साउदी अरब– नेपाल सरकारको भन्सार विभागले श्रावण १ गतेदेखि विदेशबाट काँचो सुनचाँदी ल्याउन प्रतिबन्ध लगाउने निर्णयप्रति प्रवाशी नेपालीहरुले आपत्ती जनाउँदै प्रधानमन्त्रीलाई खुल्ला पत्रमार्फत खारेज गर्न माग गरेका छन् । वैदेशिक रोजगारका क्रममा तथा आवासियरुपमा विदेशमा रहेका प्रवासी नेपालीहरुको संस्था नेपाली साझा मञ्चमार्फत उनीहरुले...
काठमाण्डु, १६ असार– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियाका लागि नेपालका राजदूत निरञ्जन बस्न्यातलाई फिर्ता बोलाउन माग गरेको छ । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विमल ढकालले भिएलएन, बायोमेट्रिक, माइग्राम, आइसिएसजस्ता संस्थासँग राजदूत बस्न्यातले साँठगाँठ गरी रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारलाई बढी आर्थिक भार...
काठमाण्डु, १४ असार– मलेसियामा रोजगारको सिलसिलामा गएका श्रमिकको न्युनतम पारिश्रमिकमा बृद्धी हुने भएको छ । मलेसिया सरकारले २०१६ को बजेटमार्फत पारिश्रमिक बढाएपछि त्यसको फाइदा नेपाली कामदारलाई पनि हुने भएको हो । ३ वर्षपछि मलेसियामा काम गर्ने श्रमिकको तलब बढाइएपछि अब उनीहरुले ९२० देखि एक...
एजेन्सी– नेपाल–भारत सीमामा रहेका आठ हजार भन्दा बढी सीमास्तम्भलाई स्याटालाइटद्धारा निगरानी गरिने भएको भारतीय संचार माध्यमले जनाएको छ । जसका कारण अधिकारीहरुलाई १७ हजार मिलोमिटर भन्दा लामो सीमालाई सुरक्षीत राख्न सहयोग मिल्ने भन्दै भारतीय अनलाइन न्यूज २४ लेख्छ, ‘नेपालको विदेश मन्त्रालयको तर्फबाट जारी गरिएको...
झापा, १२ असार– भूकम्पपीडितका लागि बङ्गलादेश सरकारले १० हजार मेट्रिक टन चामल सहयोग गरेको छ । भारत बङ्गलादेश सीमा नाका फूलबारी बङ्गला बन्दमा शनिबार बङ्गलादेश सरकार विपद् व्यवस्थापन तथा राहत मन्त्रालयका निर्देशक मोहमद अनिसुर रोहमानले राहत सामग्री प्रदान गरेका थिए । उक्त चामल...
काठमाण्डु, १० असार – अङ्कुर नेपाल र नेपालका लागि कोरियाली राजदूतावासको संयुक्त आयोजनामा ‘उठौँ नेपाली’ भन्ने नाराका साथ आगामी शनिबार विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । गणतन्त्र कोरियामा लामो समय काम गरेर स्वदेश फर्केका व्यक्तिले खोलेको संस्था अङ्कुर नेपालले नेपालमा पनि केही गरौँ...
काठमाण्डु, ३ असार– भूकम्प पीडितलाई जापान पठाइदिन्छु भनी ठगी गर्ने दुईजनालाई काठमाण्डु न्यूरोडबाट महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जापानी नागरिक हिरोसी मोरिकवा र काठमाण्डु महानगरपालिका–२ लाजिम्पाट बस्ने बज्र गुरुङ छन् । उनीहरुले जापानमा पासोना नामको मल्टिनेसनल कम्पनीको...
काठमाण्डु, १ असार– संयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल पनि निर्वाचित भएको छ । सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित भएको नेपालसहितका अन्य राष्ट्रहरु डिसेम्बर २०१७ सम्म कायम रहनेछ । यो चयनसँगै नेपाल महासभाको महासमितिको...