यतिबेला सभाध्यक्ष सुवास नेम्वाङको ढाडमा टेकेर संविधानसभा सडकमा पछारिने सम्भावना बढेको छ । सत्तापक्ष र प्रतिपक्षको बीचमा संवादहिनताको स्थिति छ । एमाओवादी नेतृत्वको प्रतिपक्षी गठबन्धन आन्दोलनको तयारीमा लागेको छ । संविधानसभामा बहुमतिय प्रकृया शुरु गरेको भोलिपल्टैदेखि काँग्रेस–एमाले नेतृत्वको सत्ताधारी गठबन्धन किंकर्तव्यविमूढ देखिएको छ ।...
राजनीतिक रुपमा प्रमुख दलहरुको र प्रक्रियागत रुपमा संवैधानिक तथा राजनीतिक सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईको चरम अयोग्यता र अकर्मण्यताको शिकार भएको संविधानसभाले अन्ततः निकास खोलेको छ । सत्ता र प्रतिपक्षबीच सहमति त परै जाओस्, त्यसका लागि सम्वाद पनि नहुने स्थितिमा प्रस्ताव अल्झाइरहनुको साटो...
हामी सबै राजनीतिक दलले जनतालाई माघ ८ मा संविधान दिन्छौं भन्ने बाचा र प्रतिबद्धता गरेका थियौं । तर आफ्ना सामूहिक प्रतिबद्धताअनुसार हामीले जनतालाई तोकिएको मितिमा संविधान दिन सकेनौं । यसमा विविध कारणहरुले काम गरेका छन् । मूल रुपमा संविधान आउन नसक्नुको कारण के हो...
बोली भएको मान्छे अप्ठ्यारो परिस्थितिमा मौन हुनु रहस्यमय हुन्छ । यतिबेला नरहरि आचार्यको मौनता त्यस्तै लाग्छ । हुन त नरहरि आचार्य उतिबेलाका नरहरि होइनन्, जो शाही संकटकालमा संविधानसभाको वकालत गर्थे । उनी यस्तो सरकारका कानून मन्त्री छन्, जसको नेतृत्वमा वयोवृद्ध काँग्रेस नेता सुशील कोइराला...
चालु राजनीतिमा मलाई मनपर्ने पात्र दुईजना छन् । कमल थापा र केपी ओली । मलाई यी दुई पात्र नकारात्मक कोणबाट धुमधाम मन पर्छन् । यसो सतहमा सुनिहेर्दा यिनले बोल्ने कुरा फरक लाग्छन् । तर अन्तर्यमा भने यिनले बोल्ने कुराको चुरो एउटै हो । सतर्क...
एमाओवादी, मधेसवादी र जनजातिलगायतका सभासदहरुले मंगलबार बिहान संविधानसभामा केहीबेर हंगामा मच्चाए । सत्तारुढ दलहरुले सहमतिको पहल गर्नुको साटो दुई तिहाईको दुहाइ दिँदै प्रक्रियाबाट संविधान जारी गर्ने कोसिस थालेपछि संविधानसभामा बबण्डर मच्चिएको थियो । संविधानसभामा केही सभासदले एमाले अध्यक्ष केपी ओलीतर्फ झटारो हानेका थिए ।...
हामीले एक वर्षभित्र जनतालाई संविधानसभाबाट संविधान जारी गर्ने प्रतिबद्धता गरेका थियौं । काँग्रेस, एमाले, एमाओवादी र मधेसी लगायत सबै दलले चुनावका बेला भोट माग्दा एक वर्षमा संविधान दिन्छौं भनेकै हो । संविधान जारी गर्न तोकिएको माघ ८ आउन दुई दिन बाँकी छ । तर...
मानिसहरु अचेल एमाले अध्यक्ष केपी ओली र पुर्वराजा ज्ञानेन्द्र ‘उस्तै–उस्तै हुन् नानु’ शैलीमा टिप्पणी गर्दैछन् । म चाँहि पूर्वराजा ज्ञानेन्द्रजीलाई केपी ओलीजीको तहमा झारेर घोर अपमान गर्न चाहन्न । पुर्वराजालाई उनका दोषहरुका लागि इतिहासले दण्डित गरिसकेको छ । कमल थापाहरुले ‘हिन्दु राष्ट्र’को स्यालहुईयाँ मच्चाइरहेको...
दुई वर्ष अघि ‘रिडर्स क्लब झापा’ले आयोजना गरेको कला साहित्य उत्सवमा एक प्रमुख वक्ता थिए– मोदनाथ प्रश्रित । उनले बोल्ने विषय थियो : अब के लेख्ने ? आफ्नो लामो भाषणमा प्रश्रितले वेद–पुराणको सान्दर्भिकताका बारे पो धाराप्रवाह व्याख्यान दिए । भाषण सकिनासाथ एक एमाले समर्थक...
पंक्तिकार सगोलको माओवादी केन्द्रीय कमिटीको सल्लाहाकार हो, अझ यसले सरकारी वेतनभोगी सल्लाहकार बनेर झण्डै एक वर्ष सिंहदरबारमा नेपाली कार्यकारीहरुको सल्लाहाकारप्रतिको मनोविज्ञान सम्हाल्ने अवसर पनि पायो । के नेपालका कार्यकारीहरु सल्लाहाकारसँग विधागत सल्लाह गर्छन् ? लिन्छन् ? आखिर कार्यकारीबाट भएका कमीकमजोरी र दुरगामी असरमा सल्लाहकारको...
माघ ८ नजिकिंदै गर्दा संविधानका अन्तरवस्तु, यसको चरित्र, यसले स्थापित गर्ने जनताका अधिकारहरु, राज्यको चरित्र आदिको बारेमा बहस नै हुन छोडेको छ र केवल संविधान जारी हुने र नहुने बिषयलाई मात्रै सतहमा ल्याइएको छ । संविधानसभाका विरोधीहरु हिरो हुने र यसका लागि ठूलो बलिदान...
धेरै भएको छैन– एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘दिने’ अवस्थामा हुनुहुन्थ्यो भने कांग्रेस–एमालेका नेताहरु ‘माग्ने’ अवस्थामा । तर, आज समयको चक्का बदलिएको छः कांग्रेस–एमाले ‘दिने’ अवस्थामा छन् भने दाहाल ‘माग्ने’ अवस्थामा पुग्नुभएको छ । झट्ट सुन्दा नमिठाे लाग्न सक्छ । तर, केही निकट अतीतका घटनाले...