टोकियो, ११ बैशाख – भूकम्प पीडित र अति विपन्न तीन छुट्टा छुट्टै समुदायका लागि एकीकृत नमुना बस्ती बनाएर नेपालमा प्रशंसा बटुलेका हाँस्य कलाकार जोडी धुर्मुस-सुन्तलीलाई जापानमा अभिनन्दन गरिने भएको छ । कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई यही अप्रिल ३० तारिखका...
टेक्सस, ११ बैशाख – अमेरिकाको छुट्टाछुट्टै दुर्घटनामा दुई नेपाली युवाको मृत्यु भएको छ । गत साता क्यालिफोर्नियामा सडक दुर्घटनामा परी एक युवाको मृत्यु भएको चार दिन नबित्दै शनिबार मिनिसोटामा अर्का नेपाली विद्यार्थीको नदीमा डुबेर मृत्यु भएको छ । उत्तरी राज्य मिनिसोटाको साउथवेस्ट मिनिसोटा स्टेट...
झल्ला, २८ चैत – दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न गएका एक नेपाली कामदारको सुतेकै अवस्थामा सोमबार बिहान अचानक मृत्यु भएको नेपाली राजदूताबासले जनाएको छ । झल्ला नाम्दो ह्वासुनस्थित एक फलाम सम्बन्धी कम्पनीमा काम गर्दै आएका सुनसरीका चुडाराज आलेको निधन भएको श्रम सहचारी देवराज ढकालले...
साउदी, २७ चैत – हालै ९० दिनको समयसिमा तोकी साउदी सरकारले अवैध रूपले लुकीछिपी रहेका आप्रवासी कामदारहरूलाई आ-आफ्नो देश फर्कने अन्तिम मौका प्रादान गरेको छ । यो अवसरलाई गुमाउने कामदारहरूलाई भारी जरिवाना तिर्नुपर्ने कडा नीति साउदी सरकारले लिएको छ । खस्कंदो आर्थिक अवस्थाका कारण...
न्यूयोर्क, २७ चैत – अमेरिकाको नर्थ क्यारोलिनास्थित भुटानी शरणार्थीको ग्रोसरी स्टोरमा नश्लभेदी आक्रमण भएको छ । गत बिहीबार अपरिचित केही व्यक्तिहरुको समूहले सो स्टोरमा आगजनी प्रयास गरेको हो । चार्लोट्टे शहरस्थित भारतीयहरुको बाहुल्य रहेको क्षेत्रमा अवस्थित स्टोरमा आक्रमण गर्नेहरुले ‘ह्वाइट अमेरिका’ लेखिएको नोट छाडेका...
न्यूयोर्क, २३ चैत – पछिल्लो समय अमेरिकामा कति नेपालीहरू बसोबास गरिरहेका छन् भन्ने तथ्यांकको अभाव भइरहँदा ३ लाख १५ हजार ९ सय ८० रहेको तथ्यांक सार्वजनिक भएको छ । साउथ एसियन सिसोर्स सेन्टर (सार्सिया) र सेतोपाटी ग्लोवलले संयुक्त रुपमा गरेको तथ्यांक संकलन तथा विश्लेषको...
काठमाण्डु, २१ चैत – धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्तीलाई हस्तान्तरणको १० दिन बांकि रहदा अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरुको एक संस्थाले २ करोड १० लाख रुपैया सहयोग गरेको छ । धुर्मुस सुन्तलीको बस्ती निर्माणका लागि रकम अभाव...
कञ्चनपुर, ९ चैत– भारतीय सीमा सुरक्षाबल एसएसबीको गोली लागेर निधन भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमका परिवारलाई चीनको विशेष आर्थिक क्षेत्र मकाउबाट आर्थिक सहयोग प्राप्त भएको छ । मकाउमा रहेका विभिन्न नेपाली संघसंस्थाले सहिद गौतमका आश्रित परिवारलाई ४० हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।...
काठमाण्डु, ९ चैत – नेपालका लागि अष्ट्रेलियन राजदूतमा पिटर बड नियुक्त भएका छन् । हालका राजदूत ग्लेन ह्वाइटको कार्यकाल सकिनुभन्दा ९ महिना अघि नै पिटर बडलाई नेपालका लागि नयाँ राजदूत तोकिएको हो । अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशपले विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएकी छन्...
काठमाण्डु, ७ चैत, साउदी अरव सरकारले गैरकानुनी कामदारलाई ९० दिनको आममाफीको घोषणा सुनाएको छ । गैरकानुनी रुपमा अर्को कम्पनीमा काम गरिरहेका, कम्पनीको भिसा नलगाई राखेका, कम्पनी बन्द भई स्वदेश फर्कन नपाएका कामदारलाई आममाफीको घोषणा गरेको हो । निर्णयबाट ठुलो संख्यामा अवैधानिक रुपमा बसिरहेका नेपाली...
क्लाललम्पुर-परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीहरुले विभिन्न देशमा आर्जन गरेको सीप, प्रविधि र पुँजी नेपालको विकासका लागि ठूलो सम्पत्ति भएको बताएका छन् । त्यस्तो सीप र पुँजी अब नेपालको विकासमा लगाउने बेला आएको उनले बताए । मलेसियाको क्लाललम्पुरमा आयोजित गैरआवासीय नेपाली संघको एसिया प्रशान्त...
नयाँ दिल्ली, २ चैत्र-भारतीय जनता पार्टीका राष्ट्रिय सचिव सिद्धार्थ नाथ सिंहले नेपालको चुनावमा सबै दललाई मिलाएर लैजान सुझाव दिएका छन्। नयाँ दिल्लीस्थित भाजपा केन्द्रिय कार्यालयमा पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा सचिव सिंहले यस्तो बताएका हुन्। उनले भने,‘नेपालमा पछिल्लो समय सबैलाई समेट्नेगरि भैरहेको प्रयास...