प्रवास

जापानी सम्राट्समक्ष राजदूत राणाले लिइन् ओहोदाको प्रमाणपत्र

२०७४ असार १० गते १२:०४

काठमाण्डु, १० असार – जापानका लागि नवनियुक्त राजदूत प्रतिभा राणाले जापानी सम्राट् अकिहितो समक्ष शुक्रबार ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन् । सो अवसरमा नेपाल जापानको सम्बन्ध अझ नजिक बनाउन हुन सक्ने थप प्रयासबारे दुवै पक्षबीच छलफल भएको उपनियोग प्रमुख कृणचन्द्र अर्यालले जानकारी दिए ।...

नेपाली विद्यार्थीका लागि दुःखद खबर, १२ घण्टाभित्र दार्जिलिङ छोड्न निर्देशन

२०७४ असार ८ गते ११:०३

काठमाण्डु, ८ असार – बंगाली भाषा पढ्न अनिवार्य गरिएको विरोधमा उठेको आन्दोलन गोर्खाल्यान्ड राज्यको स्थापनाको एकमात्र मागमा केन्द्रित भएर अनिश्चितकालीन बन्द जारी रहँदा गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो घर फर्कन शुक्रबार १२ घण्टाको समय दिएको छ । हिमालय दर्पणका अनुसार शुक्रबार बिहान...

साउदी अरबमा ग्याँस चुहेर दुई नेपालीको मृत्यु

२०७४ असार ७ गते १५:३९

काठमाण्डु, ७ असार – साउदी अरबको जुवेलस्थित एक ग्याँस प्लान्टको बिषाक्त ग्याँस नष्ट गर्नेक्रममा दुई नेपाली कामदारको ज्यान गएको छ । साउदीको ग्लोबल इन्भारोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ वर्षीय वालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको...

साउदी अरब पुगेका १७ युवा अलपत्र, सञ्चालक फरार

२०७४ असार ७ गते १०:५३

काठमाण्डु, ७ असार – केही दिनअघि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका उदयपुरका १७ युवा अलपत्र परेका छन् । काठमाण्डुको सिनामंगलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको गाईघाटस्थित शाखाका सञ्चालक नेत्र लिम्बू र रेश्मा लिम्बूमार्फत तीन साताअघि साउदी अरब पुगेका १७ जना युवा अहिले बिचल्लीमा...

गोर्खा जनमुक्ति मोर्चाद्वारा बेनर्जीसँग वार्ता गर्न अस्वीकार

२०७४ असार ४ गते ११:१७

दार्जीलिङ, ४ असार – दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले पश्चिम बंगाल सरकारसँग वार्ता गर्न अस्वीकार गरेको छ । उसले अब भारतीय जनता पार्टी नेतृत्वको केन्द्र सरकारसँग भने वार्ता गर्न सकिने बताएको छ । गोर्खाल्याण्ड राज्यको माग गर्दै आन्दोलन चर्किएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले...

नेपाली सेनाको टोलीमाथी कंगोमा विद्रोही फौजद्धारा आक्रमण, ५ जनाको मृत्यु

२०७४ असार ४ गते १०:३५

काठमाण्डु, ४ असार – अफ्रिकी मुलुक कंगोमा गस्तीमा रहेको नेपाली सेनाको टोलीमाथी विद्रोही समुहले आक्रमण गरेको छ । कंगोमा लामो समयदेखी आतंक मचाइरहेको नेगेटिभ फोर्स (माई माई) भन्ने विद्रोही समुहले सेनाको गस्ती टोलीमाथी आक्रमण गरेपछि सेनाले जवाफी हमला गर्दा ५ जना विद्रोहीको मृत्यु भएको...

दार्जिलिङमा प्रहरीको गोली लागेर गोर्खा जनमुक्ति मोर्चाका दुई कार्यकर्ताको मृत्यु

२०७४ असार ३ गते १४:४३

काठमाण्डु, ३ असार – दार्जिलिङमा प्रहरीको गोली लागि गोर्खा जनमुक्ति मोर्चाका दुई कार्यकर्ताको मृत्यु भएको छ । दार्जिलिङको सिंहमारीमा प्रहरी र मोर्चा कार्यकर्ताबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो । उता घुम भञ्ज्याङमा पनि प्रहरीले गोली चलाएको छ । त्यहाँ...

इदको अवसरमा युएईमा दुई दिन सार्वजनिक विदा, रकम नकाटिने

२०७४ असार ३ गते १४:३३

काठमाण्डु, ३ असार – युएईमा इदको अवसरमा दुई दिन सार्वजनिक विदा हुने भएको छ । युएईको निजी क्षेत्रमा कार्यरत कामदारले इदको अवसरमा पाउने दुई दिनको छुट्टी बापतको रकम पनि पाउने छन् । इदको पहिलो र दोस्रो दिन युएईका सम्पूर्ण निजी क्षेत्रले आफ्ना कामदारलाई छुट्टी...

कतारमा रहेका नेपाली कामदारका लागि खुशीको खबर

२०७४ असार ३ गते ११:४०

काठमाण्डु, ३ असार – कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारमा रहेका नेपाली श्रमिकको समस्या समाधानका लागि छुट्टै संयन्त्रको व्यवस्था गर्ने बताएका छन् । नेपाली राजदूतावास दोहाले शुक्रबार आयोजना गरेको नेपाली कामदारको सुरक्षा र हकहित संरक्षणका साथै कानुनी तथा व्यवहारिक पक्ष बारेको छलफलमा उनले...

कोरियामा दश दिनमा पाँच नेपाली कामदारको मृत्यु

२०७४ असार २ गते १२:०३

सोल, २ असार – पछिल्लो दश दिनको बीचमा दक्षिण कोरियामा पाँच नेपाली कामदारको मृत्यु भएको छ । ईपिएसमार्फत काम गर्न कोरिया पुगेका नेपालीहरुको मृत्यु संख्या बढ्दै गएपछि नेपालीहरु चिन्तित बनेका छन् । दश दिनको बीचमा दुई जना नेपालीले आत्महत्या गरेका छन् । दुई नेपालीले...

राष्ट्रपति भण्डारी र ‘आईएलओ’ महानिर्देशक राइडरबीच भेटवार्ता

२०७४ असार २ गते ११:०४

जेनेभा, २ असार – ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन यहाँ आएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको कार्यालयमा सङ्गठनका महानिर्देशक गाय राइडरले आफ्नै कार्यकक्षमा भेट गरे । उक्त अवसरमा गणतन्त्र माल्टाका राष्ट्रपति मारिया...

दुबईको अबुधाबीमा अवसर र सम्भावनाको खोजी गर्दै नेपाली महिला

२०७४ जेठ २६ गते १४:०७

दुबई, २६ जेठ – आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि स–साना बालबच्चालाई छाडेर विदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो । रोजगारीको मुख्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us