माओवादी आन्दोलनमा विचलनको सुरुआत अब कसैले ढाँटेर ढाँट्न सक्ने अवस्था छैन कि माओवादी आन्दोलनमा विचलन आएको सत्य हो । यो स्थापित नै भइसक्यो । तर त्यसको जिम्मेवारी कसले कति लिने वा कसले लिनै पर्दैन भन्ने बहसको विषय होला । तर माओवादी आन्दोनल आलोचनाको केन्द्रमा...
विज्ञापनमा भनिएको थियो, ‘आमा फुनी भण्डारी र बाबु गने भण्डारीको कोखबाट जन्मिएका श्री फुगे भण्डारी कलेजको क्याम्पस प्रमुख‘जस्तो’ गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ।’ अब बाबुको कोख पनि हामी नेपाली मिडियाले नै स्थापित गर्न लाग्यौँ अनि त्यही पदमा नियुक्त भएको कि त्यही...
मैले अहिलेसम्म मोबाइल बोकेको छैन । म ल्याण्ड लाइन फोन नै प्रयोग गर्छु । चाहे घरमा होस् वा क्लिनिकमा । एकदिन साँझ क्लिनिकमा बिरामीसँगै थिएँ । मेरो सहयोगीले कुनै मिडियाबाट फोन आएको जानकारी गराए । फोन उठाएँ । डिजिटल पत्रिका काठमाण्डु टुडे डटकमबाट रहेछ...
महिलाले बच्चा जन्माउने ठूलो दायित्व पूरा गर्नुपर्छ । यो प्रकृतिले महिलालाई दिएको अहम् दायित्व हो । तर त्यसलाई कमजोरीका रुपमा बुझ्ने गरिएको छ । कतिपय महिलाहरु नै आफू प्राकृतिक रुपमा ठगिएको गलत मानसिकताको शिकार भइरहेका हुन्छन् । जनशक्ति राज्यको ठूलो सम्पत्ति हो । जनशक्तिबिनाको...
आजभन्दा १०५ वर्ष अगाडि संसारका महिलाहरूले पुरुष र महिला बीचको भेदभाव विरुद्धमा लामो समय आन्दोलन गरी प्राप्त गरेको अधिकारको महान दिन हो । पुजीवादी व्यापारको चरम होडबाजीमा विकसित मुलकहरुका महिलाहरुले पुरुष सरह काम गर्थे तर एउटै श्रम गर्ने महिला र पुरुषबीच रहेको असामनता पारश्रमिक...
एमाओवादी नेता डा.बाबुरामको साताव्यापी भारत र खासगरी दिल्ली बसाइले नेपाली र भारतीय सञ्चारमाध्यममा तरङ्ग सिर्जना गरेको छ । दिल्ली बसाइका क्रममा उनले त्यहाँका मुख्य सञ्चारमाध्यममा अन्तर्वार्ता दिए । तीमध्ये कतिपय विवादास्पाद पनि बन्न पुगे । यसबीच उनले नेपाली समुदायदेखि भारतीय बुद्धिजीवी र ‘थिङ्क ट्याङ्क’...
काठमाण्डु टुडे डटकमका पाठकहरु, यो फागुन महिना नै विरक्तलाग्दा छन् । मन किन किन घुमाईलो हुन्छ, अमिलो हुन्छ । दृश्यहरु पनि धमिला हुन्छन् । बुढापाका भन्छन्, ‘फागुनका महिना नै निचोरिएको निबुवा जस्तो । चित्त नबुझ्ने ।’ त्यसैले कोही पोइला जान्छन् र कोही बुढी थप्छन्...
पात्रो बेच्दाबेच्दै किसुनजीको सम्पर्कमा २०४१ सालमा एसएलसी पास गरेपछि क्याम्पस पढ्न काठमाण्डु आएँ । बुबाले काठमाण्डुमा गर्ने खर्चका लागि ११ सय ७५ दिनुभएको थियो । दाई लक्ष्मी बाँस्कोटासँग ओखलढुंगाबाट काठमाण्डु आउँदा जम्मा ६३ रुपैयाँ खर्च भयो । बाँकी पैसा लक्ष्मी दाइले फिर्ता दिनुभएन ।...
किसुनजीका विषयमा इमान्दारीपूर्वक लेख्न मलाई सजिलो छैन । किनभने म उनलाई मन पराउँछु । जब पत्रकार कुनै नेताप्रति व्यक्तिगत रुपले आशक्त हुन्छ, उसको लेखनी बस्तुगत रहन सक्दैन । किसुनजीका विषयमा म कहिल्यै वस्तुगत हुन चाहिनँ, भइनँ र त्यो तथ्य लुकाइनँ पनि । मार्क टलीजस्ता...
२०५६ को आमनिर्वाचनताका काँग्रेसप्रति आममानिसको विश्वास गुमेको अवस्था थियो । काँग्रेसमा जनताले पत्याउन सक्ने र राष्ट्रिय इमेज भएका नेता किसुनजीबाहेक अरु थिएनन् । किसुनजीलाई जनताले पत्याउनुका केही कारणहरु थिए । उनी अविवाहित भएकाले छोराछोरी हुने कुरै भएन । पारिवारिक र नाता कुटुम्बको स्वार्थी घेराबन्दीबाट...
स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सोमबार एक कार्यक्रममा सरकारसँग डेढ महिनालाई पुग्ने औषधि छ भनेर भाषण ठोके । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्रीले भनेका थिए, ‘अहिले हामीसँग सात हजारभन्दा बढी ट्याब्लेट छ, केही दिनमा १० हजार पुग्छ । उपचारमा औषधिमा कमी हुँदैन...
एमाओवादीका एकपछि अर्को नेताले यतिबेला एमालेतिर आफ्नो प्रहारको निशाना सोझ्याइरहेका छन् । तीन साता पश्चिम नेपाल पुगेर बाबुराम भट्टराईले एमालेको खोइरो खनेर राजधानी फर्किनासाथ उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहालले एमालेलाई ‘कांग्रेसमा विलय हुन’ सुझाव दिँदै त्यस पार्टीको ‘औचित्य सकिएको’ घोषणा गर्नुभएको छ । शनिबार...