समाचार

नदीमा डुबेर दुई विद्यार्थीको मृत्यु

२०७२ वैशाख ५ गते ११:४६

दाङ,५ वैशाख-दाङको बबई नदीमा डुबेर शनिबार दुईजनाको मृत्यु भएको छ ।   बबई नदीमा पौडी खेल्ने क्रममा शीतलपुरमा डुबेर मृत्यु हुनेमा रुकुम खलङ्गाका १६ वर्षीय मञ्जीत गौतम र सल्यानका १८ वर्षीय भरत चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जानकारी दिएको छ ।  ...

जाजरकोटको महामारी रुकुममा फैलिएको शंका, ८० बिरामी

२०७२ वैशाख ५ गते ११:३२

रुकुम, ५ वैशाख– रुकुमको चौखाबाङ–५ हिल गाउँमा अज्ञात रोगका कारण ८० जना विरामी परेका छन् । छिमेकी जिल्ला जाजरकोटमा देखिएको महामारीसंग मिल्दो लक्षण रुकुमका बिरामीमा पनि देखिएको छ । बिरामीहरुमा टाउको दुख्ने, रुघा लाग्ने, ज्वरो आउने र रिगंटा लाग्ने लक्षण देखा परेको जिल्ला स्वास्थ्य...

एमाओवादी बहुमतीय प्रक्रियाको बाधक नबन्ने

२०७२ वैशाख ५ गते ११:२३

काठमाण्डु, ५ वैशाख– एकीकृत नेकपा माओवादीले संविधान निर्माणमा वहुमतीय प्रक्रियाको विरोध नगर्ने बताएको छ । संविधानसभामा रहेका एमाओवादी लगायतका १८ वटा दलले सहमतिका आधारमा संविधान बनाइनुपर्ने भन्दै माघको पहिलो सातादेखि आन्दोलन गर्दै आएकामा एमाओवादी प्रवक्ता दिनानाथ शर्माले अब आफ्नो पार्टी प्रक्रियाको वाधक नबन्ने बताए...

पूर्वकर्मचारीहरु व्यवसायिक संस्थामा जागिरेभएपछि उपभोक्ता ठगीए

२०७२ वैशाख ५ गते १०:४७

काठमाण्डु, ५ वैशाख– पूर्व कर्मचारीहरु व्यवसायिक संस्थामा जागिरे भएपछि उनीहरुले उपभोक्ता अधिकार हनन् गरिरहेको उपभोक्ता अधिकारवादीहरुले आरोप लगाएका छन् । उपभोक्ता हित संरक्षण मञ्चले शनिबार काठमाण्डुमा गरेको कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले नेपाल सरकारको सचिव, सहसचिव, अतिरीक्त प्रहरी महानिरीक्षक जस्तो पदमा पुगेका व्यक्तिहरु अहिले निजी व्यवसायिक...

स्वास्थ्यमन्त्रीले भने,‘जाजरकोटको महामारीबारे मिडियाले बढाइँचढाइ गरे’

२०७२ वैशाख ५ गते १०:४४

दोलखा, ५ वैशाख- स्वास्थ्यमन्त्री खगराज अधिकारीले जाजरकोटमा फैलिएको महामारी नियन्त्रणमा आइरहेको बताएका छन् । शनिबार राष्टिय स्वास्थ्यकर्मी संघ दोलखाको दोश्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री अधिकारीले केही दिनदेखि फैलिएको सो महामारी दश दिनभित्र नियन्त्रणमा आइसक्ने समेत बताए ।...

बाग्मती सफाई महाअभियानको बाटो बदलिंदै

२०७२ वैशाख ५ गते १०:२३

काठमाण्डु,५ वैशाख-बाग्मती सफाइ महाअभियान १०१औँ हप्तामा प्रवेश गरेपछि नयाँ स्वरुपका साथ अगाडि बढ्न लागेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । नयाँ स्वरुपमा प्रवेश गर्नुअघि चार वटा स्थानीय सङ्घसंस्थासित समितिले चतुर्पक्षीय सम्झौता गरेको छ । समितिले गोकर्णेश्वर नगरपालिकाका तीनवटा,तिलगङ्गाको एक र...

