प्रवास

साउदी अरेबियाबाट आयो नेपालीका लागि दुःखद् खबर

२०७३ साउन २१ गते १३:१८

काठमाण्डु, २१ साउन– साउदी अरेबियामा काम गर्दै आएका हजारौँ नेपाली कामदार प्रभावित भएका छन् । आर्थिक समस्या चर्किए सँगै त्यहाँ धेरै नेपाली कामदारले लामो समय देखि तलब पाएका छैनन् । साथै केही नेपालीले रोजगारी नै गुमाउनु परेको त्यहास्थित नेपाली दूतावासले जनाएको छ । कच्चा...

कतारमा मृत्यु भएका चौधरी परिवारले पायो ५८ लाख

२०७३ साउन १८ गते ११:३२

चितवन,  साउन– वैदेशिक रोजगारीका सिलसिलामा कतारमा मृत्यु भएका पूर्वी चितवनका धनेश्वर चौधरीको परिवारलाई कतारस्थित काम गर्ने कम्पनीबाट पठाइएको राहत रकम हस्तान्तरण गरिएको छ । प्रजिअ विनोदप्रकाश सिंहले चौधरीकी श्रीमती विसमतीलाई राहतस्वरुप कम्पनीले पठाएको ५८ लाख आठ हजार ४६५ बराबरको चेक आज हस्तान्तरण गरे ।...

कोरियामा एक नेपालीको मृत्यु

२०७३ साउन १८ गते १०:०६

सोल– दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य छन् । यस्तै दुर्घटनामा परेर पाँचथर रानीटार–६ पौवा भन्ज्याङका ३० वर्षीय सुवास मुखिया गम्भीर घाइते भएका छन् । उनको...

जापानमा यसरी झल्किदै छ नेपालीपन

२०७३ साउन १३ गते १५:१६

टोकियो- पर्यटन प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासको विशेष सहयोग तथा गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा साउन २२ र २३ गते गर्न लागिएको नवौँ नेपाल महोत्सवको तयारी पूरा भएको छ । नेपाल–जापान सम्बन्धको ६०औँ वर्षगाँठको अवसरमा टोकियोको योयोगी पार्कमा आयोजना गरिने नेपाल महोत्सवको...

कम्पनीमा काम गर्दागर्दै दुई तल्लामाथिबाट खसेर मलेसियामा नेपालीको मृत्यु

२०७३ साउन १३ गते १२:०८

राजविराज, साउन– दश महिना अघि रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी दुवीलाल यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ । मलेसियाको हाइजोव एडिए कम्पनीमा कार्यरत यादवको सो कम्पनीमा...

मलेसीयाबाट आयो खुसीको खबर

२०७३ साउन ४ गते १९:१०

काठमाण्डु, ४ साउन– मलेसियामा बिभिन्न अभियोगमा जेल सजाय भोगेका १६ जना नेपालीहरु मंगलबार स्वदेश फर्किएका छन् । मलेसियामा अवैध तरिकाले काम गरेको आरोपमा जेल सजाय पाएका ती नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासको पहलमा नेपाल पर्काइएको हो । दूतावासले निःशुल्क टिकटको व्यवस्था उनीहरुलाई नेपाल एयर लाइन्सको...

नेपाल सरकारको कमजोरीको फाइदा उठाउँदै मलेसियाले नेपाली कामदारबाट १० हजारबढी रकम असुल्छ

२०७३ असार २७ गते १६:३७

काठमाण्डु, २७ असार – बिचौलियाको चलखेल र सरकारी उदासीनताका कारण मलेसिया जाने नेपाली कामदारले प्रतिव्यक्ति झन्डै १० हजार रुपैयाँ बढी शुल्क तिर्न परिरहेकोे छ । भिएलएन नेपाल, बायोमेट्रिक, माईग्राम, आइसिएसजस्ता संस्थामार्फत कामदारमाथि थप आर्थिक भार थोपरिरहे पनि यो मामिला हेर्ने निकाय श्रम तथा रोजगार...

कतारमा एक नेपालीको मृत्यु

२०७३ असार २७ गते १३:४१

राजविराज, २७ असार– रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ । मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले आज बताएका छन् । चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए...

अमेरिकामा नेतृत्व विकास कार्यक्रमका लागि नेपाली महिला जाँदै

२०७३ असार २७ गते १२:१०

पोखरा– महिला सशक्तीकरण नेपालको पहल एवम् विमेन विङको आयोजना तथा संयुक्त राज्य अमेरिका सरकारको सहयोगमा थ्री सिस्टर एड्भेन्चर ट्रेकिङका १० जना नेपाली महिला संयुक्त राज्य अमेरिकाको सन्फ्रान्सिकोमा नेतृत्व विकास कार्यक्रममा सहभागी हुनेभएका छन् ।   विमेन विङ संस्थाको संयोजनमा महिला सशक्तीकरण नेपाल र अमेरिकी...

पर्वतका मात्रै २३ हजार युवा विदेशमा छन्

२०७३ असार २७ गते ११:२२

पर्वत, २७ असार – पर्वतका करिब २३ हजार युवायुवती वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा रहेका छन् । भारतबाहेक नेपाल सरकारबाट स्वीकृत प्राप्त राष्ट्रमा जाने युवायुवतीको सङ्ख्या २२ हजार ७०० पुगेका छन् । जसमध्ये १९ हजार पुरुष र तीन हजार ७०० महिला रहेका छन् ।...

कतारमा एक नेपालीको मृत्यु

२०७३ असार २७ गते ९:०३

राजविराज, २७ असार – रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ । मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले बताएका छन् । चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए...

एनआरएनएको नवौँ क्षेत्रीय सम्मेलन न्युजर्सीमा

२०७३ असार २४ गते १२:१७

क्यालिफोर्निया, २४ असार – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा हुन गइरहेको छ । नेपालमा ग्लोबल सम्मेलन हुने र अर्को वर्ष क्षेत्रीय सम्मेलनको नाममा नेपालबाहिर ग्लोबल सम्मेलनका रूपमा गर्ने गरिएको छ । योभन्दा पहिलाको क्षेत्रीय सम्मेलन जापानमा गरिएको थियो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us