प्रवास

दार्जिलिङमा सेना परिचालनः गोर्खा जनमुक्ति मोर्चाको आन्दोलन अग्र बन्दै

२०७४ जेठ २६ गते ११:२७

काठमाण्डु, २६ जेठ – पश्चिम बंगाल राज्य सरकारले स्थिति थप तनावपूर्ण हुन नदिन दार्जिलिङमा सेना परिचालन गरेको छ । तनावग्रस्त दार्जिलिङको अवस्थालाई मध्यनजर गरी एक टुकडी सेना परिचालन गरिएको दार्जिलिङ पुलिसले जनाएको छ । गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच बिहीबार दिनभर झडप भएको...

कतारमा रहेका नेपाली श्रमिकबारे अन्यौल सिर्जना

२०७४ जेठ २३ गते १०:२६

काठमाण्डु, २३ जेठ – ७ वटा राष्ट्रले कतारसंगको कुटनैतिक सम्बन्ध तोडेपछि त्यहाँ रहेका नेपाली श्रमिकबारे अन्यौल बढेको छ । विकसित पछिल्लो घटनाक्रमसंगै हजारौं नेपाली दुतावासको सम्पर्कमा पुगिरहेको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बताउए । झण्डै ४ लाख नेपाली रोजगारीका लागि कतारमा रहेकाले छिमेकी मुलुकको...

कतारमा एक नेपालीको मृत्यु

२०७४ जेठ ७ गते १५:५०

काठमाण्डु, ७ जेठ – कतारमा एकजना नेपालीको ज्यान गएको छ । काभ्रेको पनौती नगरपालिका सुब्बा गाउँ ढलमलेका ईश्वर केसीको गएराती मृत्यु भएको काभ्रे सम्पर्क समितिका अध्यक्ष नन्दप्रसाद ढुङ्गानाले जानकारी दिए । उनी ९ वर्षदेखि कतारको कर्वा कम्पनीमा कार्यरत थिए । मृत्युको कारण खुल्न सकेको...

कतारमा निर्माणाधिन भवन भत्किंदा नेपालीसहित तीन कामदारको मृत्यु

२०७४ जेठ ३ गते १५:३७

काठमाण्डु, ३ जेठ – कतारमा निर्माणाधिन भवन भत्किंदा नेपाली सहितका तीन जना कामदारको मृत्यु भएको छ । दोहाबाट झण्डै १५ किलोमिटर उत्तरको उम्सलाल अलिमा रहेको सेनाको भवन मंगलबार राती भत्किंदा नेपाली सहित तीन जनाको ज्यान गएको कतारको रक्षा मन्त्रालयले वक्तव्य मार्फत जानकारी गराएको हो...

परराष्ट्रमन्त्री महत र सिगापुरका विदेशमन्त्रीबीच भेटवार्ता, के-के विषयमा भए सहमति ?

२०७४ वैशाख २१ गते १६:४७

काठमाण्डु, २१ वैशाख – परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत र सिंगापुरका विदेश एवम् मानव संशाधन विकास मन्त्री जोसेफिन तेओबीच विहीबार सिंगापुरमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा सिंगापुर र नेपालको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । दुई देशबीचको...

जापानमा ‘धुर्मुस सुन्तली साँझ २०१७’ हुने, फाउन्डेसनलाई आर्थिक सहयोग

२०७४ वैशाख ११ गते १३:३७

टोकियो, ११ बैशाख – भूकम्प पीडित र अति विपन्न तीन छुट्टा छुट्टै समुदायका लागि एकीकृत नमुना बस्ती बनाएर नेपालमा प्रशंसा बटुलेका हाँस्य कलाकार जोडी धुर्मुस-सुन्तलीलाई जापानमा अभिनन्दन गरिने भएको छ । कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई यही अप्रिल ३० तारिखका...

अमेरिकामा दुई नेपाली विद्यार्थीको दुर्घटनामा मृत्यु

२०७४ वैशाख ११ गते ११:३७

टेक्सस, ११ बैशाख – अमेरिकाको छुट्टाछुट्टै दुर्घटनामा दुई नेपाली युवाको मृत्यु भएको छ । गत साता क्यालिफोर्नियामा सडक दुर्घटनामा परी एक युवाको मृत्यु भएको चार दिन नबित्दै शनिबार मिनिसोटामा अर्का नेपाली विद्यार्थीको नदीमा डुबेर मृत्यु भएको छ । उत्तरी राज्य मिनिसोटाको साउथवेस्ट मिनिसोटा स्टेट...

दक्षिण कोरियामा नेपाली कामदार मृत फेला

२०७३ चैत २८ गते १३:०६

झल्ला, २८ चैत – दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न गएका एक नेपाली कामदारको सुतेकै अवस्थामा सोमबार बिहान अचानक मृत्यु भएको नेपाली राजदूताबासले जनाएको छ । झल्ला नाम्दो ह्वासुनस्थित एक फलाम सम्बन्धी कम्पनीमा काम गर्दै आएका सुनसरीका चुडाराज आलेको निधन भएको श्रम सहचारी देवराज ढकालले...

आममाफीको फाइदा लिन नेपालीलाई कन्सुलेटको आग्रह

२०७३ चैत २७ गते १३:१९

साउदी, २७ चैत – हालै ९० दिनको समयसिमा तोकी साउदी सरकारले अवैध रूपले लुकीछिपी रहेका आप्रवासी कामदारहरूलाई आ-आफ्नो देश फर्कने अन्तिम मौका प्रादान गरेको छ । यो अवसरलाई गुमाउने कामदारहरूलाई भारी जरिवाना तिर्नुपर्ने कडा नीति साउदी सरकारले लिएको छ । खस्कंदो आर्थिक अवस्थाका कारण...

अमेरिकामा नेपालबाट गएका भुटानी शरणार्थीको स्टोरमा आक्रमण

२०७३ चैत २७ गते १३:०९

न्यूयोर्क, २७ चैत – अमेरिकाको नर्थ क्यारोलिनास्थित भुटानी शरणार्थीको ग्रोसरी स्टोरमा नश्लभेदी आक्रमण भएको छ । गत बिहीबार अपरिचित केही व्यक्तिहरुको समूहले सो स्टोरमा आगजनी प्रयास गरेको हो । चार्लोट्टे शहरस्थित भारतीयहरुको बाहुल्य रहेको क्षेत्रमा अवस्थित स्टोरमा आक्रमण गर्नेहरुले ‘ह्वाइट अमेरिका’ लेखिएको नोट छाडेका...

अमेरिकामा ४८ हजार नेपाली अवैधानिक, यस्तो छ तथ्यांक

२०७३ चैत २३ गते १३:५६

न्यूयोर्क, २३ चैत – पछिल्लो समय अमेरिकामा कति नेपालीहरू बसोबास गरिरहेका छन् भन्ने तथ्यांकको अभाव भइरहँदा ३ लाख १५ हजार ९ सय ८० रहेको तथ्यांक सार्वजनिक भएको छ । साउथ एसियन सिसोर्स सेन्टर (सार्सिया) र सेतोपाटी ग्लोवलले संयुक्त रुपमा गरेको तथ्यांक संकलन तथा विश्लेषको...

अमेरिकाबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई २ करोड सहयोग

२०७३ चैत २१ गते १३:१९

काठमाण्डु, २१ चैत – धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्तीलाई हस्तान्तरणको १० दिन बांकि रहदा अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरुको एक संस्थाले २ करोड १० लाख रुपैया सहयोग गरेको छ । धुर्मुस सुन्तलीको बस्ती निर्माणका लागि रकम अभाव...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us