प्रधानन्यायाधीशले भने, ‘जनतालाई समयसापेक्ष चुस्त न्याय देऊ’

२०७२ वैशाख ५ गते ९:५९

हेटौँडा,५ वैशाख-प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले परम्परागतता छाडी समयसापेक्ष र आधुनिक रुपमा न्याय सम्पादनको क्षमता वृद्धि गरेर जनतालाई चुस्त न्याय दिन तत्पर हुनुपर्ने बताएका छन् ।   प्रधानन्यायाधीश साहले पुनरावेदन अदालत हेटौँडा र मकवानपुर जिल्ला अदालतको शनिबार अपराह्न स्थलगत निरीक्षण गर्दै न्यायाधीशलाई आफ्नो काम कर्तव्यप्रति आत्मसमीक्षा...

सकियो बिस्केट जात्रा

२०७२ वैशाख ५ गते ९:२१

काठमाण्डु,५ वैशाख-टोखाको प्रसिद्ध बिस्केट जात्रा शनिबार सम्पन्न भएको छ । स्थानीय थनेलाछीमा करिब एक महिनाअघि ९घोडे जात्राको दिन (ठड्याइएको) ३२ हात अग्लो लिङ्गो शनिबार विधिवत् रुपमा ढालिएपछि जात्रा समापन भएको हो । सो लिङ्गो ठडाएपछि स्थानीय देवदेवीका पूजा तथा साधना गरेपछि बिस्केट जात्राको तयारी...

नयाँदिल्लीको लालकिलाबाट सुरु अहिंसा यात्रा काठमाण्डु आइपुग्दै

२०७२ वैशाख ५ गते ९:०७

काठमाण्डु,५ वैशाख-विश्वमा नैतिकता,नसामुक्ति र सद्भावना फैलाउने उद्देश्यले भारतको नयाँदिल्लीस्थित लालकिल्लाबाट सुरु भएको अहिंसा यात्रा आइतबार काठमाण्डु आइपुग्ने भएको छ ।   जैन सम्प्रदायको तेरापन्थ पद्धतिका आचार्य महाश्रमणको नेतृत्वमा सुरु भएको १० हजार किमी अहिंसा पैदल यात्रा नेपाल,भारत र भुटान परिक्रमा गर्ने क्रममा नेपाल आउन...

ओ सरकार ! जाजरकोटमा औषधी छिटो पठाऊ

२०७२ वैशाख ५ गते ८:३२

काठमाण्डु,५ वैशाख-विभिन्न राजनीतिक दलका नेता र नागरिक अगुवाले जाजरकोट जिल्लाका विभिन्न स्थानमा तीन सातादेखि फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुका बिरामीलाई जतिसक्दो चाँडो औषधोपचार गर्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लबद्वारा शनिबार आयोजित साक्षात्कारमा एनेकपा माओवादीका नेता शक्तिबहादुर बस्नेतले अर्छानी, पौक,सकला,पजारू,टालेगाउँ र नायकवाडालगायत क्षेत्रमा...

सुजाताले भनिन्, ‘म कांग्रेसभित्रको गुटबन्दी समाप्त गर्न जिल्ला भ्रमणमा निस्केकी हुँ’

२०७२ वैशाख ५ गते ७:५५

रौतहट, ५ वैशाख– कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आफू कांग्रेसमा देखिएको गुटबन्दी समाप्त गर्न जिल्ला भ्रमणमा निस्किएको बताएकी छन् । नेपाल प्रेस युनियन रौतहटको आयोजनामा शनिबार चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा नेतृ कोइरालाले आउँदो महाअधिवेशनले त्यस्तो गुटबन्दीलाई समाप्त पार्ने विश्वास व्यक्त गरिन । उनले भनिन्, ‘गत...

जाजरकोटको महामारी नियन्त्रण निकटः स्वास्थ्य मन्त्रालय

२०७२ वैशाख ५ गते ७:५४

काठमाण्डु, ५ वैशाख–स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले जाजरकोटमा फैलिएको महामारी नियन्त्रणको निकट पुगेको दावी गरेका छन् । शनिवार काठमाण्डुमा आयोजित साक्षात्यकारमा जाजरकोटबाट प्राप्त रिपोर्टअनुसार महामारी नियन्त्रण निकट रहेको जानकारी दिए । सचिव श्रेष्ठले जाजरकोटका छिमेकी जिल्लामा महामारी फैलिन नदिन विश्व स्वास्थय संगठनसंग समन्वय गरेर ६...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us