धनगढी, ६ वैशाख– सुदूरपश्चिमका चार नगर क्षेत्रमा लागू भएको दोस्रो एकीकृत सहरी विकास आयोजना कार्यान्वयनमा ती नगर क्षेत्रको सतही ढल र सडक सञ्जाल निर्माणलाई प्राथमिकता दिनुपर्नेमा सरोकार भएकाहरुले जोड दिएका छन् । धनगढीमा आयोजित ‘सुदूरपश्चिमाञ्चल क्षेत्रको सहरी विकास दूरदृष्टिबारे कार्यशाला गोष्ठी’का सहभागीले आयोजना कार्यान्वयनका...
काठमाण्डु, ६ वैशाख– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधि मण्डलले भेट गरेको छ । चिनिया कम्युनिष्ट पार्टीको सान्जी प्रान्तका सचिव जिनाओ सेङयोङ नेतृत्वको टोलीले प्रचण्डलाई आइतबार उनकै निवास लाजिम्पाटमा भेटेको हो । भेटमा दुई देश तथा पार्टीगत सम्बन्ध...
काठमाण्डु, ६ वैशाख– गरिबीका कारण उपचार गर्न नसकेपछि सिन्धुपाल्चोकमा काँग्रेसका एक कार्यकर्ताले अस्पतालबाट हामफालेर आत्महत्या गरेका छन् । चौतारा नगरपालिका- ३ का सुरजमान श्रेष्ठले शनिबार बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको चौथो तलाको झ्यालबाट हामफालेर आत्महत्या गरेका हुन् । ४६ वर्षीय श्रेष्ठ...
सिन्धुपाल्चोक ,६ वैशाख – मानव बेचबिखन र ओसारपसारका क्षेत्रमा धेरै मुद्दा झेलेको सिन्धुपाल्चोकमा जिल्ला अदालतबाट अहिलेसम्म धेरैले कठोर सजाय पाएका छन् । पीडक उम्कने र पीडित फस्ने विडम्बनालाई सिन्धुपाल्चोकका केही कारबाहीले चिरेको तर पनि बेचबिखनका घटना भने जारी नै छ । चेलिबेटी बेचबिखनका डनका...
पाँचथर, ७ वैशाख –प्राङबुङमा वर्षासँगै तीव्र गतिमा चलेको हावाहुरीका कारण एकै परिवारका तीनको गए राति मृत्यु भएको छ । भारत सिक्किमको सोमबारे बजारबाट सामान किनेर फर्किंदै गरेका प्राङबुङ–३ का श्रीप्रसाद खपाङ्गीसहित उहाँको परिवार प्राङबुङ–६ मा आइपुग्दा तीव्र गतिमा चलेको हावाहुरीका कारण ढलेको रूखले च्यापेर...
कावासोती,५ वैशाख-एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधान निर्माणको काम प्रक्रियाबाटै हुने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ नवलपरासीले शनिबार कावासोती–१६ डण्डामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने,‘दलहरूबीच झण्डैझण्डै सहमति भएको छ,सहमति नभएको राज्यको पुनःसंरचना हो,त्यसमा पनि हिजोका सहमति सम्झौतालाई काँग्रेस–एमालेले नबिर्सँदा सहमति...
पोखरा,५ वैशाख-उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संविधानका अन्तरवस्तुमा अधिकतम लचक भएर सहमति गर्ने र सहमति हुन नसकेमा दुई तिहाईवाट नयाँ संविधान जारी गर्ने दृढता व्यक्त गरेका छन् । नेपाल मुस्लिम इत्तेहाद सङ्गठन गण्डकीको आयोजनामा नयाँ संविधानमा मुस्लिमहरूको अधिकार विषयक गण्डकी अञ्चलस्तरीय कार्यकर्ता भेलालाई...
काठमाण्डु, ५ वैशाख– देशका विभिन्न ठाउँमा सडक दुर्घटनामा परेर शनिबार ३ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ देखि ११ वर्षका बालक रहेको प्रहरीले जनाएको छ । शनिबार सिराहामा भएको मोटरसाइकलको ठक्करबाट शम्भुनाथ नगरपालिका– १ का ७ वर्षीय शिव रामको मृत्यु भएको...
काठमाण्डु, ५ वैशाख– काठमाण्डुस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुरोगको उपचार गराइरहेका एक व्यक्तिले अस्पतालको झ्यालबाट हाम फालेर आत्महत्या गरेका छन् । सिन्धुपाल्चोक चौतारा नगरपालिका–३ का ४५ वर्षीय सुरजमान श्रेष्ठले शनिबार सोही अस्पतालको झ्यालबाट हाम फाल्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
काठमाण्डु, ५ वैशाख– धनकुटामा अरुण नदीले बगाउँदा शनिबार दुईजना वेपत्ता भएका छन् । जिल्लाको पाख्रिबास गाविसबाट मलामी गएका पाखीबास–६ बस्ने २० वर्षीय सुदन सापकोटा र २१ वर्षीय बेनिजंग राई नुहाउने क्रममा नदीले बगाई बेपत्ता भएका हुन् । त्यस्तै, दाङ लालमटिया–४ स्थित राप्ती नदीमा...
काठमाण्डु, ५ वैशाख – निजी विद्यालयहरुले लिने शुल्कका विषयमा विद्यालय सञ्चालक, विद्यार्थी नेता र अभिभावकबीच चर्काचर्की भएको छ । शनिबार नौ विद्यार्थी संगठनले आयोजना गरेको अन्तरक्रियामा यस्तो चर्काचर्की भएको हो । कार्यक्रममा विद्यार्थी र अभिभावकहरुले नियमविपरीत निजी विद्यालयहरुले शुल्क असुल गरी लुट मच्चाएको...
काठमाण्डु, ५ वैशाख–एमालेले वैशाख ९ गते प्रज्ञा भवनमा कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको छ । शनिबार पार्टी कार्यलय बल्खुमा बसेको सचिवालय बैठकले उक्त दिन केन्द्र र प्रत्येक जिल्ला–जिल्लामा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको हो । केन्द्रको कार्यक्रमलाई अध्यक्ष केपी ओली, वरिष्ठ नेताद्धय...