प्रवास

राप्रपा महाधिवेशनमा चीनबाट समेत प्रतिनिधि आउने

२०७३ फागुन ४ गते १३:०८

काठमाण्डु, ४ फागुन– राप्रपाको एकता अधिवेशनका लागि चीनबाट समेत प्रतिनिधि आउने भएका छन् । आगामी ६ देखि ९ फागुनसम्म राजधानीमा हुने राप्रपाको एकता महाधिवेवशनमा चीनको विशेष व्यापारिक क्षेत्र मकाउबाट मोहनसिंह पन्त प्रतिनिधिका रुपमा आउने भएका हुन् ।  धनगढीका स्थायी बासिन्दा पन्त झण्डै एक दशकयता...

अष्ट्रेलियाको समुद्रमा डुबेर दुई नेपाली विद्यार्थीको मृत्यु

२०७३ फागुन ३ गते १२:१५

काठमाण्डु, ३ फागुन–अष्ट्रेलियाको समुद्रमा डुबेर दुई नेपाली विद्यार्थीको मृत्यु अष्ट्रेलियाको सिड्नीस्थित समुद्रमा दुई नेपालीको डुबेर मृत्यु भएको छ । ती मध्य युवतीको शव प्रहरीले फेला पारेको छ । सोमबार साथीहरुसँग घुम्न गएका बेला काठमाण्डु निवासी सृष्टी भण्डारी र झापाका सुदीप उप्रेती बेपत्ता भएका हुन्...

बेल्जियमका विदेशमन्त्री र परराष्ट्रमन्त्री डा महतबीच भेटवार्ता

२०७३ फागुन ३ गते १०:१७

काठमाण्डु, ३ फागुन–बेल्जियमका भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र बेल्जियमका उपप्रधान एव्म विदेशमन्त्री दिदर रेन्डर्स्बीच आज ब्रसेल्समा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको सम्बन्ध र आपसीहितका बिषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका अवसरमा उनीहरुबीच विकास सहयोग, व्यापार, लगानी...

नेपाली दुतावासले सहयोग नगरेको पीडितको गुनासो

२०७३ फागुन २ गते १५:२०

काठमाण्डु, २ फागुन– सन् २०१६ मे १९ मा अमेरिकाको टेक्सासमा रुसल श्रेष्ठको दुर्घटनामा परी दुखद निधन भयो । त्यस्तै जुलाई १ मा नेपाली वैज्ञानिक किरण लामिछानेको कार दुर्घटनामा परी डलासमा निधन भयो । त्यसैगरी अमेरिकाको ओक्लाहोमा नर्सिङ पढ्दै गरेकी १९ वर्षीया निशा कार्कीको हृदयघातका...

विदेशमा कमाएको पैसाले घरजग्गा जोड्नुभन्दा लगानी गर्नुः नेता पौडेल

२०७३ माघ २९ गते १२:४४

काठमाण्डु, २९ माघ–रुनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विदेशमा कमाएको पैसाले घरजग्गा जोड्नुभन्दा लगानी गर्नु पर्नेमा जोड दिएका छन्। डेनमार्क्स्थित नेपाली दूताबासले शुक्रबार साँझ आयोजना गरेको रिसेप्सन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले थोरै-थोरै पैसा जम्मा गर्दै पुँजीमा जोड्न सकेमा मुलुकलाई समेत फाइदा हुने बताए।...

मलेसियामा एक नेपालीको मृत्य

२०७३ माघ २८ गते १६:३३

राजविराज, २८ माघ– वैदेशीक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ । बेलीचपेना–३ घर भएका २४ वर्षीय मण्डल रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका थिए । मलेसियाको पेनाङस्थित ग्लोबल ‘फर सक्सेस फुड’ कम्पनीमा मण्डल कार्यरत थिए । उनको...

पपुवा न्यूगिनीमा शरणार्थी बन्न खोजिरहेका नेपालीसहित ६० जनालाई देश निकाला

२०७३ माघ २५ गते ११:३८

काठमाण्डु, २५ माघ–पपुवा न्यूगिनीले शरणार्थी बन्न खोजिरहेका नेपालीसहित ६० जनालाई देश निकाला गर्ने भएको छ । देशनिकाला हुन लागेकाहरु मध्ये धेरै इरानका छन् । यसबाहेक नेपाल, इराक, पाकिस्तान, सोमालिया, भारत, सुडान, भियतनाम र बंगलादेशका नागरिक छन् । मानुसस्थित अष्ट्रेलियन शिविरमा आश्रय लिइरहेका उनीहरुलाई देश...

हिमान्चलमा अदालती आदेशपछि नेपालीहरु स्थायी

२०७३ माघ २४ गते १७:५३

काठमाण्डु, २४ माघ–भारतको हिमान्चल राज्यअन्तर्गत सडक बिभागमा कार्यरत नेपाली मुलका ज्यालादारी कामदारलाई उनीहरुको कार्याअवधी र कार्य नियमावलीअनुसार तत्काल स्थायी गर्ने प्रकृया थाल्न उच्च न्यायालयले आदेश दिएको छ । बढीमा ८ बर्षदेखि सडक बिभागमा कार्यरत रहेका ज्यालादारी श्रमिकका हकमा हालै न्यायालयले दिएको आदेशबाट तत्काल ५...

मोबाइलमा अश्लिल सामाग्री राखेको आरोपमा मलेसियामा एक नेपालीलाई जेल सजाय

२०७३ माघ २४ गते १६:५२

काठमाण्डु, २४ माघ–मोबाइलमा अश्लिल सामाग्री राखेको आरोपमा मलेसियामा एक नेपालीलाई एक वर्ष जेल सजाय सुनाइएको छ । २९ वर्षीय भेटलबहादुर बमलाई उक्त सजाय सुनाएको हो । क्लिनरका रुपमा काम गर्ने उनीमाथि मोबाइलमा ५ अश्लिल सामाग्री राखेको आरोप छ । उनले आफूमाथि  लागेको आरोप स्वीकार...

लाप्राक पुननिर्माणका लागि अष्ट्रेलियाको ५० लाख सहयोग

२०७३ माघ २३ गते १३:०६

काठमाण्डु, २३ माघ-भूकम्पबाट तहसनहस भएको गोर्खाको लाप्राक बस्ती पुननिर्माणका लागि गैरआवासीय नेपालीहरुले ६१ हजार अष्ट्रेलियन डलर (५० लाख रुपैयाँ) सहयोग गरेका छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको पहिलो राष्ट्रिय उद्यमी सम्मेलनमा रकम सहयोग गरिएको हो । आइतबार मध्यान्ह सिड्नीमा आयोजित सम्मेलनमा गैरआवासीय नेपाली संघ...

नेपाल र अष्ट्रेलियावीच हवाई सम्झौता गर्ने तयारी

२०७३ माघ २० गते ११:४१

काठमाण्डु २० माघ–नेपाल र अष्ट्रेलियावीच हवाई सम्झौता गर्ने तयारी भइरहेको छ । नेपाल वायुसेवा निगमले अष्ट्रेलियामा उडान गर्ने तयारी गरिरहेका बेला पर्यटन मन्त्रालयले अष्ट्रेलियासँग सम्झौताको तयारी गरेको हो । पर्यटन मन्त्रालयले सातामा १४ वटा उडानका लागि हवाई सम्झौता गर्न अष्ट्रेलिया सरकारलाई पत्र लेखिसकेको छ...

मलेसियामा छुरा प्रहारबाट साथीको हत्या

२०७३ माघ १९ गते १०:५०

काठमाण्डु, १९ माघ–रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ । जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । छ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us