प्रवास

मलेसिया जाने कामदारमाथि भइरहेको आर्थिक शोषण रोक्न माग

२०७३ भदौ २८ गते १९:०६

काठमाण्डु, भदौ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य रोक्न माग गरेको छ । सङ्घका अध्यक्ष विमल ढाकालले आज विज्ञप्ति जारी गर्दै बायोमेट्रिक, माइग्राम, भिएलएन, ओएससीलगायतका नाममा कामदारमाथि वार्षिक करिब एक...

४ महिनादेखि दुबईमा नेपालीको बिजोग, कता छ सरकार ? (तस्बिरसहित)

२०७३ भदौ २२ गते १६:१२

दुबई–  ११ महिनाअघि दुबईको सेक्यूरीटी लागि भन्दै लगिएका ३० नेपालीको बिचल्ली भएको छ । नेपालस्थित हिमारब ओभरसिज र एन.सी.एफ. मेनपावरबाट लगिएका नेपाली सेक्यूरिटी गार्डलाई सम्झौता बमोजिक तलब नदिएपछि उनीहरुको बिजोग भएको हो । २६ दिन १२ घण्टाको १७८१ दिराम र ३० दिन काम गरेमा...

मकाउमा संगठित भए सुदूरपश्चिमेली

२०७३ भदौ ८ गते ११:४५

मकाउ– चीनको विशेष आर्थिक क्षेत्र मकाउमा विभिन्न पेशा तथा व्यवसायमा कार्यरत सुदूरपश्चिमका नेपाली संगठित भएका छन् । शनिबार भएको सुदूरपश्चिमेलीहरुको भेलाले पदमसिंह पन्तको अध्यक्षतामा १५ सदस्यीय सुदूरपश्चिमेली सेवा समाजको कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा देवी चन्द ,कोषाध्यक्षमा प्रकाश चन्द ,सह–कोषाध्यक्षमा केशव...

आफ्नो टोलनै खरानी भएपछि जुटे पोर्चुगल बस्ने नेपाली

२०७३ भदौ ३ गते १५:२७

स्याङजा ३ भदौ–स्याङ्जाको पेलाकोट गाविसस्थित चोकका अग्निपीडितलाई स्याङ्जा सहयोग समाज पोर्चुगलले राहत रकम प्रदान गरेको छ । आगलागीबाट पीडित बनेका सो स्थानका १९ घर परिवारलाई बिहीबार एक कार्यक्रमबीच समाजले सहयोगस्वरुप ५० हजार रुपैयाँ राहत रकम प्रदान गरेको हो । समाजका अध्यक्ष दामोदर सुवेदीसहितको एक...

अब नेपाल एयरलाइन्सले काठमाण्डु–दुबई उडान भर्ने

२०७३ भदौ १ गते १५:४५

काठमाण्डु, १ भदौ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले बन्द भएको करिब चार वर्षपछि काठमाण्डु–दुबई उडान पुनः बिहीबारदेखि नियमित गर्दैछ । काठमाण्डु– दुबई सीधा उडानका लागि सबै तयारी पूरा भएको निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले जानकारी दिए । उनका अनुसार १५८ सिट...

‘विदेशमा अलपत्र भएकालाई फर्कने प्रबन्ध मिलाऊ’

२०७३ साउन २६ गते १४:४१

काठमाण्डु– व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले साउदी अरबमा देखापरेको आर्थिक मन्दिले रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारलाई स्वदेश फिर्ताको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले रोजगारी गुमाएर अलपत्र परेको त्यस्ता कामदारलाई समन्वय गरेर फिर्ता ल्याउन परराष्ट्र र श्रम तथा...

साउदी अरेबियाबाट आयो नेपालीका लागि दुःखद् खबर

२०७३ साउन २१ गते १३:१८

काठमाण्डु, २१ साउन– साउदी अरेबियामा काम गर्दै आएका हजारौँ नेपाली कामदार प्रभावित भएका छन् । आर्थिक समस्या चर्किए सँगै त्यहाँ धेरै नेपाली कामदारले लामो समय देखि तलब पाएका छैनन् । साथै केही नेपालीले रोजगारी नै गुमाउनु परेको त्यहास्थित नेपाली दूतावासले जनाएको छ । कच्चा...

कतारमा मृत्यु भएका चौधरी परिवारले पायो ५८ लाख

२०७३ साउन १८ गते ११:३२

चितवन,  साउन– वैदेशिक रोजगारीका सिलसिलामा कतारमा मृत्यु भएका पूर्वी चितवनका धनेश्वर चौधरीको परिवारलाई कतारस्थित काम गर्ने कम्पनीबाट पठाइएको राहत रकम हस्तान्तरण गरिएको छ । प्रजिअ विनोदप्रकाश सिंहले चौधरीकी श्रीमती विसमतीलाई राहतस्वरुप कम्पनीले पठाएको ५८ लाख आठ हजार ४६५ बराबरको चेक आज हस्तान्तरण गरे ।...

कोरियामा एक नेपालीको मृत्यु

२०७३ साउन १८ गते १०:०६

सोल– दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य छन् । यस्तै दुर्घटनामा परेर पाँचथर रानीटार–६ पौवा भन्ज्याङका ३० वर्षीय सुवास मुखिया गम्भीर घाइते भएका छन् । उनको...

जापानमा यसरी झल्किदै छ नेपालीपन

२०७३ साउन १३ गते १५:१६

टोकियो- पर्यटन प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासको विशेष सहयोग तथा गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा साउन २२ र २३ गते गर्न लागिएको नवौँ नेपाल महोत्सवको तयारी पूरा भएको छ । नेपाल–जापान सम्बन्धको ६०औँ वर्षगाँठको अवसरमा टोकियोको योयोगी पार्कमा आयोजना गरिने नेपाल महोत्सवको...

कम्पनीमा काम गर्दागर्दै दुई तल्लामाथिबाट खसेर मलेसियामा नेपालीको मृत्यु

२०७३ साउन १३ गते १२:०८

राजविराज, साउन– दश महिना अघि रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी दुवीलाल यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ । मलेसियाको हाइजोव एडिए कम्पनीमा कार्यरत यादवको सो कम्पनीमा...

मलेसीयाबाट आयो खुसीको खबर

२०७३ साउन ४ गते १९:१०

काठमाण्डु, ४ साउन– मलेसियामा बिभिन्न अभियोगमा जेल सजाय भोगेका १६ जना नेपालीहरु मंगलबार स्वदेश फर्किएका छन् । मलेसियामा अवैध तरिकाले काम गरेको आरोपमा जेल सजाय पाएका ती नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासको पहलमा नेपाल पर्काइएको हो । दूतावासले निःशुल्क टिकटको व्यवस्था उनीहरुलाई नेपाल एयर लाइन्सको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us