प्रवास

मलेसियामा नेपाली युवकलाई चार वर्ष जेल सजाय

२०७३ फागुन २२ गते १७:२५

काठमाण्डु, २२ फागुन–मलेसियामा एक स्थानीय युवतीको सुनको सिक्री चोर्न खोज्ने नेपाली युवालाई चार वर्षको जेल सजाय भएको छ । २१ वर्षीय महिला विद्यार्थीको सुनको सिक्री चोर्ने प्रयास गरेको अभियोगमा सुरक्षागार्डको रुपमा कार्यरत रहेका २६ वर्षीय कुमार दराललाई क्वालालम्पुरस्थित सेसन्स कोर्टले उक्त सजाय सुनाएको मलेसियाली...

कोरियाले १० हजार नेपाली कामदार लैजाने

२०७३ फागुन १७ गते ११:२२

काठमाण्डु, १७ फागुन– इपीएस अन्तर्गत तीन महिनापछि हुने भाषा परिक्षाबाट १० हजार नेपालीलाई दक्षिण कोरियाले रोजगारीका लागि छनोट गर्ने भएको छ । आगामी जेठमा सञ्चालन गरिने आठौं भाषा परीक्षामार्फत उत्कृष्ट भएका १० हजार युवायुवतीलाई कोरियाले रोजगारीका लागि छनोट गर्ने भएको हो । भाषा परिक्षा...

अमेरिकामा नेपाली विषयको पढाइ

२०७३ फागुन १६ गते ११:३८

काठमाण्डु, १६ फागुन–संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ । वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा...

समयावधि सकिँदा पनि घर फर्कन पाउँदैनन् साउदीबाट नेपाली कामदार

२०७३ फागुन १४ गते १४:४०

काठमाण्डु, १४ फागुन -सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदीअरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोचेका थिए । साउदीमा श्रम स्वीकृतिको अवधि दुई वर्ष मात्रै भएकाले म्याद थप्नका लागि भए पनि नेपाल फर्किनैपर्ने सोझो बुझाई उनको थियो । राम्रो काम पाएको...

जापानमा नेपाली युवक राष्ट्रिय नायक अवार्डबाट सम्मानित

२०७३ फागुन ११ गते ११:२५

काठमाण्डु, ११ फागुन–विभिन्न विधामा उत्कृष्ट भएका आधारमा गरिने राष्ट्रिय नायक अवार्डबाट जापानमा एक नेपाली सम्मानित भएका छन् । सामाजिक काममा सक्रिय भएर उत्कृष्ट भएको भन्दै जापानको एक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय युवा नायक अवार्डबाट पहिलोपटक नेपाली युवा ३७ वर्षका जिज्ञानकुमार थापा...

कतारमा एक नेपालीको मृत्यु

२०७३ फागुन ९ गते १०:५४

काठमाण्डु, ९ फागुन–वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ । जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ...

सहिदको भावनाको कदर गर्न जापानवासीको माग

२०७३ फागुन ८ गते १३:५४

राणाशासन विरुद्धको आन्दोलनमा भएका सहिदको भावनाको कदर गर्न जापानवासी नेपालीले राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् । जापानस्थित नेपाली राजदूतावासले शनिबार टोकियोमा आयोजित ६७ औँं प्रजातन्त्र दिवसका अवसरमा जापानवासी नेपालीले स्वतन्त्रता प्राप्तिका लागि लड्ने क्रममा बलिदानीस्वरुप सहिद भएकाहरूको स्मरण गर्दै पञ्चायती राणाशासन विरुद्धको आन्दोलनले प्राप्त...

कतारमा अलपत्र परेका ८० नेपालीको उद्धार

२०७३ फागुन ८ गते १०:४१

काठमाण्डु, ८ फागुन– कतारमा  रहेको स्केल ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनी बन्द भएपछि अलपत्र परेका ८० जना नेपाली कामदारले राहत पाएका छन्। उनीहरुलाई नयाँ शक्ति नेपाल निकट अन्तर्राष्ट्रिय नेपाली समाज कतार शाखाले राहत वितरण गरेको हो। कम्पनीका सञ्चालक सम्पर्क्विहीन भएपछि उनीहरु कामविहीन भएका हुन्। हाल...

सन्जिता प्रधानद्वारा अमेरिकी राष्ट्रपतिको सल्लाहकार समितिको सदस्यबाट राजीनामा

२०७३ फागुन ७ गते ११:११

काठमाण्डु, ७ फागुन–अमेरिकी राष्ट्रपति वाराक ओवामाको राष्ट्रपतिकालमा राष्ट्रपतिको सल्लाहकार समितिको सदस्यमा नियुक्त नेपाली चेली सन्जिता प्रधानले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा आसिन भएपछि आप्रवासीप्रति उनको रवैया अघिल्ला राष्ट्रपतिको भन्दा फरक रहेको छ र यही कारणबाट कमिसनका १० जनाले राष्ट्रपति...

अमेरिका र मेक्सिकोको सिमानाबाट तीनसय भन्दा बढी गैरकानूनी नेपाली पक्राउ

२०७३ फागुन ५ गते १६:१६

काठमाण्डु, ५ फागुन–अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लागेर उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् ।...

परराष्ट्रमन्त्री महत र आयोगका अध्यक्ष जीनबीच भेटवार्ता

२०७३ फागुन ५ गते १०:५०

काठमाण्डु, ५ फागुन–परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधबार युरोपेली आयोगका अध्यक्ष जीन–क्लड जङ्करसँग ब्रसेल्सस्थित उनकै कार्यालयमा भेटवार्ता गरेका छन् । भेटका अवसरमा परराष्ट्रमन्त्री डा महतले नेपालको मानवीय तथा सामाजिक विकास, कृषि तथा व्यापार लगायतका क्षेत्रमा युरोपेली सङ्घको सहयोगको स्वागत गर्दै नेपालको पूर्वाधार निर्माण र सीप...

राप्रपा महाधिवेशनमा चीनबाट समेत प्रतिनिधि आउने

२०७३ फागुन ४ गते १३:०८

काठमाण्डु, ४ फागुन– राप्रपाको एकता अधिवेशनका लागि चीनबाट समेत प्रतिनिधि आउने भएका छन् । आगामी ६ देखि ९ फागुनसम्म राजधानीमा हुने राप्रपाको एकता महाधिवेवशनमा चीनको विशेष व्यापारिक क्षेत्र मकाउबाट मोहनसिंह पन्त प्रतिनिधिका रुपमा आउने भएका हुन् ।  धनगढीका स्थायी बासिन्दा पन्त झण्डै एक दशकयता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us